pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

प्रेस सम्बद्ध कानुनका लागि दलसँग संवाद बढाउनुस्ः सभामुख घिमिरे,

FB_IMG_1677853694313-1677853781.jpg

सभामुख देवराज घिमिरेले सञ्चारसम्बद्ध ऐन कानुन बनाउन र कार्यान्वयन गर्न राजनीतिक दलसँग संवाद बढाउन आग्रह गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रेस काउन्सिल नेपालले आयोजना गरेको मिडियामा महिलाका सवाल विषयक विचारगोष्ठीमा बोल्दै सभामुख घिमिरेले विधेयक पास गर्ने थलो संसद भएकाले राजनीतिक दल र सांसदहरुसँग प्रभावकारी रुपमा छलफल गरेर आवश्यक ऐन कानुन बनाउन र विधेयक पास गर्न सुझाव दिनुभएको हो । उहाँले महिलाका अन्तरवस्तु र सहभागिताको सवालमा राजनीतिक नेतृत्व र राज्य संयन्त्रलाई समेत सजग गराउन मिडिया स्वयम् चर्चाका विषय र नेताका भाषणलक्षित शीर्षकमा केन्द्रित हुन नहुने बताउनुभयो । राज्यको चौथो अंग भनिने गरेको प्रेस जगतलाई सोहीअनुरुपको व्यवहार नगरिने गरिएकाले चौथो अंग भनिनु यथार्थपरक नभएको तर्क गर्दै उहाँले कि चौथो अंग नभन्नुपर्ने कि यथार्थपरक बनाउनुपर्ने बताउनुभयो । उहाँले प्रेसका लागि आवश्यक ऐन कानुन निर्माण र कार्यान्वयनका लागि आफ्नो भूमिका सधैँ सकारात्मक रहने प्रतिबद्धता जनाउनुभयो । “आमसञ्चार माध्यमसम्बन्धी विधेयक छिटो ल्याउन र प्रेस काउन्सिल ऐन संशोधन समयमै गर्नका लागि म व्यक्तिगत र संस्थागतरूपमा सुझाव लिन तयार छु” उहाँले भन्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियामा हुने प्रस्तुति र स्थानले महिलाका सवालमा समग्र अर्थ राख्ने बताउनुभयो । उहाँले मिडियामा स्थान बढाउन राजनीतिक सहभागिता, नेतृत्व एवं प्रस्तुतिले काम गर्ने बताउनुभयो । उहाँले समग्र राज्य र मिडियालाई महिलाका सवालमा समेत जिम्मेवार बनाउन प्रेस काउन्सिल, पत्रकार महासंघ लगायत नीति निर्माताले भूमिका निर्वाह गर्नैपर्ने बताउनुभयो । काउन्सिलले निर्देशिकाको प्रभावकारी कार्यान्वयनमार्फत अभ्यास गरिरहेको प्रष्ट पार्नुभयो । ‍उहाँले प्रेस काउन्सिल नेपाललाई थप स्वायत्त र बलियो बनाउन आवश्यक ऐन कानुन संसोधनका लागि संसदले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले राज्य संयन्त्र र राजनीतिक रुपमा महिलाको सहभागिता बढाउन नेपाली मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले महिलाका सवाल र सहभागिताका लागि उहाँले रणनीति बनाएर काम गर्न आवश्यक रहेको औँल्याउनुभयो ।

वरिष्ठ पत्रकार बबिता बस्नेतले साइबर कानुन बन्न नसक्नु र सूचना प्रविधिको प्रयोग चुनौतिपूर्ण बनेका कारण पनि महिलाका मुद्दा सहभागिता प्रभावित हुने गरेको बताउनुभयो ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले समितिले सीमित क्षेत्राधिकारका कारण अपेक्षाअनुसार काम गर्न नसकेको गुनासो गर्नुभयो । 

कार्यक्रममा काउन्सिलका सदस्य दुर्गा भण्डारीले मिडियामा महिला अवसर र चुनौती विषयमा र वरिष्ठ पत्रकार कुन्दन अर्यालले मिडियामा महिलाका मुद्दा विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै भण्डारीले पत्रकार महिलालाई भौतिक असुरक्षा, हिंसा, सम्पादकीय स्वतन्त्रता नहुनु र अविस्वास जस्ता चुनौति औँल्याउनुभयो । उहाँले श्रमजीवी ऐनको कार्यान्वयन र सामाजिक सुरक्षाको प्रत्याभूत हुनुपर्ने सुझाव दिनुभयो ।

यस्तै दोस्रो कार्यपत्र प्रस्तुत गर्दै अर्यालले मिडियाले उदारतापूर्वक र विषयगत रुपमा महिलाका मुद्दा उठान गर्न नसकेको बताउनुभयो । उहाँले पछिल्लो दशकमा मिडियामा र अन्तरवस्तुमा महिलाको सहभागिता बढ्ने क्रममा रहेको बताउनुभयो । मिडियामा महिलाको सवाल समाज र राजनीतिमा सहभागिताको सवालले अर्थ राख्ने उहाँको भनाइ थियो । 

कार्यपत्रमाथि टिप्पणी गर्दै पत्रकार टंक पन्तले महिलाको सहभागिताको सन्दर्भमा नेतृत्वसँगको भयले समेत असर गरेको बताउनुभयो ।
यस्तै पत्रकार कुन्दन अर्यालको कार्यपत्रमाथि टिप्पणी गर्दै अधिवक्ता कुमारी खरेलले महिलामाथि हुने भ्रामक सूचनाको नियन्त्रण गर्न आवश्यक रहेको  बताउनुभयो । उहाँले राज्यको निर्णायक तहमा समान नेतृत्व र अवसर स्थापित गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा ८ जना सहभागीले आ आफ्ना धारणा र जिज्ञासासमेत राख्नुभएको थियो ।
काउन्सिलका सदस्य ठाकुर बेलबासेले सहजीकरण गर्नुभएको कार्यक्रममा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...