jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

प्रधानमन्त्री प्रचण्डसहित सरकारको टोलि द्वारा द्रुत मार्ग निरिक्षण, समयमै सम्पन्न गर्न निर्देशन ।

CamScanner-०४-१८-1681820594.jpg

यादव चौलागाइ
राजदमार,५बैशाख
निर्माणाधिन काठमाण्डाँै तराई द्रुतमार्गको आज सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरीक्षण गर्नु भएको छ । 

निर्माण कार्यको शिल्यान्यास भएको एक दशक पुग्न लागिसक्दा समेत राष्टिय गौरवको आयोजनाको भौतिक प्रगती २१.७३ प्रतिशतमा सिमीत छ भने वित्तिय खर्च २०.४९ रहेको छ ।

नेपाली सेनाको व्यवस्थापन तथा नेतृत्वमा निर्माण भइरहेको आयोजनाले नेपालको आर्थिक र भौतिक विकासको कोषे ढुङगाको रुपमा लिइएको छ ।

आज मङ्गलबार प्रधानमन्त्रि दाहाल सहित नेपाल सरकारका उपपधानमन्त्रि तथा रक्षा मन्त्रि पुर्णबहादुर खड्का,भौतिक पुर्वाधार मन्त्रि प्रकाश ज्वाला, अर्थमन्त्रि प्रकाशशरण महत मुख्यसचिव शंकरदास बैरागी,बागमती प्रदेशका मुख्यमन्त्रि शालिकराम जम्मरकट्टेल, प्रधान सेनापती प्रभुराम शर्मा, नेपाली सेनाका आयोजना अन्य विभागिय प्रमुख निर्माण ब्यवसायि तथा परामर्शदाता सहित विशिष्ट व्यक्तिहरुको उपस्थिती थियो ।

प्रधानमन्त्री तथा बिशीष्ट व्यक्तित्वहरुलाई आयोजना निर्माण स्थल बकैया राजदमारमा सैनिक इन्जिीनियर विभाग तथा दु्रतमार्ग आयोजना प्रमुख उपरथी कमल विक्रम शाहले निर्माण प्रगतिको जानकारी गराउनु भएको थियो । आयोजनाको निर्माण सन २०२५ फेब्रुवरीमा सम्पन्न हुने छ ।

आयोजनामा  ०७८/ ०७९ मा ३४.२९ अर्व, ०७९/०८० मा ३०.७ खर्च भइसकेको छ भने आर्थिक वर्ष ०८०/०८१ के लागि ६६.८० अर्व तथा ०८१/०८२ आर्थिक वर्षको लागि ४४. अर्व गरि कुल १ सय ७५अर्व ४० करोड अनुमानित छ ।

करिव ७२.५ किलोमिटरको दुरीका रहेको मधेशलाई काठमाण्डौँ जोड्ने सामरिक महत्वको सडक खण्डमा नेपालकै नविनतम हुनेछ । 
३ वटा सुरुङमार्ग तथा  ८७ साना ठुला पुल सडक खण्डमा रहने नेपाली सेनाले कार्यविभाग तथा आयोजना कार्यलयले जनाएको छ ।

पटक पटक अवरोधका बाबजुत आयोजनाको बन क्षेत्रमा पर्ने रुख कटान तथा साइट क्लिीयरिङको कार्य सम्पन्न भइसकेको छ  भने । पुल तथा सुरुङमार्गको प्रारम्भिक कार्य चलिरहेको छ । 
प्रथम चरणमा मुआव्जा वितरणमा अल्झिएको आयोजनाको अन्तिम विन्दु खोकनामा हाल सम्म पनि मुआव्जा विवाद टुङ्गीएको छैन । तराइको निजगढ प्रस्थान विन्दु रहेको आयोजनाको खोकना प्रस्थान विन्दु रहेको छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...