pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

प्राविधिक शिक्षानै समृद्दिको आधार
थाहाका दुई विद्यालयमा ९ कक्षा देखिनै प्राविधिक शिक्षा

शिपमुलक शिक्षावाट उत्पादित जनशक्तिले मात्रै मुलुक रूपान्तरण हुने भएकाले प्राविधिक शिक्षा अति आवश्यक देखिएको छ । दक्ष जनशक्ति विदेशिने र देशमै उच्च शिक्षा हासिल गरेपछि पनि विना शिपको प्रमाणपत्र मात्र प्राप्त भैरहेकोले नेपाल सरकारले शिक्षामा सुधार गर्नको लागि प्राविधिक शिक्षा लागु गर्न सुरु गरेको छ । हाल थाहा नगरपालिकामा दुई वटा विद्यालयमा प्राविधिक शिक्षा पढाई हुन थाले पछि प्राविधिक शिक्षा पढनका लागि सुविधा भएको छ ।

   थाहा नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालयमा कृषि तर्फ वाली विज्ञान  र आग्राको सुन्दरी देवी माध्यमिक बिद्यालयमा सिभिल ईन्जिनियरिङ बिषयमा कक्षा ९ देखि प्राविधिक बिषयमा पढाइ भैरहेको छ । प्राविधिक शिक्षा अध्ययनका लागि जुनसुकै विद्यालयवाट कक्षा ८ पास गरेपछि प्राविधिक शिक्षा लागु भएको विद्यालयमा अध्ययन गर्न सकिन्छ । थाहा नगरपालिकामा नया भर्ना शुरु भए पछि कृषि तर्फ वालि विज्ञान अध्ययन गर्न इच्छुकले जनकल्याण माबि र सिभिल इन्जिनियर अध्ययनका लागि सुन्दरीदेवी माबि आग्रामा भर्नाको लागि आवेदन दिनु पर्ने दुवै विद्यालयले वताएको छ । सिमित सिटमा कक्षा सञ्चालन गर्नु पर्ने भएकोले आन्तरिक परिक्षमा पास भएमा मात्र प्राविधिक शिक्षा  अध्ययन गर्न पाउनु विधालयहरुले जनाएका   छन् ।

   प्राविधिक शिक्षाको लागि दुवै विधालयमा इच्छुक गरिव तथा जेहन्दारको लागि निःशुल्क अध्ययनको ब्यवस्था गरिएको छ । कृषि तर्फ वालि विज्ञान विषयमा पढाइ भैरहेको जनकल्याण माबिमा हाल कक्षा ९ मा ३२ र अहिले ३८ जना विधार्थीले एसईइ परिक्षा दिइरहेका छन् । नेपाल सरकारले हाल दुई जना प्रशिक्षक २ जना सहप्रशिक्षकको साथै आवस्यक मसलन्द व्यवस्था गरिरहेको प्रधानाध्यापक सानोभाई कार्कीले वताउनु भयो । यस बर्षवाट ११ कक्षा संचालनका लागि प्रकृयामा रहेको माबिले सिटिइभिटिको कार्यक्रम अन्तर्गत कृषि ल्यावको ब्यवस्था गर्न लागि पहल गरिरहेको प्रधानाध्यापक कार्कीले जानकारी दिनु भयो । उहा“ले सिटिइभिटिको कार्यक्रम अन्तर्गत कृषि ल्यावको ब्यवस्था भएमा जुनसुकै विषयमा एसईइ उतिर्णले ३ बर्षे जेटि कोर्ष अध्ययन गर्न सकिने प्रधानाध्यापक कार्कीले वताउनु भयो । कृषि विषयका लागि कृषि विभागवाट आवस्यक औजार, दरवन्दि तथा भौतिक अवस्था पर्याप्त भएकोले विधालयले “किताव होइन साधन” बोकेर विधालयमा आधुनिक शिक्षण विधि लागु गरिने यस अभियानका लागि सहयोगीहरुमा अनुरोध गरिने वताउनु भयो । विधालयले अबका दिनमा विधार्थीका अभिभावक तथा कृषकहरुका लागि तालिमको व्यवस्था गर्न लागिएको पनि प्रधानाध्यापक कार्कीले वताउनु भयो साथै उहा“ले प्राविधिक शिक्षाले स्वरोजगार हुने, देशको लागि आवस्यक कृषि प्राविधिक तयार  भएर जागिर पाउने सुनिश्चितता मात्र नभई विदेशनै जानेहरुको लागि पनि इजरायल जस्ता मुलुकमा राम्रो माग हुने भएकोले प्राविधिक शिक्षामा जोड दिनु पर्ने बताउनु भयो ।

प्राविधिक शिक्षा प्रति आकर्षित गराउनका लागि योजना वनाएर अगाडी बढ्ने सोच रहेको जनकल्याण माबिका  विद्यालय व्यवस्थापन समिति अध्यक्ष  राजिव कुमार स्याङदानको धारणा रहेको छ ।

  यसै गरि थाहा नगरपालिको वडा नम्बर ७ आग्राको भौगोलिक सुन्दरताले भरिएको डांडावासमा अवस्थित   सुन्दरीदेवी माबिमा अहिले कक्षा ९ मा २५ जना र हाल २० जनाले एसईइ परिक्षा दिइरहेका छन् । ४८ जनासम्मको कोटा भए पनि विद्यार्थीहरुको विचमा प्राविधिक शिक्षाको विषयमा जानकारी कमी भएकोले अन्य विद्यालयहरुले पनि प्राविधिक शिक्षाको महत्व र आवस्यक्ताको विषयमा विद्यार्थीहरुलाई जानकारी गराउनु पर्ने सुन्दरी देवी माबिका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष विनायक गोलेले वताउनु  भयो । हाल शिक्षा विभागवाट आवस्यक श्रोत र साधन पर्याप्त रहेको जानकारी दिनुहु“दै सुन्दरी देवि    माबिलेले पनि यस बर्षवाट सिभिल इन्जिनियरमा ११ कक्षा सञ्चालनका लागि प्रकृया सुरु भएको प्रधानाध्यापक प्रताप सिं गोलेले वताउनु भयो । गोलेले विद्यालयमा छात्रावासको व्यवस्था गरिएको गरिव तथा जेहेन्दारलाई निशुल्क अध्ययनको व्यवस्था गरिएको हु“दा इन्जिनियर बन्न सकिने शिक्षा अध्ययन गर्नका लागि विद्यालयमा भर्ना हुनका लागि अनुरोध गर्नु भएको छ  । उहा“ले भर्नाको लागि नजिकको विद्यालयहरुमा गई प्रोजेक्टरको माध्यमवाट प्राविधिक शिक्षाको बिषयमा प्रचार प्रसारको काम गरिरहेको   जानकारी दिनु भयो ।

  थाहा नगरपालिका शिक्षा शाखा अधिकृत लक्ष्मण दहालले अहिले प्राविधिक शिक्षालाई शिक्षा विभागले हेरीरहेको वताउनु भयो । अधिकृत दहाललाई थाहा नगर भरि सबै विद्यालयका लागि प्राथमिक तह देखिनै प्राविधिक शिक्षा लागु गर्न सकिंदैन? भनेर सोध्दा दहालले हालको शिक्षा ऐनमा व्यवस्था नभएको र आगामि २० गते थाहा नगरपालिकाको  नियमावली शिक्षा ऐन तयार गर्नका लागि १ दिने कार्यशाला को आयोजना गरिएको वताउनु भयो ।  

   प्राविधिक शिक्षाको महत्वको बिषयमा वडा नम्बर ४ का वडा अध्यक्ष दिपक सिं लामासग कुरा कानी गर्दा उहाले प्राबिधिक शिक्षाले युवाहरुलाई स्वरोजगारी बनाउने र मुलकलाई समृद्दितर्फ उन्मुख गराउने भएकोले अब थाहा नगरका हरेक विद्यालयले सकेसम्म प्राथमिक शिक्षा देखिनै प्राविधिक शिक्षा तर्फ आकर्षित गर्नु पर्ने धारणा    राख्नु भयो ।

  थाहा नगर पालिकामा पनि ०७३ सालमा नेपाल सरकारको एक निर्वाचन क्षेत्र एक प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत तत्कालिन शिक्षा मन्त्रि एवम् मोओवादी केन्द्र नेता गिरिराजमणि पोखरेलको पालादेखि थाहा नगरका दुई वटा विद्यालयमा कक्षा ९ देखि प्राविधिक शिक्षा पढाइ भैरहेकोे छ । ०७३ सालमा थाहा नगरपालीका र आग्रा छुट्टा–छुट्टै निर्वाचन क्षेत्र थियो । स्थानिय तह पुनःसंरचना भए पश्चात आग्रा थाहा नगरपालिकामा समावेस भए पछि थाहा नगरमा दुईवटा विद्यालयमा प्राविधिक शिक्षा पढाइ हुदै आइरहेको छ ।

   शिक्षा मन्त्रालयले शिक्षा विभागमार्फत् सामुदायिक विद्यालयमा कक्षा ९ बाट प्राविधिक शिक्षा सञ्चालन गर्ने निर्णय २०६८ सालमा गरेको थियो । २०७१ सालदेखि कक्षा ११ मा पठन पाठन पनि प्रारम्भ गरिएको छ । इन्जिनियरिङतर्फ सिभिल, इलेक्ट्रिकल, कम्प्युटर, कृषि तथा पशु विज्ञानतर्फ बाली विज्ञान र पशु विज्ञानका कार्यक्रम सञ्चालनमा छन् ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...