Saturday, 27 Apr, 2024
समाचार

बझाङमा भुकम्पका कारण जिल्लाका १२ हजार ३४ वटा घर तथा भवनमा क्षति

bhukampa-1696936153.jpg

 बझाङमा केन्द्रबिन्दु बनाई मंगलबारदेखि पटक पटक गएको भुकम्पका कारण जिल्लाका १२ हजार ३४ वटा घर तथा भवनमा  क्षति भएको छ । जिल्ला बिपद ब्यवस्थापन समितिले जिल्लाका १२ वटै पालिकाबाट बिवरण प्राप्त गरेअनुसार पूर्ण, आंशिक र सामान्य क्षति भएका ११ हजार ७७० घर तथा भवन क्षति भएको बिवरण प्राप्त गरेको छ ।  

भुकम्पका कारण सबैभन्दा बढी निजी घरहरु २ हजार ११९ पूर्णक्षति, ६ हजार १८३ आंशिक क्षति र ३ हजार ४ सय ६८ घर आंशिक क्षति भएका छन् । त्यसका साथै सरकारी भवन तथा कार्यालयतर्फ पूर्णक्षति ११७ वटा भवन र आंशिक क्षति १४७ रहेको जिल्ला बिपद ब्यवस्थापन समितिको अभिलेखमा उल्लेख छ  । 

त्यसका साथै जिल्लाभरी चौपायातर्फ ६ वटाको मृत्यु ३ घाइते रहेका छन् । यसका साथै अन्य क्षतितर्फ जलबिद्युत, शौचालय, सामुदायिक भवनतर्फ ५० वटाको क्षति भएको समेत सो अभिलेखमा उल्लेख छ । 

मंगलबारसम्म जिल्लाका ११ वटा स्थानीय तहहरुले क्षतिको सबै बिवरण जिल्ला बिपद ब्यवस्थपन समिति तथा जिल्ला प्रशासन कार्यालयमा बुझाइसकेको छ । सुर्मा गाउँपालिकाको मात्र बिवरण आउन बाँकी रहेको जिल्ला बिपद ब्यवस्थापन समितिका फोकलपर्सन नन्द धामीले जानकारी दिनुभयो । 

सुर्मा गाउँपालिकाको बिवरण आएपछि केही संख्या बढ्न सक्ने बताइएको छ । भुकम्पबाट क्षति भएका घरपरिवार र सरकारी निकायलाई प्रारम्भिक चरणमा राहत उपलब्ध गराउन स्थानीयको समन्वयमा बिभिन्न गैरसरकारी संस्थाले पनि राहत बितरण गर्ने काम गरिरहेका छन् । जिल्ला बिपद ब्यवस्थापन समितिको निर्णयअनुसार खप्तडछान्ना गाउँपालिकामा प्लान इन्टरनेशनल, केदारस्यँु गाउँपालिकामा वल्र्डभिजन इन्टरनेशनल, दुर्गाथली गाउँपालिकामा युनिसेफ, तल्कोट, छबिसपाथीभेरा, बित्थडचिर र साइपाल गाउँपालिकामा नेपाल रेडकक्रसले राहत बितरण गर्ने निर्णय गरिएको छ । 

यसका साथै मष्टा गाउँपालिका र जयपृथ्बी नगरपालिकामा युएनएफपीए, थलारा गाउँपालिकामा युनसेप र युएमएनले राहत दिने भएको छ । साथै जयपृथ्बी नगरपालिकाका केही वडामा वल्र्ड भिजन र सेभ द चिल्डेनले राहत बितरण गर्ने सहमती भएको छ ।  बुंगल नगरपालिकामा निड्स नेपालले राहत बितरण गर्ने निर्णय भएको पनि प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिनुभयो । 

पीडित परिवारलाई नगद तथा राहत सामग्री दिने अन्य संस्था तथा ब्यक्तिले जिल्ला बिपद ब्यवस्थापन समिति तथा स्थानीय तहको समन्वयमा दिनुपर्ने समेत निर्णय गरिएको छ । भुकम्प पीडितलाई राहत उपलब्ध गराउँदा दोहोरोपन नहोस् र पीडितले राहतबाट बन्चित नहुन् भनेर एकद्घार प्रणाली अपन्याएको पनि प्रजिअ पाण्डेले जानकारी दिनुभयो । 

अहिले जिल्लाभरि राहत बितरणका लागि स्थानीय तहका साथै बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरु राहत सामग्री लिएर प्रभावित क्षेत्रमा परिचालित भएका  छन् । भुकम्पले सबैभन्दा बढी जयपृथ्बी नगपालिका, मष्टा गाउँपालिका, थलारा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, केदारस्युँ गाउँपालिका, दुर्गाथली गाउँपालिका, छबिसपाथीभेरा गाउँपालिका, बुंगल नगरपालिका, तल्कोट गाउँपालिका, साइपाल गाउँपालिका र सुर्मा गाउँपालिकामा क्षति गरेको छ । 

प्रारम्भिक राहत सामग्रीमा त्रिपाल, टेन्ट, पिफम, कम्वललगायतका सरसफाइ सामग्रीहरु रहेका छन् । भुकम्पमा परी एकजनाको मृत्यु र २० जना घाइते भएका छन् । 


world-link-1690434568.jpg
माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...

सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...

मकवानपुरमा माओवादी केन्द्रप्रति आकर्षण उत्साहजनक
1713836082365-1713836112.jpg

मकवानपुरको वागमती गाउँपालिकामा माओवादी केन्द्रप्रति आकर्षण बढेको छ । सोमबार विभिन्न पार्टी परित्याग गरि ४०...

मङ्गलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
1713781848549-1713781865.jpg

सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम...