pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

बझाङमा भुकम्पका कारण जिल्लाका १२ हजार ३४ वटा घर तथा भवनमा क्षति

bhukampa-1696936153.jpg

 बझाङमा केन्द्रबिन्दु बनाई मंगलबारदेखि पटक पटक गएको भुकम्पका कारण जिल्लाका १२ हजार ३४ वटा घर तथा भवनमा  क्षति भएको छ । जिल्ला बिपद ब्यवस्थापन समितिले जिल्लाका १२ वटै पालिकाबाट बिवरण प्राप्त गरेअनुसार पूर्ण, आंशिक र सामान्य क्षति भएका ११ हजार ७७० घर तथा भवन क्षति भएको बिवरण प्राप्त गरेको छ ।  

भुकम्पका कारण सबैभन्दा बढी निजी घरहरु २ हजार ११९ पूर्णक्षति, ६ हजार १८३ आंशिक क्षति र ३ हजार ४ सय ६८ घर आंशिक क्षति भएका छन् । त्यसका साथै सरकारी भवन तथा कार्यालयतर्फ पूर्णक्षति ११७ वटा भवन र आंशिक क्षति १४७ रहेको जिल्ला बिपद ब्यवस्थापन समितिको अभिलेखमा उल्लेख छ  । 

त्यसका साथै जिल्लाभरी चौपायातर्फ ६ वटाको मृत्यु ३ घाइते रहेका छन् । यसका साथै अन्य क्षतितर्फ जलबिद्युत, शौचालय, सामुदायिक भवनतर्फ ५० वटाको क्षति भएको समेत सो अभिलेखमा उल्लेख छ । 

मंगलबारसम्म जिल्लाका ११ वटा स्थानीय तहहरुले क्षतिको सबै बिवरण जिल्ला बिपद ब्यवस्थपन समिति तथा जिल्ला प्रशासन कार्यालयमा बुझाइसकेको छ । सुर्मा गाउँपालिकाको मात्र बिवरण आउन बाँकी रहेको जिल्ला बिपद ब्यवस्थापन समितिका फोकलपर्सन नन्द धामीले जानकारी दिनुभयो । 

सुर्मा गाउँपालिकाको बिवरण आएपछि केही संख्या बढ्न सक्ने बताइएको छ । भुकम्पबाट क्षति भएका घरपरिवार र सरकारी निकायलाई प्रारम्भिक चरणमा राहत उपलब्ध गराउन स्थानीयको समन्वयमा बिभिन्न गैरसरकारी संस्थाले पनि राहत बितरण गर्ने काम गरिरहेका छन् । जिल्ला बिपद ब्यवस्थापन समितिको निर्णयअनुसार खप्तडछान्ना गाउँपालिकामा प्लान इन्टरनेशनल, केदारस्यँु गाउँपालिकामा वल्र्डभिजन इन्टरनेशनल, दुर्गाथली गाउँपालिकामा युनिसेफ, तल्कोट, छबिसपाथीभेरा, बित्थडचिर र साइपाल गाउँपालिकामा नेपाल रेडकक्रसले राहत बितरण गर्ने निर्णय गरिएको छ । 

यसका साथै मष्टा गाउँपालिका र जयपृथ्बी नगरपालिकामा युएनएफपीए, थलारा गाउँपालिकामा युनसेप र युएमएनले राहत दिने भएको छ । साथै जयपृथ्बी नगरपालिकाका केही वडामा वल्र्ड भिजन र सेभ द चिल्डेनले राहत बितरण गर्ने सहमती भएको छ ।  बुंगल नगरपालिकामा निड्स नेपालले राहत बितरण गर्ने निर्णय भएको पनि प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिनुभयो । 

पीडित परिवारलाई नगद तथा राहत सामग्री दिने अन्य संस्था तथा ब्यक्तिले जिल्ला बिपद ब्यवस्थापन समिति तथा स्थानीय तहको समन्वयमा दिनुपर्ने समेत निर्णय गरिएको छ । भुकम्प पीडितलाई राहत उपलब्ध गराउँदा दोहोरोपन नहोस् र पीडितले राहतबाट बन्चित नहुन् भनेर एकद्घार प्रणाली अपन्याएको पनि प्रजिअ पाण्डेले जानकारी दिनुभयो । 

अहिले जिल्लाभरि राहत बितरणका लागि स्थानीय तहका साथै बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरु राहत सामग्री लिएर प्रभावित क्षेत्रमा परिचालित भएका  छन् । भुकम्पले सबैभन्दा बढी जयपृथ्बी नगपालिका, मष्टा गाउँपालिका, थलारा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, केदारस्युँ गाउँपालिका, दुर्गाथली गाउँपालिका, छबिसपाथीभेरा गाउँपालिका, बुंगल नगरपालिका, तल्कोट गाउँपालिका, साइपाल गाउँपालिका र सुर्मा गाउँपालिकामा क्षति गरेको छ । 

प्रारम्भिक राहत सामग्रीमा त्रिपाल, टेन्ट, पिफम, कम्वललगायतका सरसफाइ सामग्रीहरु रहेका छन् । भुकम्पमा परी एकजनाको मृत्यु र २० जना घाइते भएका छन् । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...