Social-Media-Main-Post1-1759035170.jpg
Sunday, 09 Nov, 2025
nagar-shubha-1759206951.jpg

समाचार

प्रेस सेन्टरको २१ औं स्थापना दिवसको अवसरमा अन्तरक्रिया

1738069091517-1738069114.jpg

प्रेस सेन्टर मकवानपुरले हेटौंडामा मंगलबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले तथ्यपूर्ण र जनपक्षिय पत्रकारितामा जोड दिएका छन् । हाल सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबाट र केही पीत पत्रकारितामार्फत् गलत एवम् भ्रमपूर्ण सूचना तथा समाचारहरु प्रकाशन, प्रसारण भइरहेको सन्दर्भमा जनमानसमा अन्यौलता सिर्जना हुने गरेको उनले उल्लेख गरे ।
यस किसिमको गलत र भ्रमपूर्ण सूचना र समाचारलाई श्रमजीवि जनपक्षिय पत्रकारितामार्फत् स्पष्ट पार्दै सत्य–तथ्य पत्रकारितामा उनले जोड दिए । हाल सार्वजनिक निकायहरुले सूचना लुकाउने प्रचलन रहेको भन्दै उनले यसमा पत्रकारिताको भूमिका महत्वपूर्ण हुने केन्द्रीय सदस्य लामिछानेले उल्लेख गरे ।

यसैगरी, कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष भिम पाख्रिनले देश समाजवाद उन्मुख प्रकृयामा रहेकाले यससँग सम्बन्धीत आधारहरु अबको पत्रकारिताको विषयवस्तु बन्नुपर्नेमा जोड दिए ।

यस्तै, कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले समाजमा नकरात्मक सूचनाहरुको प्रभाव बढ्दै गइरहेकाले पत्रकारिताले यसलाई रोक्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा आफ्नो मन्तव्यका क्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य मनोज ढोडारीले प्रेस सेन्टर मकवानपुरका संस्थापक दिवंगत कौशल पाण्डेको स्मरण गरे । दिवंगत पाण्डेको योगदानका कारण सेन्टर मकवानपुरले हालको गरिमा प्राप्त गरेको उल्लेख गर्दै उनले स्वर्गीय पाण्डेको योगदानका बारेमा चर्चा गरे ।

यस्तै, प्रेस सेन्टर बागमती प्रदेश समितिका महासचिव ध्रुव अधिकारले प्रविधिको विकाससँगै छिटो सूचना तथा समाचार प्रदान गर्ने क्रममा पत्रकारितामा कमजोरीहरु हुने गरेको उल्लेख गर्दै पत्रकारिता जगत् यस सम्बन्धमा सधैं समीक्षा गर्दै अघि बढ्नुपर्ने उनले सुझाव व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले सामाजिक उत्तरदायित्वसहितको पत्रकारितामा जोड दिए । पत्रकारिता गरिरहँदा कतै पत्रकारिताका नाममा अपराध त भइरहेको छैन भनेर सधैं समीक्षा गर्दै चनाखो भएर अघि बढ्न पत्रकारहरुलाई उनले सुझाव दिए ।

कार्यक्रममा प्रेस चौतारी नेपाल मकवानपुरका उपाध्यक्ष पुष्पराज अधिकारी, प्रेस युनियन मकवानपुरका सचिव बलराम पुडासैनी, समाजवादी प्रेस संगठनका अध्यक्ष शिव चौंलागाईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

स सेन्टर मकवानपुरका उपाध्यक्ष अशोकसुजन श्रेष्ठको सञ्चालनमा भएको अन्तरक्रिया कार्यक्रममा प्रेस सेन्टर नेपाल केन्द्रीय अनुशासन समिति सदस्य भानुभक्त आचार्य, बागमती प्रदेश समिति सदस्य भावना रिजाल, मिना श्रेष्ठ, प्रेस सेन्टर मकवानपुरका निवर्तमान अध्यक्ष अञ्जली थापा, आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष नवराज वाईबासहितको सहभागिता रहेको थियो ।

कार्यक्रम प्रेस सेन्टर मकवानपुरका अध्यक्ष एमपी शर्माको अध्यक्षतामा भएको हो ।

1738069094299-1738069114.jpg

world-link-1690434568.jpg
Thaha-word-number-3-17539-1754198439.jpg
Stanpan-weekly-1-1754542401.jpg
khanepani-1759818717.jpg
नेशनल प्याब्सनको दोस्रो पूर्ण बैठक नगरकाेटमा जारी
1762531818575-1762531833.jpg

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल(नेशनल प्याब्सन) को दोस्रो पूर्ण बैठक शुक्रबारदेखि सुरु भएको छ...

पाथिभरा बचत तथा ऋण सहकारी संस्थाको १९औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1762520262998-1762520380.jpg

पालुङ, मकवानपुर । पाथिभरा बचत तथा ऋण सहकारी संस्था लि.को १९औं वार्षिक साधारणसभा शुक्रबार पालुङ जेसीजको सभाहलमा...

थाहामा निःशुल्क मुटु रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न हुँदै
FB_IMG_1762514432258-1762514448.jpg

थाहा नगरपालिका, मकवानपुर — “Use Heart For Every Heart : मन लगाऔं सबैको मुटु बचाऔं” नारासहित थाहा नगरपालिका–४ मा निःशुल्क...

जनकल्याणमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
FB_IMG_1762411834964-1762414066.jpg

मकवानपुर  कार्तिक २० गते थाहा नगरपालिका–३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा साइबर अपराध सम्बन्धी सचेतना...

थाहा बसपार्क सञ्चालनमा — नगर प्रमुख विष्णु बिष्टबाट सेवाको औपचारिक शुभारम्भ
FB_IMG_1762326836879-1762326868.jpg

थाहा नगरपालिका–४ नार्खुढाँडस्थित थाहा बसपार्क आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। लामो समयदेखि स्थायी...

पीआर’को ‘टाटा बाइ बाइ’ गीत रिलिज,छमछमी नाचे नीर शाह र गौरी मल्ल
FB_IMG_1762081869956-1762082058.jpg

आगामी मंसिर २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ।...

'थानकोट प्रहरी भवन तोडफोड आरोपमा चित्लाङका एक युवक पक्राउ'
FB_IMG_1761979101971-1761979213.jpg

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति मकवानपुर थाहा नगरपालिका वडा नं ९ चित्लाङका ४४ वर्षीय किरण लामा रहेको...

थाहा नगरपालिका बाट पालुङ प्रहरी प्रमुख बज्राचार्यको स्वागत
InShot_20251031_190725391-1761916967.jpg

इलाका प्रहरी कार्यालय पालुङमा सरुवा भई आएकी प्रहरी निरीक्षक (इन्सपेक्टर) रुक्सा बज्राचार्यलाई थाहा नगरपालिकामा...

पालुङ प्रहरी प्रमुखमा रुक्सा बज्राचार्यको स्वागत, इन्सपेक्टर अर्यालको बिदाई
FB_IMG_1761829373795-1761830968.jpg

इलाका प्रहरी कार्यालय पालुङमा नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय कास्कीबाट सरुवा भई प्रहरी निरीक्षक...