pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

बागमती गाउँपालिकाले अतिरिक्त काम नगर्ने कर्मचारीलाई भत्ता नदिने

FB_IMG_1690474809604-1690474826.jpg

हेटौंडा, ११ साउन
 मकवानपुरको बागमती गाउँपालिकाले कर्मचारीहरुलाई अतिरिक्त कार्य नगरेको अबस्थामा अतिरिक्त सेवा सुबिधा बापत दिइने भत्ता रकम नदिने भएको छ । आज पालिकाको समिक्षा बैठकमा बोल्दै पालिका अध्यक्ष सर्केश घलानले अतिरिक्त सेवासुबिधाको लागि अतिरिक्त कार्य गर्नको लागि निर्देशन दिनुभएको छ ।
 अध्यक्ष घलानले कर्मचारी राष्ट्रसेबक कर्मचारी राष्ट्रको खम्बा भएको बताउदै १० बजेदेखी ५ बजेसम्मको तलब सुबिधा बाहेक भत्ता रकम लिन शुक्रबार र शनिबार पनि कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “ निर्धारित सेवाको लागि सुबिधा पनि निर्धारित नै छ भने अतिरिक्तको लागि अतिरिक्त खटिन जरुरी छ । ” उहाँले बागमती गाउँपालिकामा कर्मचारीहरुले उत्कृष्ट काम गर्दै आएको बताउदै आगामी दिनमा झन् उत्कृष्ट कार्य गर्न आग्रह गर्नुभयो । राज्यले गरेको खर्चको उपलब्धी निकाल्न पनि उहाँले सझाउनुभयो । कर्मचारीहरुलाई आफुले गरेको कार्यको प्रतिबेदन चुस्त दुरुस्त राख्न पनि आग्रह गर्नुभयो । 
 अध्यक्ष घलानले पालिकाको लगानीमा संचालित स्रोत साधनहरुले लगानीभन्दा दोब्बर कार्य प्रगती गराउने जिम्मेवारी पनि पालिकाको जनप्रतिनीधि सहित कर्मचारीहरुको भएकोले त्यसतर्फ ध्यान दिन पनि उहाँले सुझाउनुभयो । यसको साथै सेवा दिने बिषयमा सम्झौता नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।
 बैठकमा वडा सचिबहरु, बिषयगत शाखा प्रमुखहरुले कार्य प्रगती बिबरण, समस्या, चुनौतीको साथै सुझाब समेत प्रस्तुत गर्नुभएको थियो । प्रस्तुतीकरणमा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगाएतले जिज्ञासा राख्नुको साथै सुझाब दिनुभएको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...