Sunday, 05 May, 2024
समाचार

बाइरोड निर्माण भएको ७० बर्ष पुग्यो।

FB_IMG_1705472782705-1705473341.jpg

हेटौंडा-राजधानी काठमाडौंलाई मोफसल जोड्ने पहिलो राजमार्ग त्रिभूवन राजपथ निर्माण भएको ७० वर्ष पूरा भएको छ । पप्रायः वर्षायाममा काठमाडौंलाई जोड्ने सबै मार्ग अबरुद्ध हुँदा पनि त्रिुभुवन राजपथ भने खासै अवरुद्ध नहुने गरेको छ । वि.संं २०१० साल मंसिर २६ गते शुक्रबारका दिन तत्कालीन बडामहारानी कान्तिराज्यलक्ष्मीदेवीले थानकोटस्थित हालको चेकपोष्ट चोकमा देशकै पहिलो राजमार्गको शिलान्यास गरेकी थिइन् । तर राजमार्ग निर्माण कार्यले २०१३ सालदेखि तीब्रता पाएको थियो । २०१६ सालमा पूर्ण रुपमा संचालनमा आएको यो राजपथ नेपालको सबैभन्दा जेठो राजमार्ग मानिन्छ । जापान सरकारले बर्दिबास–बनेपा–काठमाडौं सडक खण्ड निर्माण गरेपछि नेपालको पूबी क्षेत्रबाट संचालन हुने साना सवारी साधनलाई सहज भएको हो ।

राजा त्रिभूवनले गद्दी आरोहण गरेको ४२ वर्ष पुगेको अवसरमा नेपाल–भारत सडक सम्पर्कका लागि यो राजमार्ग निर्माण गरिएको थानकोट चेकपोष्टमा राखिएको शिलालेखमा उल्लेख गरिएको छ । भारत सरकारको आर्थिक, प्राविधिक सहयोगमा निर्मित ७२ माइल लम्बाइको यो सडक काठमाडौको थानकोटबाट मकवानपुरको भैंसे दोभानसम्म भारतीय वायुसेनाका चिफ इञ्जिनियर लेफ्टिनेण्ट कर्नेल एनबी ग्रान्टको प्रत्यक्ष निगरानीमा निर्माण सम्पन्न भएको थियो ।

यो राजमार्ग निर्माण सम्पन्न भएपश्चात थानकोट नागढुंगामा राजमार्ग निर्माणका क्रममा दिवंगत भएका श्रमिकहरुको सम्मानमा स्मारक निर्माण गरिएको थियो जुन सडक विस्तारका क्रममा हाल ध्वस्त भइसकेको छ । स्थानीयका अनुसार त्रिभूवन राजपथको निर्माणका क्रममा थानकोटका एक युवाको पनि निधन भएको थियो । यो राजमार्ग निर्माणका क्रममा कम्तीमा ९ जना श्रमिकले ज्यान गुमाएको बताइन्छ ।

पृथ्वी राजमार्गको निर्माण हुनुपूर्व काठमाडौंबाट तराई जोड्ने एकमात्र सडक मार्ग हाल सुनसान प्रायः छ । तथापी यसलाई तराई जोड्ने बलियो वैकल्पिक मार्गका रुपमा लिने गरिन्छ । साँघुरो एवम् घुम्तीहरु धेरै भएका कारण नेपालको पहिलो राजमार्ग त्यति सुरक्षित मानिँदैन ।


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...