Friday, 14 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

प्राधिकरणको निर्देशनअनुसार जिल्ला सहकारी संघको साधारणसभा 

FB_IMG_1760087221495-1760087236.jpg

मकवानपुर । मकवानपुर जिल्ला सहकारी संघ लिमिटेडको २२औँ वार्षिक साधारणसभा
बिहीबार हेटौँडामा सम्पन्न भएको छ।

हेटौंडाको रोयल प्यालेसमा सम्पन्न साधारणसभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको निर्देशनअनुसार सञ्चालन गरिएको हो।

प्राधिकरणले हालै सहकारी संस्थाहरुलाई साधारणसभामा गैरसदस्य व्यक्ति वा पदाधिकारीलाई निमन्त्रणा नगरी उद्घाटन सत्र, आसन ग्रहण वा अतिथिको मन्तव्यजस्ता औपचारिक कार्यमा समय व्यतीत नगरी साधारणसभाका प्रस्ताबमा सिधै छलफल गर्न निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार मकवानपुर जिल्ला सहकारी संघले यस वर्षको साधारणसभा औपचारिकतामा भन्दापनि प्रस्ताब माथीको छलफलमा केन्द्रित भएर सम्पन्न गरेको अध्यक्ष नारायणप्रसाद देवकोटाले जानकारी दिए।

साधारणसभाले अध्यक्ष देवकोटाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी बर्षको नीति तथा कार्यक्रम, कोषाध्यक्ष बिमल कुमार ढकालले प्रस्तुत गरेको आर्थिक बर्ष २०८१/२०८२ को लेखा परीक्षण प्रतिवेदन सहितको आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक खेमराज सापकोटाले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन सर्वसम्मत अनुमोदन गरेको छ ।

संघले आर्थिक वर्ष २०८१/०८२ मा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघसँग सहकार्यमा पशुआहाराको व्यवसाय सञ्चालन गरेको जनाएको छ। त्यसैगरी आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाभित्रका क्रियाशील सहकारी संस्थाहरुलाई संघमा आबद्ध गराई सदस्यता विस्तार गर्ने, छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने योजना रहेको अध्यक्ष देवकोटाले बताए।
कार्यक्रमका क्रममा बिभिन्न  सहकारी संस्थाहरु एक आपसमा एकीकरण गरी सहकारी क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्याउएका चार सहकारी संस्थाहरुलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो। सम्मानित संस्थाहरुमा मन्थली कृषि सहकारी संस्था लिमिटेड बकैया, बज्रवाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेड थाहा, श्री मित्रमिलन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौँडा र सानाकिसान कृषि सहकारी संस्था लिमिटेड मनहरी रहेका छन्।

संघले सुरुगरेको पशुआहाराको व्यवसायमा संलग्न उत्कृष्ट सहकारी संस्थाहरुलाई पनि प्रशंसा पत्रद्वारा नगद सहित सम्मान गरेको छ । सम्मानित हुने संस्थाहरुमा चेतनशिल दुग्ध उत्पादक सहकारी संस्था लि. हटिया, वनदेवी दुग्ध उत्पादक सहकारी संस्था लि. नागस्वती, नारायणी दुग्ध उत्पादक सहकारी संस्था लि. हात्तीलेट, श्रमिक दुग्ध उत्पादक सहकारी संस्था लि. शिखरकट्टेरी, साना किसान कृषि सहकारी संस्था लि. मनहरी र महाकालि दुग्ध उत्पादक सहकारी संस्था लि. बाँसपानी रहेका छन् ।

साधारणसभामा प्रदेश सहकारी संघ लिमिटेडका सञ्चालक एवम् जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरी न्यौपाने, प्रदेश बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष तथा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष हरिप्रसाद कँडेल, संघका पूर्व अध्यक्ष रामजी सापकोटालगायतको उपस्थिति रहेको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...