jkmv-english-1784299234.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण

1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरिएको छ । अन्तराष्ट्रिय सहयोगी संस्था माद्रेको आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चले पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरेको हो ।
कार्यक्रममा बनकरियाका २३, चेपाङका १४, तामाङका ४ गरी ४१ बालबालिकालाई स्टेशनरी र विद्यालय पोशाक बितरण गरिएको हो । संस्थाले बालबालिकालाई ब्याग, जुत्ता, कपी, पेन्सील, डटपेन, क्याल्कुलेटर, ज्यामिती बक्स प्रदान गरिएको थियो भने पुस्तकालयका लागि किताब ¥याक, चकटी ३० वटा, टेबल ४ वटा, कार्पेट र सूचना पाटीका लागि सेतो बोर्ड प्रदान गरेको थियो ।
पुस्तकालयका लागि रुम टु रिड नामक संस्थाले बाल कथा, बालपत्रिका, सामान्य ज्ञान, कखग लगायतका ३०० किताब प्रदान गरेको थियो । कार्यक्रम मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्य तथा राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चकी अध्यक्ष सुनी लामाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मनहरी गाउँपालिका शिक्षा शाखाका विदुर थापा, नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठ, राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चकी कोषाध्यक्ष सुशिला गोले लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा मनहरी गाउँपालिकाकी कार्यपालिका सदस्य मिरा खत्री, राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चकी संस्थापक अध्यक्ष रश्मी थापा मगर, उपाध्यक्ष यशोकान्ती भट्टचन, विसम्बरा तामाङ महिला कृषक समूह शंखरापुर काठामाडौंकी अध्यक्ष जुनिता स्याङ्तान, कार्यक्रम संयोजक सरस्वती शेर्पा लगायतको आतिथ्य रहेको थियो ।

1714837393981-1714837469.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...