jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

बसामाडी जेसीजको जेसीज सप्ताह :- बिहिवार फूटसल र सचेतना कार्यक्रम 

1724346423092-1724346447.jpg

मकवानपुर, ६ भदौ/बसामाडी जेसीजको जेसीज सप्ताह २०२४ को पहिलो दिन बिहिवार २ ओटा कार्यक्रम सम्पन्न भएको छ ।

पहिलो कार्यक्रम अन्तरगत बिहान बसामाडी जेसीज र अखिल (क्रान्तिकारी) मकवानपुर बिच मैत्रीपूर्ण फुटसल कार्यक्रम सम्पन्न भएको छ ।

हेटौंडा-४ स्थित कमलडाँडा फुट्सल मैदानमा भएको मैत्रीपूर्ण फूटसल प्रतियोगितामा अखिल (क्रान्तिकारी)मकवानपुर ७-६ गोल अन्तरले बिजयी भएको थियो ।

पतन्जली योग आरोग्य सस्था मकवानपुरका कोषाध्यक्ष हरिप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता बसामाडी जेसीजका अध्यक्ष जेसी उद्धब राज कठायतको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा बसामाडी जेसीजका सदस्य एवम् अखिल (क्रान्तिकारी) मकवानपुर अध्यक्ष बुद्धराज अर्याल, फूटसल कार्यक्रम संयोजक सुदिप नेपाल लगायतको आतिथ्यता रहेको थियो ।


यसैगरि बिहिबार दिउँसो सप्ताहव्यापी कार्यक्रम अन्तरगत लागू औषध सम्बन्धि सचेतना कार्यक्रम हेटौंडा-४ कर्रा स्थित श्रमिक मा.वि.मा सम्पन्न भएको छ ।

सचेतना कार्यक्रम शाखा अध्यक्ष उद्धब राज कठायतको सभाध्यक्षता  एवम् वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सचेतना कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा सियान पुन:स्थापना केन्द्र मकवानपुरका संचालक सौजन डि.सि. रहेका थिए । 

कार्यक्रममा श्रमिक मा.वि का प्रधानध्यापक श्रीराम दाहाल, सप्ताहव्यापी कार्यक्रमका मूल कार्यक्रम संयोजक दिपेन्द्र यादव, सह-मूल कार्यक्रम संयोजक प्रमोद उप्रेती लगायत कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम राजकुमार पौडेलको संयोजकत्वमा भएको थियो । 

सचेतना कार्यक्रममा विद्यालयमा कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीहरू सहभागिता रहेको थियो ।


सप्ताह अन्तरगत शुक्रवार शुक्रबार बिहान ८ बजे नेपाल परिवार नियोजन संघ हेटौंडामा प्रजनन स्वास्थ्य तथा परिवार नियोजन सम्बन्धि अन्तरक्रिया कार्यक्रम र दिउँसो १ बजे रस्सल एकेडेमी हेटौंडा ९ मा साइबर सेक्युरिटी सम्बन्धि तालिम हुने मूल कार्यक्रम संयोजक दिपेन्द्र यादबले बताए ।

1724346425752-1724346447.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...