kirsi-samaagri-utpaadan-1733404658.png
Tuesday, 21 Jan, 2025
krishi-suchana-1732709378.png

समाचार

प्रेस सेन्टर मकवानपुरले मनायो २२औं कृष्ण सेन स्मृति दिवस

FB_IMG_1716713240621-1716713290.jpg

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मिडियाकर्मीहरुमा आलोचनात्मक चेत हुनुपर्ने बताउनुभएको छ ।
सञ्चारकर्मीहरुले आफुले लेखेको समाचारको आफैले अध्ययन र विश्लेषण गर्नुपर्ने उहाँको भनाई छ । कृष्ण सेन ईच्छुकको २२ औं स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल मकवानपुरले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले आफ्नो कमजोरीहरु स्वीकादै आलोचना सहने क्षमता सञ्चारकर्मीहरुमा हुनुपर्ने बताउनुभयो । उहाँले सबै नीतिहरुको नेतृत्व राजनीतिले नै गर्ने बताउनुभयो । समाजमा निराशाहरु पस्कने र सकारात्मक कुराहरुलाई छोप्ने तत्वविरुद्ध सबै एकजुट हुनुपर्ने उहाँको भनाई छ ।


यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले कृष्ण सेन, रुद्र पाख्रिनका सपना अझै अपुरो रहेको बताउनुभयो । उहाँले शान्तिपूर्ण ढंगबाट नै देशमा समाजवाद निर्माण गर्न आफुहरु लागिरहेको उल्लेख गर्नुभयो । भुमिका परिवर्तन भएपनि उद्देश्य भने परिवर्तन गर्न नहुने उहाँको भनाई छ । मन्त्री श्रेष्ठले प्रेस स्वतन्त्रतालाई कुण्ठित नगर्ने गरी सञ्चारकर्मीहरुलाई सम्बोधन गर्ने खालको बजेट तर्जुमा गर्ने बताउनुभयो ।
प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अन्जली थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, सञ्चार रजिष्टार रेवती सापकोटा, प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष एवं केन्द्रीय ईन्चार्ज महेश्वर दाहाल, पत्रकार आबद्ध संगठनका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रेस सेन्टर मकवानपुरले पत्रकारहरुलाई सम्मान समेत गरेको थियो ।

कार्यक्रममा अग्रज पत्रकारहरु महेन्द्र श्रेष्ठ, सम्झना कार्की, राममणि दाहाल, रामकुमार एलन, भानुभक्त आचार्य, कृष्णराम परियार, सुवर्णलाल श्रेष्ठ, कलमचन्द्र सुमन र मोहनमान साँगामीलाई माला र सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा रुद्रसेन स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रताप बिष्टलाई, रुद्रसेन स्मृति पत्रकारिता पुरस्कार नवराज शर्मा तिमल्सिनालाई र कौशल पाण्डे जनपक्षीय राष्ट्रिय पत्रकारिता पुरस्कार महेश्वर दाहाललाई प्रदान गरिएको थियो । साथै, क्रियाशील पत्रकारिता पुरस्कारबाट राजन दाहाल, एमपी शर्मा, सुबाश बिडारी, सरला अधिकारी, बालकृष्ण दाहाल र प्रतिक्षा न्यौपानेलाई पुरस्कृत गरिएको थियो । त्यस्तै, ग्रामिण पत्रकारिता पुरस्कार शिवकुमार काशी, उमेश राई, शम्भु अधिकारी र विवेक सिन्तानलाई प्रदान गरिएको थियो । सुत्केरी प्रोत्साहन बापत जनही नगद पाँच हजार रुपैयाँ पत्रकारहरु रञ्जिता डंगोल, रुपा गुरुङ र मनिता दानीलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मकवानपुर ईन्चार्ज बिजय गौतम, बागमती प्रदेश सचिवालय सदस्य एवं जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, बागमती प्रदेशका सञ्चार रजिस्टार रेवती सापकोटाले मन्तव्य ब्यक्त गर्नु भएको थियो । साथै, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवं बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सुनिल खड्का, बागमती प्रदेश अध्यक्ष यदुनाथ गौतम, नेपाल पत्रकार महसंघ मकवानपुरका उपाध्यक्ष ध्रुब अधिकारी, समाजवादी प्रेस संगठनका महासचिव रामकुमार एलन, प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुबाश बिडारी लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

FB_IMG_1716713229383-1716713290.jpg
chiya-1733404327.png
khanepani-1727872240.gif
degu-1728178833.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
“अरूको सोचमा आफ्नो हर्ष वा शोक नखोजौं”:- सिम्रन खड्का
1737464074557-1737464098.jpg

यस्तो त् सानो कुरामा नै खुसि हुने मन सानै कुरा मा पनि बिचलित हुन् पुग्छ खुसि हुन लाइ धेरै ठुलो कुरा नचाहिने मन लाइ...

एमालेमा ५९ जनाको सामूहिक राजीनामा
FB_IMG_1736141202334-1737357938.jpg

नेकपा एमालेका विभिन्न भूमिकामा रहेका ५९ जना नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले कारबाहीमा...

चित्लाङ थानकोट सडक:- आज बेलुकी ४ बजे बाट खुल्ने
FB_IMG_1735712432242-1737346578.jpg

एक महिना देखि सडक आवातजावत लाई पुर्ण रुपमा बन्द गरि स्तरोन्नति गरिरहेको थानकोट चित्लाङ सडकमा आज बेलुकी ४ बजे पछि...

वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि मनहरी ७ लाई
FB_IMG_1737289788299-1737289810.jpg

मकवानपुर, ०६ माघ । मनहरी गाउँपालिका वडा स्तरीय दोश्रो वडा अध्यक्ष भिमान सहिद स्मृति कप फुटबल प्रतियोगिताको उपाधि...

एमाले थाहा नगरले तीन महिने अभियान संचालन गर्ने
FB_IMG_1737217757007-1737217772.jpg

हालै बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको निर्णय कार्यान्वयन गर्दै थाहा नगर कमिटीले तीन महिने अभियान...

अंगारेका कार्की परिवार द्वारा इन्द्रायणी मन्दिरमा सिंहको मुर्ती प्रतिष्ठा
FB_IMG_1737215999456-1737216014.jpg

बाजे गम्भीर सिंह कार्कीका जसि मन्त र शिवहरी का सन्तान थाहा २ अंगारेका माधव कार्की,राजेन्द्र कार्की,किरण...

पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप थाहामा माघ २२ गते देखि लगाइने,
1737032241097-1737032257.jpg

थाहा नगरपालिकामा पाठेघर मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ माघ २२ गतेदेखि लगाउने भएको छ । थाहा नगरपालिका...

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह
1736955698308-1736955710.jpg

काठमाडौं – “बोर्न टु डोमिनेट” भन्ने नारासहित टेक्नोले आफ्नो नवीनतम उत्पादन, टेक्नो फ्यान्टम भी फोल्ड 2 5G,...

डिजेलमा ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो
FB_IMG_1736955047474-1736955059.jpg

डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढेको छ । बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल ३ र...