jkmv-english-1784299234.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

फोनिज मकवानपुरको अध्यक्षमा असोक सुजन श्रेष्ठ ।

1639280869984-1639281027.jpg

नेपाल अदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मकवानपुरको पाँचौं जिल्ला अधिवेशनले अध्यक्षमा अशोकसुजन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार हेटौंडामा भएको अधिवेशनले उपाध्यक्षमा नवराज वाईबा, सचिवमा रुपा गुरुङ, कोषाध्यक्षमा सन्देश थिङ र सहसचिवमा मनिता रानालाई चयन गरेको हो ।
कार्यसमितिको सदस्यहरुमा भुवन घलान, मञ्जरी बलामी, आशिष राना प्रजा, जमुना थिङ, भुपेन्द्र राना मगर र सम्झना मगरलाई चयन गरेको छ । १३ सदस्सीय कार्यसमितिमा २ सदस्य तामाङ पत्रकार समूह र नेवाः पत्रकार राष्ट्रिय दबूको सिफारिसमा मनोनित गरिने भएको छ ।
यसैगरी, फोनिजको बागमती प्रदेश प्रतिनिधिमा मीना श्रेष्ठ, दुदुमाया सिन्तान, आदर्श थोकर, जनक तामाङ र उमेश राई चयन भएका छन् । साथै, फोनिजको संघीय(केन्द्रीय) प्रतिनिधिमा सुरेश श्रेष्ठ, कृष्ण सारु मगर, सुवर्णलाल श्रेष्ठ र रञ्जिता डंगोल चयन भएका छन् ।
कार्यक्रममा मकवानपुरका अग्रज पत्रकार सुवर्णलाल श्रेष्ठलाई पत्रकारिता क्षेत्रमा निरन्तर लामोसमय योगदान पु¥याएको उच्च मुल्यांकन गर्दै नगद ५ हजारसहित फोनिज पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । यस्तै, फोनिज मकवानपुरका संस्थापक अध्यक्ष देव लामा, पूर्वअध्यक्षहरु कुमार नेगी र पुर्णिमा लामा तथा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङलाई फोनिज र आदिवासी जनजातिको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै कदरपत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।
हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्य तथा फोनिज मकवानपुरका निवर्तमान अध्यक्ष कृष्ण सारु मगरको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप विष्ट, फोनिज बागमती प्रदेशका महासचिव सुरजकुमार भुजेल, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङ, नेवाः देय् दबु मकवानपुरका अध्यक्ष योगेश्वर श्रेष्ठ, वनकरिया समुदायकी अगुवा सन्तमाया वनकरिया र विष्णुमाया वनकरिया, नेपाल पत्रकार महासंघ मकवानपुरका कोषाध्यक्ष एवं प्रेस यूनियन मकवानपुरका सचिव केशव सर्मपण, प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापा, प्रेस चौतारी मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल अदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मकवानपुरका पूर्व अध्यक्ष कुमार नेगी, थारु कल्याणकारिणी सभा मकवानपुरका सचिव चन्द्रकान्त चौधरी, नेपाल मगर साँस्कृतिक संघ बागमती प्रदेश उपाध्यक्ष भुपेन्द्र राना मगर, किराँत राई यायोख्या केवी राई लगायतको आतिथ्यता रहेको थियो ।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...