Saturday, 04 May, 2024
थाहा नगर

प्राथमिक तह अन्तर विद्यालय सामुहिक नृत्य प्रतियोगितामा जनकल्याण प्रथम

424958454_130724450329838-1706881181.jpg

थाहानगर, थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको थाहा नगरकै प्रतिष्ठित बिद्यालय जनकल्याण माध्यमिक विद्यालयले ५६ औं बार्षिकोत्सवमा आयोजित थाहा नगर स्तरीय प्राथमिक तह अन्तर विद्यालय सामुहिक नृत्य प्रतियोगितामा आयोजक जनकल्याण प्रथम भएको छ भने किल्फटन एकेडेमी चित्लाङ दोस्रो र सरस्वती आधारभुत विद्यालय तेस्रो हुन सफल भएका छन।
नगर भित्रका २४ वटा प्राथमिक तहका विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोगितामा पालुङ अङ्ग्रेजी आवासीय विद्यालयले सान्त्वना जित हात पारेको छ।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यालयले ९ हजार ९ सय ९९ रुपैयाँ तथा प्रमाणपत्र दोस्रो हुनेले सात हजार सातसय सात रुपैयाँ र प्रमाणपत्र तथा तेस्रो हुनेले ५ हजार ५ सय ५५ रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरियो।
प्रतियोगिताको निर्णायकहरुमा नव क्षितिज कला केन्द्रका श्रीकृष्ण श्रेष्ठ र कृति लो रहेका थिए ।
तेसै गरि ५६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी थाहा नगर प्रमुख बिष्णु बिष्टले थाहा नगरपालिका भित्र रहेका विद्यालय हरुको शैक्षिक गुणस्तर सुधार गर्नको निम्ति सामुहिक सुझावको आश गरेको बताउदै आएको सुझाव लाई नीति बनाएरै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै जनकल्याण माबीको आफ्नो ५६ औं वार्षिकोत्सवको शुभकामना प्रदान गर्नुभयो।
कार्यक्रम उद्घाटनपुर्व, विद्यार्थी हरुले प्रभात फेरि गरेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिव स्याङ्तानको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता रहेको थियो भने नगर शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ल,वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी,प्याब्सन थाहाका अध्यक्ष सुरेन्द्रमान प्रधान,पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र,पालुङ रेडक्रस सोसाइटीका सभापति केदार प्रसाद विडारी,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्ट,पुर्व विद्यार्थी कालिचरण बस्नेत,स्थानीय स्काउट थाहा नगरका संयोजक गणेशमान श्रेष्ठ,जिल्ला बहुउद्देश्यीय सहकारी संघका कोषाध्यक्ष बिमल कुमार ढकाक,थाहा नगर शिक्षा समिती सदस्य अर्जुन सुनार,दामन कृषि सहकारीका कोषाध्यक्ष रामशरण खत्री,लगायत विद्यालय व्यवस्थापन समिती सदस्यहरु,शिक्षक अभिभावक संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
बिद्यालयले बार्षिकोत्सब समारोह समिति गठन गरी माघ १९ गतेदेखि २१ गतेसम्म तीन दिन विविध कार्यक्रम सञ्चालन गरिने बिद्यालयका प्रधानाध्यापक सानोभाई कार्कीले बताए ।
त्यस्तै २० गते जनकल्याण माबिको बिगत, बर्तमान र भविश्य बिषयक पूर्व बिद्यार्थी अन्तरक्रिया कार्यक्रम र माटो परीक्षण कार्यक्रम हुने र २१ गते स्थानीय समुदायको सरसफाईका साथै सम्मान पुरस्कार वितरण र समापन कार्यक्रम गरिनेछ ।

२०२५ मा स्थापना भएको बिद्यालयमा हाल साधारण तर्फ बालबिकास केन्द्रदेखि कक्षा १२ सम्म अध्यापन भइरहेको छ । कक्षा ११ र १२ मा साधारण तर्फ मानबिकी, ब्यबस्थापन, शिक्षा शास्त्र र बिज्ञान संकायको अध्ययन भइरहेको छ । प्राबिधिक तर्फ कक्षा ९ देखि १२ सम्म बाली बिज्ञान र सिटिभिटि अन्तरगतको ३ बर्षे डिप्लोमा इन प्लान्ट साईन्स अध्यापन भइरहेको छ ।


world-link-1690434568.jpg
आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...