pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

बसामाडी जेसीजको जेसीज सप्ताह बुधबार देखि

basamadi-1701788272.jpg

 हेटौंडा १९ मंसिर/बसामाडी जेसीजले आग्नो नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह विविध कार्यक्रम सहित बुधबारदेखि मनाउने भएको छ । मंसिर २०गते बुधबारदेखि २३ गतेसम्म बिभिन्न सातवटा कार्यक्रम गरी जेसीज सप्ताह मानउन लागिएको बसामाडी जेसीज बर्ष २०२३ का तालिम संयोजक बुद्धराज अर्यालले बताउनुभयो ।

अर्यालले मंसिर १९ गते नेपाल जेसीज बर्ष २०२३का राष्ट्रिय उपाध्यक्ष सरोज अधिकारीको प्रमुख आतिथ्यतामा बसेको बसामाडी जेसीजको पाँचौ बोर्ड बैठकले जेसीज सप्ताह सम्पन्न गर्नकोलागि कार्यकारिणी उपाध्यक्ष उद्वबराज कठायतलाई सप्ताह मूल कार्यक्रम संयोजक चयन गरिएको बताउनुभयो ।

बैठकले जेसीज सप्ताह अन्तरगत बिभिन्न ७ वटा कार्यक्रमको कार्यक्रम मिति, स्थान सहित कार्यक्रम संयोजकहरु चयन गरिएको अध्यक्ष जनक भण्डारीले बताउनुभयो । सप्ताह मूल कार्यक्रम संयोजक कठायतका अनुसार मंसिर २० गते मनिष खड्काको संयोजकत्वमा कमलडाँडा फुटसल मैदानमा अन्तर जेसीज फूटसल प्रतियोगिता र ध्रुव गौतमको संयोजकत्वमा जनप्रिय माबि हटियामा लागुपदार्थ दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम हुनेछ । त्यस्तै २१ गते रमेश शर्माको संयोजकत्वमा नेपाल परिवार नियोजन संघ हेटौंडामा प्रजनन स्वास्थ्य तथा परिवार नियोजन सम्बन्धि अन्तरक्रिया कार्यक्रम र सरोज देबकोटाको संयोजकत्वमा हाम्रो घर हेटौंडा ५ मा बालबालिकासंग जेसीजको सहयोगी हात कार्यक्रम हुनेछ ।

२२ गते प्रमोद उप्रेतीको संयोजकत्वमा आशा फाउन्डेसन स्कुलमा खाद्यान्न बितरण कार्यक्रम र दिपेन्द्र यादबको संयोजकत्वमा सिद्धार्थ शिशु सदन माबि मा बक्तृत्वकला प्रतियोगिता हुनेछ । सप्ताह कार्यक्रमको अन्तिम दिन मंसिर २३ गते बुद्धराज अर्यालको संयोजकत्वमा होटल लियो इन हेटौंडामा समापन तथा पुरस्कार बितरण कार्यक्रम हुनेछ । सामाजिक उत्तरदायित्व सहितको कार्यमा युवाहरुको क्षमता बिकासका लागि बसामाडी जेसीजले विविध रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्दे आएको बसामाडी जेसीज बर्ष २०२३ का महासचिब सुरज डंगोलले बताउनुभयो ।

बसामाडी जेसीजको जेसीज सप्ताह अन्तरगत हुने सबै कार्यक्रममा सहभागिताको लागि सम्पूर्ण सरोकारवालालाई बर्ष २०२३ का तालिम संयोजक एवम् जेसीज सप्ताह समापन तथा पुरस्कार बितरण कार्यक्रम संयोजक बुद्धराज अर्यालले अनुरोध गर्नुभयो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...