pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

प्रेस सेन्टर मनहरीद्वारा मनहरी र राक्सिराङका जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना व्यक्त

1653655519927_1-1653655691.jpg

मनहरी । सहिद कृष्ण सेन 'इच्छुक' स्मृति दिवसको अबसरमा शुक्रवार  मनहरीमा एक बृहत कार्यक्रम  भएको छ । प्रेस सेन्टर नेपाल  मनहरी  गाउँकमिटीले  आयोजना गरेको  कार्यक्रममा ´इच्छुक ´ को तस्बिरमा माल्यार्पण   समेत गरेको थियो  । माल्यार्पण गर्दै  माओवादी केन्द्र बागमती प्रदेश कमिटी सचिवालय सदस्य वीर बहादुर घलान ( ज्वाला) ले नेपाली पत्रकारीता जगतले इच्छुकलाई भुल्न नहुने  बताए  ।  नेपाली  पत्रकारीतामा इच्छुकको निकै  गहन भुमिका रहेको  भन्दै  ज्वालाले स्वच्छ र जनमुखि पत्रकारीता आजको आवस्यकता  भएको बताए ।
त्यसै गरि  उक्त  कार्यक्रमको अवसरमा मनहरी र राक्सिराङका नवनिर्वाचित जनप्रतिनिधिहरुहरुलाई बधाई  ज्ञापन तथा शुभकामना  ब्यक्त कार्यक्रम पनि भएको छ । नवनिर्वाचित  मनहरीका अध्यक्ष रन्जन कालाखेती , राक्सिराङका अध्यक्ष राजकुमार मल्ल , मनहरीका उपाध्यक्ष सीता पुलामी मगर , राक्सिराङका उपाध्यक्ष बनस्तम थिङ , मनहरी-१ का अध्यक्ष  शिव प्रशाद खनाल , २ का अध्यक्ष  राजकुमार पाख्रीन , ३का अध्यक्ष  अनन्त प्रकाश अर्याल , ४ का अध्यक्ष  प्रकाश थापा, ५ का अध्यक्ष दीपेन्द्र अधिकारी , ६ का अध्यक्ष  युवराज थपलिया , ७ का अध्यक्ष  ठाकुर तितुङ , ८ का अध्यक्ष नारायण उप्रेती , र मनहरी -९ का अध्यक्ष  राजकुमार श्रेष्ठलाई  प्रेस सेन्टर मनहरीले बधाई  ज्ञापन  गरि अबको ५ वर्षे कार्यकाल सफल होस भन्दौ शुभकामना व्यक्त गरेको थियो  ।  माओवादी केन्द्र बागमती प्रदेश कमिटीका सचिवालय सदस्य वीर बहादुर घलान (ज्वाला) को प्रमुख आथित्यमा भएको  कार्यक्रम प्रेससेन्टर मनहरीका अध्यक्ष  जयराम मुक्तानको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रेस सेन्टर नेपाल बागमति प्रदेशका  निवर्तमान अध्यक्ष  तथा नेपाल पत्रकार  महासङ्घका केन्द्रीय सदस्य सुनिल खड्का , नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव कृष्ण  सारु मगर , नेकपा माओवादी केन्द्र मनहरीका उपाध्यक्ष दील बहादुर स्याङबो , नेपाली काङ्ग्रेस  मनहरी  गाउँकमिटीका सभापति  प्रकाश बर्तौला , अनेमा संघ ( क्रान्तिकारी ) मनहरीका  अध्यक्ष  बिमला गलान , प्रेस सेन्टर नेपाल मकवानपुरका सह- सचिब  दील बहादुर रुम्बा ,  प्रेस  सेन्टर  नेपाल पश्चिम क्षेत्रका इन्चार्ज उमेश राई लगाएको  उपस्थिति रहेको थियो । कार्यक्रम पत्रकार  राजकुमार स्याङबोले संचालन गरेका थिए

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...