Saturday, 04 May, 2024
समाचार

बचत तथा ऋण संघ मकवानपुरको अध्यक्ष पदमा पुनः श्रेष्ठ

bachat-1702138553.jpg

 हेटौंडा, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको अठारौं बार्षिक साधारणसभा तथा सातौं निर्वाचन कार्यक्रम सम्पन्न भएको छ ।

बार्षिक साधारणसभा पश्चात् सम्पन्न निर्वाचन कार्यकमले आगामी चार वर्षको लागि अध्यक्ष पदमा कल्पना श्रेष्ठलाई पुनः निर्वाचित गरेको छ । निर्वाचन समितिका संयोजक मदन कुमार दाहालका अनुसार श्रेष्ठले ७९ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएकी हुन् । उनका प्रतिद्वन्द्वी राजु गौतमले ३९ मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्ष पदमा मिनाकुमारी चौरेल विजयी भएकी छिन् । उनले ८२ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी सितादेवी भेटवालले ३५ मत प्राप्त गरिन् । सचिव पदमा विरेन्द्रप्रसाद ढुङ्गानाले ७५ प्राप्त गरी विजयी भए । ढुङ्गानाका प्रतिद्वन्द्वी हरिप्रसाद पौडेलले ४३ मत प्राप्त गरे । सहसचिव पदमा विजयबहादुर बस्नेत विजयी भएका छन् । उनले ६८ मत प्राप्त गर्दा चुडामणी रुपाखेतीले ४४ मत प्राप्त गरे । यसैगरी कोषाध्यक्ष पदमा विष्णुमाया लामा निर्वाचित भएकी छिन् । उनले ८० मत प्राप्त गर्दा ध्रुवप्रसाद देवकोटाले ३८ मत प्राप्त गरे । उत्तर पूर्वी क्षेत्र सदस्य पदमा शर्मिला महत र पूर्वी क्षेत्र सदस्यमा सिताराम दाहाल सर्वसम्मत चयन भए ।

उत्तरी क्षेत्र सदस्यपदमा फणिन्द्रनाथ सुवेदी ७४ मतले विजयी भए । उनका प्रतिद्वन्दी सहदेव ढकालले ३८ मत प्राप्त गरे । पश्चिमी क्षेत्र सदस्य पदमा शंकर प्रसाद कालाखेतीले ७६ मत प्राप्त गरी विजयी भए भने राममाया नगरकोटीले ३० मत प्राप्त गरिन । यसैगरी ४ जना खुल्ला सदस्यमा हिमाल पौडेल ७७ मत, जुना दंगाल ६९ मत, जानकी चौधरी ६३ मत, यशोदा पराजुलीले ६१ मत प्राप्त गरी विजयी भए । सदस्यका प्रत्यासीहरु रामहरी तिमल्सिना ४५ मत, जानुका दवाडी ३४ मत, मिनु अग्रवालले ३३ मत, हरिमाया ढकाल अधिकारी ३० मत, रामकेदार बस्नेत १५ मत र योगनाथ दंगालले १३ मत प्राप्त गरेका थिए । संघको लेखा समिति संयोजकमा मिठाराम दहालले ६७ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी श्रमिक लामाले ४३ मत प्राप्त गरिन् । यसैगरी २ जना लेखासमिति सदस्यमा सचिता भट्टराईले ७३ मत र कृष्ण विडारीले ५१ मत प्राप्त गरी विजयी भए भने श्रीराम दहालले ४९ मत र सुशान्त तिमल्सिनाले ३५ मत र प्राप्त गरेका थिए ।


world-link-1690434568.jpg
प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...