pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

बद्लिदो परिस्थिति र सञ्चारमाध्यका विषयवस्तुका सन्दर्भमा आजको पत्रकारिता बिषयक अन्तरक्रिया सम्पन्न

CamScanner-०३-२७-1679888571.jpg

चैत १२, काठमाडौं । नेपाल पत्रकार महासंघ, पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक विभागको आयोजनामा बद्लिदो परिस्थिति र सञ्चारमाध्यका विषयवस्तुका सन्दर्भमा आजको पत्रकारिता ः अबको पत्रकारिता विषयम अन्तरक्रिया आयोजना गरेको छ । 
कार्यक्रममा सहभागि सञ्चारविज्ञ तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुले सञ्चारमाध्यका विषयवस्तुमाथि विश्वासनीयता कायमा राख्न र समयअनुकुल  प्रविधिको प्रयोग गर्न जोड दिनुभएको थियो । 
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिताप्रति प्रश्न उठ्नेगरेको भन्दै त्यसबाट भाग्न नसकिने बताउनुभयो । उहाँले सञ्चारमाध्यमका विषयवस्तुको विश्वासनीयतामा प्रश्न उठ्ने गरेको भन्दै प्रश्नहरुलाई स्वीकार गरी सञ्चारमाध्यमका सामाग्रीमा विश्वासनीयता कायम राख्नुपर्नेमा जोड दिनुभयो ।  हिजको पत्रकारिता अभ्यासका आधारमा गरिदै आएको भन्दै आज पत्रकारिताका लागि अध्ययन र प्रविधियुक्त भएकाले पत्रकारिता पेशामा अवसर र चुनौति दुबै रहेको अध्यक्ष पोखरेलले बताउनुभयो । 

नेपाल पत्रकार महासंघका पूर्व सभापति डा.सुरेश आचार्यले पत्रकारिताले क्षेत्र पेशागत सिद्धान्तबाट विमुख हुदाँ अन्य माध्यमहरु हाबी हुन थालेको बताउनुभयो । प्रेस स्वतन्त्रताको उपभोगसंग जोडिएको विषयमा निरन्तर बहस र छलफल हुनुपर्नेमा जोड दिदै सञ्चारमाध्यमका विषयजस्तु सामाजिक न्यायका लागि केन्द्रीय हुनुपर्नेमा जोडदिनुभयो । 
महासंघका पूर्व अध्यक्ष डा.महेन्द्र विष्टले आजको पत्रकारितामा विभिन्न चुनौति थपिएको बताउनुभयो । “आजको पत्रकारितमा अवसर र चुनौति दुबै छन्,। यसलाई प्रविधि, शैली र समाज रुपान्तरणका हिसावले व्याख्या विश्लेषण गर्नुपर्छ”। डा. विष्टले पत्रकारितामा कमीकमजोरीहरु रहेको भन्दै आजको पत्रकारितालाई सच्याउन सकिएन अवको पत्रकारिता नसच्चिने समेत बताउनुभयो । 
महासचिव रोसन पुरीले मुलधारको पत्रकारितामा धेरै कमजोरी रहेको बताउनुभयो । उहाँले मुलधारका सञ्चारमाध्यमले सामाजिक न्यायका विषयबस्तुलाई कम स्थान दिने गरेको बताउनुभयो । महासचिव पुरीले नेपाली सञ्चारमाध्यम परम्परागत शैली र प्रश्नहरुबाट गुज्रीरेको भन्दै त्यसलाई निराकरण गर्नुपर्नेमा जोड दिनुभयो । 
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाल पत्रकार पत्रकारिता क्षेत्रलाई समाजले कसरी हेरिरहेको छ, यस विषयमा छलफल र समिक्षा हुनुपर्ने बताउनुभयो । उहाँले सञ्चारमाध्यमले पत्रकारितको धर्म निर्वाह गरिरहेको छ कि छैन भन्दै पत्रकार आचारसंहिता र सञ्चार सम्बन्धी निर्देशिका पालना नगर्ने जुनकुनै सञ्चारमाध्यमलाई कारबाही गर्ने बताउनुभयो । 
न्यूनतमा पारिश्रमीक निर्धारण समितिका अध्यक्ष संगती  खड्काले सञ्चार क्षेत्रका विकृती विसंगती अन्त्यका लागि सञ्चार साक्षरता अभियान चलाउनुपर्ने बताउनुयो । उहाँले पत्रकारहरुले श्रमजीवी पत्रकार ऐन अनुसार पारिश्रमीक नदिने सञ्चारमाध्मलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । 

त्रिभुवन विश्वविद्यालय, आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले शुरुवातका दिनमा नेपाली पत्रकारिता पनि आजको जस्तै रहेको भन्दै माध्यमका रुपमा आजको पत्रकारिता फरक रहेको बताउनुभयो । 
पत्रकारले सिक्ने सिकाउने कार्य निरन्तर जारी राख्दै परिवर्तित समयमा सूचना तथा सन्देशलाई सहज र सलर ढंगले लक्षीत समुदायमा पुर्याउन ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले महासंघ लगायत सरोकार संस्थाले पत्रकारिको क्षमता अभिवृद्धि र गलत सूचना सम्प्रेशण रोक्न पहलकदम लिन सुझाव दिनुभयो । 

नेपाल पत्रकार महासंघ, पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक विभागका संयोजक शन्ताराम विडारीले हाल सञ्चारक्षेत्रमा देखिएका समस्या पहिचान र समाधानका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले पछिल्ला दिनमा पत्रकार तथा सञ्चारक्षेत्रप्रति प्रश्न उठ्न थालेको भन्दै पत्रकार तथा सञ्चारमाध्यमले आत्मालोचना गर्दै सञ्चारमाध्यमका विषयवस्तुको विश्वासनीयतामा ध्यान दिनुपर्ने बताउनुभयो । 
कार्यक्रममा पत्रकारित अध्ययनरत विद्यार्थी तथा पत्रकार साथै सरोकारवालाहरुले आफ्नो अनुभव, प्रश्न र जिज्ञासा राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण महासंघका केन्द्रीय सदस्य सुभाष प्रसाद साहले गर्नुभएको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...