pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

प्रेस सेन्टर मकवानपुरले उपलब्ध गरायो पत्रकार सुनिता बिष्ट लाई सुत्केरी भत्ता ।

269820651_108089974271103-1640686220.jpg

हेटौंडा । प्रेस सेन्टर नेपाल मकवानपुरले देशमै पहिलोपटक पत्रकार महिलालाई सुत्केरी भत्ता उपलब्ध गराएको छ । सेन्टरको पुष १० गते बसेको पहिलो पूणर् बैठकले महिला पत्रकारलाई सुत्केरी भत्ता उपलब्ध गराउने निणर्यबमोजिम मंगलबार पत्रकार सुनिता विष्टलाई सुत्केरी भत्ता उपलब्ध गराएको हो । 
सेन्टर मकवानपुरका अध्यक्ष अञ्जली थापाले विष्टलाई नगद पाँच हजार रुपैयाँ उपलब्ध गराएकी हुन् । नगद उपलब्ध गराउदै अध्यक्ष थापाले निरन्तर पत्रकारीतामा लागेका महिलाहरुलाई सुत्केरी अवस्थामा प्रोत्साहनस्वरुप भत्ता वितरण गरिएको बताए । उनले नेपालमा अहिलेसम्म पत्रकार महिलालाई  प्रोत्साहनका रुपमा कुनै कार्यक्रमहरु नगरिएकाले सेन्टरको मकवानपुर शाखाबाटै यस कार्यक्रमको शुभारम्भ गर्नु पाउँदा आफुलाई गर्वान्वित महसुस भएको बताए । 
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिब कृष्ण सारु मगरले प्रेस सेन्टरको पत्रकार महिलालाई प्रदान गरिएको सुत्केरी भत्ताले आगामी दिनमा पत्रकारीतामा निरन्तर क्रियाशिल रहन महिला पत्रकारलाई प्रेरणा मिल्ने जिकिर गरे । 
यसैबिच, नेपाल पत्रकार महासंघ मकवानपुरको टोलीले मंगलबारै पत्रकार सुनिता विष्टलाई भेट गरेका छन् । अध्यक्ष मणिराज गौतम नेतृत्वमा गएको टोलीले सुत्केरी भएर बसेकी पत्रकार विष्टलाई पोषिलो खानेकुरा प्रदान गरेको छ । अध्यक्ष गौतमले पत्रकार विष्ट र छोरीको सुस्वास्थ्यको कामना गर्दै आगामी दिनमा महिला पत्रकारहरुलाई प्रोत्साहन गर्न थप कार्ययोजना ल्याउने जानकारी दिए । 
यस्तै, सोही दिन सञ्चारिका समूहले पनि पोषिलो खानेकुरासहित पत्रकार विष्टलाई भेट गरेका छन् । समूहका अध्यक्ष सम्झना रिजाल नेतृत्वको टिमले भेट गरी आमा र बच्चाको सुस्वास्थ्यको कामना गरेको छ । 
कार्यक्रममा पत्रकार महासंघका तर्फबाट उपाध्यक्ष सरला अधिकारी, सहसचिव एमपी शर्मा, सदस्यहरु रुपा गुरुङ, अर्जुन सञ्जेल, सृजना नेपाल लगायतको सहभागिता रहेको थियो । पत्रकार विष्ट बिगत दुईबर्षदेखि मकवानपुरलाई कर्मथलो बनाएर पत्रकारीतामा क्रियाशिल रहेकी छिन् । उनले दोस्रो सन्तानका रुपमा छोरीलाई २७ दिनअघि जन्म दिएकी हुन् ।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...