pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

बागमती गाउँपालिकाका जनप्रतिनिधिले लिए सपथ

1653401873869-1653402019.jpg

बागमती गाउँपालिकाका जनप्रतिनिधिले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । बागमती गाउँपालिकाको कार्यालय झुरझरेमा जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् । 
गाउँपालिका अध्यक्ष सर्केश घलानलाई जिल्ला न्यायाधिश डिल्लिरत्न श्रेष्ठले पद तथा गोपनीयताको सपथ खुवाएका थिए । उनी दोस्रो कार्यकाल अध्यक्षमा निर्वाचित भएका हुन् । लगत्तै अध्यक्ष घलानले उपाध्यक्ष फणिन्द्र तिमल्सिना, वडा अध्यक्षहरु तथा वडा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका थिए । सपथसँगै पालिका अध्यक्ष घलान र उपाध्यक्ष तिमल्सिनाले पदभार ग्रहण गरेका छन् ।  
पद तथा गोपनीयताको सपथ लिँदै अध्यक्ष घलानले बागमती गाउँपालिकाको नागरिक भएकोमा गर्व अनुभूति हुने पालिका बनाइने प्रतिबद्धता ब्यक्त गरे । ‘उज्यालो पालिका निर्माण, लालपूर्जा बितरण, गाउँमै गुणस्तीय क्याम्पस र अस्पताल सञ्चालन गरिनेछ’, उनले भने, ‘युवा जनशक्ति विदेशिन रोक्न कृषि र पशुपालनलाई ब्यवसायिकरण गर्न अभियान सञ्चालन गरिनेछ ।’ 
सपथ ग्रहण कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले चुनावमा जनताको बीचमा गरेका प्रतिबद्धताहरु पुरा गर्दै बागमतीलाई नमुना पालिका बनाउन नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरे । बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामीले सडक र पूर्वाधारसँगै विकासका बिविध पक्षलाई समेटेर अब पालिकाले आर्थिक उत्पादन र रोजगारी सिर्जनमा जोड दिनुपर्ने बताए । 
जिल्ला न्यायाधिश डिल्लिरत्न श्रेष्ठले अन्य पालिका भन्दा बागमतीको काम गर्ने शैली फरक रहेको भन्दै जनताको मन जितेका जनप्रतिनिधिहरुलाई अब काम गरेर देखाउने पालो आएको बताए । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन सहयोग गरेकोमा बसैपक्षलाई आभार ब्यक्त गरे । कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरु र बागमती पालिकाबासीको उपस्थिती रहेको थियो । ्

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...