pani-1786865868.jpg
Tuesday, 06 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

प्राधिकरणको निर्देशनअनुसार जिल्ला सहकारी संघको साधारणसभा 

FB_IMG_1760087221495-1760087236.jpg

मकवानपुर । मकवानपुर जिल्ला सहकारी संघ लिमिटेडको २२औँ वार्षिक साधारणसभा
बिहीबार हेटौँडामा सम्पन्न भएको छ।

हेटौंडाको रोयल प्यालेसमा सम्पन्न साधारणसभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको निर्देशनअनुसार सञ्चालन गरिएको हो।

प्राधिकरणले हालै सहकारी संस्थाहरुलाई साधारणसभामा गैरसदस्य व्यक्ति वा पदाधिकारीलाई निमन्त्रणा नगरी उद्घाटन सत्र, आसन ग्रहण वा अतिथिको मन्तव्यजस्ता औपचारिक कार्यमा समय व्यतीत नगरी साधारणसभाका प्रस्ताबमा सिधै छलफल गर्न निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार मकवानपुर जिल्ला सहकारी संघले यस वर्षको साधारणसभा औपचारिकतामा भन्दापनि प्रस्ताब माथीको छलफलमा केन्द्रित भएर सम्पन्न गरेको अध्यक्ष नारायणप्रसाद देवकोटाले जानकारी दिए।

साधारणसभाले अध्यक्ष देवकोटाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी बर्षको नीति तथा कार्यक्रम, कोषाध्यक्ष बिमल कुमार ढकालले प्रस्तुत गरेको आर्थिक बर्ष २०८१/२०८२ को लेखा परीक्षण प्रतिवेदन सहितको आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक खेमराज सापकोटाले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन सर्वसम्मत अनुमोदन गरेको छ ।

संघले आर्थिक वर्ष २०८१/०८२ मा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघसँग सहकार्यमा पशुआहाराको व्यवसाय सञ्चालन गरेको जनाएको छ। त्यसैगरी आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाभित्रका क्रियाशील सहकारी संस्थाहरुलाई संघमा आबद्ध गराई सदस्यता विस्तार गर्ने, छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने योजना रहेको अध्यक्ष देवकोटाले बताए।
कार्यक्रमका क्रममा बिभिन्न  सहकारी संस्थाहरु एक आपसमा एकीकरण गरी सहकारी क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्याउएका चार सहकारी संस्थाहरुलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो। सम्मानित संस्थाहरुमा मन्थली कृषि सहकारी संस्था लिमिटेड बकैया, बज्रवाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेड थाहा, श्री मित्रमिलन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौँडा र सानाकिसान कृषि सहकारी संस्था लिमिटेड मनहरी रहेका छन्।

संघले सुरुगरेको पशुआहाराको व्यवसायमा संलग्न उत्कृष्ट सहकारी संस्थाहरुलाई पनि प्रशंसा पत्रद्वारा नगद सहित सम्मान गरेको छ । सम्मानित हुने संस्थाहरुमा चेतनशिल दुग्ध उत्पादक सहकारी संस्था लि. हटिया, वनदेवी दुग्ध उत्पादक सहकारी संस्था लि. नागस्वती, नारायणी दुग्ध उत्पादक सहकारी संस्था लि. हात्तीलेट, श्रमिक दुग्ध उत्पादक सहकारी संस्था लि. शिखरकट्टेरी, साना किसान कृषि सहकारी संस्था लि. मनहरी र महाकालि दुग्ध उत्पादक सहकारी संस्था लि. बाँसपानी रहेका छन् ।

साधारणसभामा प्रदेश सहकारी संघ लिमिटेडका सञ्चालक एवम् जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरी न्यौपाने, प्रदेश बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष तथा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष हरिप्रसाद कँडेल, संघका पूर्व अध्यक्ष रामजी सापकोटालगायतको उपस्थिति रहेको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...