Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

प्रेस सेन्टर नेपाल मकवानपुरको पालिकास्तरिय भेला सुरु


असोज २० । प्रेस सेन्टर नेपाल मकवानपुरले पालिकास्तरिय भेला सुरु गरेको छ । बुधबार प्रेस सेन्टर नेपालको बागमति र बकैया गाउँपालिकामा भेला सम्पन्न भएको छ । 

सेन्टरको बागमती गाउँपालिका भेलाले विवेक सिन्तानको अध्यक्षतामा ८ सदस्यीय कमिटी गठन गरेको छ । गाउँपालिकास्थित झुरेझुरेमा भएको भेलाले उपाध्यक्षमा निर्मल तिमल्सिना, सचिवमा सुरेश पाख्रिन, कोषाध्यक्षमा शर्मिला श्रेष्ठ चयन गरेको छ ।

 त्यस्तै सदस्यहरुमा आशिष बल, गंगाा गोले, बटुमाया पाख्रीन, र सुबास सञ्जेल रहनुभएको छ ।

भेलामा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि  एवं नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला समन्वय समितिका संयोजक प्रेम बहादुर पुलामीले पत्रकारिता क्षेत्रमा गम्भिर भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले सुचना दिने माध्यमहरु थुप्रै भएतापनि त्यसको प्रयोग र आम जनमानसमा त्यसले पार्ने प्रभाबबारे पत्रकारहरु सदैव चनाखो हुनुपर्ने बताउनुभयो । 

भेलामा बागमती गाउँपालिका अध्यक्ष सर्केस घलान, नेपाल पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारु मगर, प्रेस सेन्टर नेपाल मकवानपुर संयोजक अञ्जली थापा, माओवादी केन्द्र बागमती गाउँपालिका अध्यक्ष अरुण बल लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।


प्रेस सेन्टर निर्वाचन क्षेत्र नम्बर १ को (क) का अध्यक्ष रुपा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तथा विभिन्न संघ संगठनका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
यसैबिच , प्रेस सेन्टरकै बुधबार नै सम्पन्न बकैया गाउँपालिका भेलाले अजय लामा थिङ ( सोयल ) को अध्यक्षतामा ९ सदस्यीय प्रेस सेन्टर बकैया गाउँपालिका कमिटी गठन गरेको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...