jkmv-1751210245.jpg
Wednesday, 09 Jul, 2025
chayerog-1733658794.png

समाचार

बसामाडी जेसीजको जेसीज सप्ताह बिहिबारदेखि

1724256600056-1724256609.jpg

हेटौंडा ०५ भदौ /बसामाडी जेसीजले आफ्नो नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह-२०२४ विविध कार्यक्रमसहित भदौ ६ गते बिहिबारदेखि मनाउने भएको छ ।


जेसीज सप्ताह अन्तरगत भदौ ६ गते बिहिबारदेखि ९ गते आईतबारसम्म बिभिन्न सातवटा कार्यक्रम गरिने बसामाडी जेसीज बर्ष २०२४ का महासचिव मनिष घिमिरेले बताए । 


भदौ ४ गते मंगलबार बसेको बसामाडी जेसीजको बोर्ड बैठकले जेसीज सप्ताह भब्यताका साथ सम्पन्न गर्न कार्यकारिणी उपाध्यक्ष दिपेन्द्र यादबलाई मूल कार्यक्रम संयोजक चयन गरेको छ ।


बैठकले जेसीज सप्ताह अन्तरगत बिभिन्न ७ वटा कार्यक्रमको कार्यक्रम मिति, स्थान सहित कार्यक्रम संयोजकहरु चयन गरिएको अध्यक्ष उद्वबराज कठायतले बताए ।


मूल कार्यक्रम संयोजक यादबले भदौ ६ गते बिहिबार बिहान ७ बजे सुदिप नेपालको संयोजकत्वमा हेटौडा ४ स्थित कमलडाँडा फूटसल मैदानमा जेसीज सदस्य र विद्यार्थी बिच मैत्रीपूर्ण फूटसल प्रतियोगिता र दिउँसो १ बजे राजकुमार पौडेलको संयोजकत्वमा लागू औषध सम्बन्धि सचेतता कार्यक्रम श्रमिक मा. बि. हेटौंडा ४ मा हुने बताए।

त्यस्तै भदौ ७ गते शुक्रबार हरि ढकालको संयोजकत्वमा बिहान ८ बजे नेपाल परिवार नियोजन संघ हेटौंडामा प्रजनन स्वास्थ्य तथा परिवार नियोजन सम्बन्धि अन्तरक्रिया कार्यक्रम र सरोज घिमिरेको संयोजकत्वमा रस्सल एकेडेमी हेटौंडा ९ मा साइबर सेक्युरिटी सम्बन्धि तालिम दिउँसो १ बजे हुने मूल कार्यक्रम संयोजक यादबले बताए ।


साथै भदौ ८ गते शनिबार बिनोद पौडेलको संयोजकत्वमा बिहान ७ बजे मामाघर नेपालमा खाद्यान्न बितरण, दिउँसो १ बजे परमेश्वर पौडेलको संयोजकत्वमा बि.पि. वाटिका हेटौंडा ११ मा बृक्षरोपण  कार्यक्रम हुनेछ ।

जेसीज सप्ताहकै क्रममा भदौ ९ गते रामकृष्ण सिवाकोटीको संयोजकत्वमा पुजा बैंक्युट हेटौंडामा दिउँसो १ बजेदेखि समापन तथा पुरस्कार बितरण कार्यक्रम हुनेछ।


सामाजिक उत्तरदायित्व सहितको कार्यमा युवाहरुको क्षमता विकासका लागि बसामाडी जेसीजले विविध रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्दे आएको बसामाडी जेसीज बर्ष २०२४ का महासचिब मनिष घिमिरेले बताए ।


बसामाडी जेसीजको जेसीज सप्ताह अन्तरगत हुने सबै कार्यक्रममा सहभागिताको लागि सम्पूर्ण सरोकारवालालाई बर्ष २०२४ का मिडिया मेनेजर अनिल बसेलले अनुरोध गरेकाछन् ।

khanepani-bord-1751210588.jpg
514409843_162648092470807-1751608211.jpg

world-link-1690434568.jpg
चित्लाङ थानकोट सडकको विभिन्न स्थानमा पहिरो
FB_IMG_1752030958992-1752031110.jpg

मंगलबार राति (बुधबार बिहान) भएको भारी वर्षापछि थानकोट-चित्लाङ सडकको चन्द्रागिरि खण्डमा पहिरो गएको छ । सो सडक...

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समितिको अध्यक्षमा सुष्मा केसी
FB_IMG_1751901276441-1751901530.jpg

मकवानपुर, थाहा । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समिति गठन गरिएको छ । शनिबार थाहा...

थाहा नगरको किटेनीमा चोरी, तीन जना पक्राउ
FB_IMG_1751894445637-1751894499.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका वडा नं. ४ किटेनीस्थित बलराम के.सी. र बासुदेव के.सी.को घरमा दिनदहाडै डाँका चोरीको...

थाहाको अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको भन्दै ६ जना बिरुद्ध अख्तियार द्वारा बिशेष अदालतमा मुद्दा दायर
DSCN4807-1751852915.JPG

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुर जिल्ला, थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल...

इन्द्रायणी माध्यमिक विद्यालय, मोरियामा कक्षा ११ मा भर्ना खुला
FB_IMG_1751732758749-1751732773.jpg

थाहा, मकवानपुर — थाहा नगरपालिका–८, मोरियामा अवस्थित इन्द्रायणी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२/८३ देखि...

हेटौडामा टिभिएसको 'मनसुन प्लान्टेसन एक्सचेञ्ज म्यानिया'
FB_IMG_1751551177109-1751636175.jpg

मकवानपुर । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको मनसुन प्लान्टेसन...

प्राथमिक स्वाथ्य केन्द्र पालुङलाई वाइसीएल थाहाको ध्यानाकर्षण
FB_IMG_1751552553237-1751553175.jpg

थाहा, मकवानपुर । योङ कम्युनिस्ट लिग (वाईसिएल), नेपाल थाहा नगर कमिटीले थाहा नगरपालिका–४ दोबाटो स्थित पालुङ...

हेटौंडामा टिभिएसको विशेष सर्भिस क्याम्प हुँदै
FB_IMG_1751551177109-1751551439.jpg

मकवानपुर । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको बिशेष मनसुन...