Thursday, 25 Apr, 2024
समाचार

बागमती गाउँपालिकामा एकै दिन ८ वटा पुलको शिलान्यास

FB_IMG_1678018488751-1678018507.jpg

बागमती । मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिकामा एकैदिन ८ वटा पुलको शिलान्यास भएको छ । पालिकाको वडा नं. ३ मा रहेको लखन खहरेमा निर्माण हुन लागेको पुलको शिलान्यास भएको हो ।

बागमती प्रदेश सरकार र पालिकाको समपुरक बजेटबाट निर्माण हुन लागेको उक्त पुलको वडा नं. ३ का अध्यक्ष कमान सिं पाख्रिनले शिलान्यास गर्नुभयो ।

प्राविधिक लागत स्टिमेट १ करोड ९७ लाख ८१ हजार १ सय ६७ रुपैयाँ ०९ पैसा रहेकोमा निर्माण व्यवसायी भैरव निर्माण सेवा काठमाण्डौलाई १ करोड ७ लाख ८२ हजार २ सय ५७ रुपैयाँ ६२ पैसामा ठेक्का परेको पालिकाका सब इन्जिनियर राजेन्द्र बहादुर बोहोराले जानकारी दिनु भयो ।

पालिका र निर्माण व्यवसायी संग यही फागुन १० गते भएको सम्झौता अनुसार ६÷६ मिटरको ६ वटा कल्बर्ट पुल, कज वे एउटा र ह्युमपाइप कल्बर्ट एउटा गरी जम्मा ८ वटा पुल निर्माण हुनेछन् । निर्माण कार्य आगामी असार मसान्त सम्ममा सम्पन्न गरिसक्नु पर्ने इन्जिनियर बोहोराले बताउनु भयो ।

वर्षायाममा पालिकाको वडा नं. ३ का वडावासीहरुलाई पालिकासम्म आवतजावत गर्न वैकल्पिक मार्ग नभएको आवस्थामा हाल निर्माण हुन लागेको पुल निर्माण पश्चात सहज हुने वडा अध्यक्ष पाख्रिनले बताउनु भयो । शिलान्यास कार्यक्रममा वडा नं. १ का अध्यक्ष यहुन्ना राई, निर्माण व्यवसायी नारायण ढकाल, सब इन्जिनियर राजेन्द्र बोहोरा लगायत वडा नं. ३ का स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।


world-link-1690434568.jpg
उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...

मकवानपुरमा माओवादी केन्द्रप्रति आकर्षण उत्साहजनक
1713836082365-1713836112.jpg

मकवानपुरको वागमती गाउँपालिकामा माओवादी केन्द्रप्रति आकर्षण बढेको छ । सोमबार विभिन्न पार्टी परित्याग गरि ४०...

मङ्गलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
1713781848549-1713781865.jpg

सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम...

तिन दिने तरकारी खेती सम्बन्धि तालिमको समापन
1713714067866-1713714117.jpg

थाहा नगरपालिकाको मा व्यवसायिक तरकारी खेती प्रविधि सम्बन्धी तालिम सम्पन्न भएको छ । थाहा नगरपालिकाको वडा नम्बर ४...

पालुङ क्याम्पसको २१ औं वार्षिकोत्सव तथा परिषद भेला सम्पन्न
FB_IMG_1713624329874-1713624368.jpg

पालुङ बहुमुखी क्याम्पसको २१ औं वार्षिकोत्सव तथा परिषद भेला सप्पन्न भएको छ। क्याम्पस अध्यक्ष बिष्णु बिष्ट...

अगुवा कृषकहरुलाई व्यावसायिक तरकारी खेती तालिम बज्रवाराहीमा पनि
1713541537780-1713541565.jpg

थाहा नगरपालिकामा व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । बैशाख ६ गते देखि थाहा नगरपालिकाको वडा नम्बर...

थाहाका सामुदायिक बनका पदाधिकारी हरुलाई लेखा व्यवस्थापन तालिम
FB_IMG_1713524470172-1713524481.jpg

सामुदायिक बन उपभोक्ता महासंघ थाहा नगरपालिकाको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा थाहा नगर भित्र रहेका ...