pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

खेल

प्रदेश सरकारको शिक्षा र खेलमा वराबर लगानी छ :- मन्त्री कुमारी मोक्तान

309457026_628051512040159-1664545736.jpg

बागमती प्रदेश सरकारको मातहतमा रहेको सामाजिक विकास मन्त्रालयले प्रदेशको शिक्षा र खेलकुदमा बराबर लगानी गरेको प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताउनुभयो ।आज थाहा नगरपालिकाको जनकल्याण माबिको खेल मैदानमा सुरु भएको प्रथम जिल्ला स्तरीय पुरुष विच भलिबल प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले उक्त कुरा बताउनुभयको हो।                                                                                                                                                                     मन्त्री मोक्तानले प्रदेशभरको माध्यामिक विद्यालय हरुमा खेल प्रशिक्षकको व्यवस्था गर्न प्रदेश सरकारले नीति तथा कार्यक्रममानै उल्लेख गरेकोले विद्यालय स्तरबाटै खेलाडी उत्पादन हुने तथा मकवानपुरका १० वटै स्थानीय तहमा खेलाडी उत्पादन हुनेमा बिश्वास व्यक्त गरे ।                                                                                                                    मन्त्री मोक्तानले थाहा नगरपालिका खेलाडी हरु जिल्लामा पहिला देखिनै स्थापित भएको स्मरण गर्दै पुराना खेलाडी हरुको सम्मानले खेल खेल्न नयाँ पुस्तालाई थप उत्साह हुने बताउदै बजेटको हिसाबले थाहा नगर पछाडी नरहेकोले खेल तथा युवा क्षेत्रमा नगरले प्राथमिकतामा राख्दै बजेट बिनियोजनमा ध्यान दिन आग्रह गर्नुभयो ।
 वहाँले प्रदेशको मन्त्रालयको आफ्नो एन नहुदापनी संघ र स्थानीय तहको एन संग समन्वय गरेर खेल क्षेत्रमा मन्त्रालयले काम गरेको बताउदै थाहा नगरका युवाहरुले खेल पर्यटनको नारा दिई विच भलिबलको सुरुवात गरेकोमा आयोजकलाई धन्यवाद तथा आभार व्यक्त गर्दै खेलाडिहरुलाई खेल भित्रको अनुसासन समाजमा सक्रिय रुपमा लगाउन आग्रह गर्नुभएको थियो। 
उद्घाटन समारोहमा भलिबलको माध्यम वाट आफ्नो जिवनको युवा उमेरमा जिल्ला भित्र स्थापित थाहा नगरभित्रका पुर्व खेलाडी हरुलाइ सम्मानपत्र सहित सम्मानित गरि कार्यक्रम उद्घाटन गरिएको थियो।
 पुर्व भलिबल खेलाडीहरु,राजेश केसी,सानोभाइ कार्की ,उदयदाश श्रेष्ठ ,मधुसूदन रायमाझी ,कृष्ण बहादुर बिष्ट ,रमेश कार्की ,दिपक लामा,बिश्वमान श्रेष्ठ ,विक्रम जोशी ,र मनोज अधिकारीलाई प्रमुख अतिथि मन्त्री कुमारी मोक्तानले सम्मानित गर्नुभयको थियो। विच भलिबलका संयोजक युवराज बिष्टको सभाध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा वागमती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा थाहा नगरका उपप्रमुख भरत गोपालीको बिशेष आतिथ्यता रहेको थियो । 
उद्घाटन समारोहमा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य सुवर्ण गोपाली,थाहा नगर खेलकुद विकास समिती संयोजक टिकाराम स्याङ्तान,थाहा नगर शिक्षा समिती संयोजक तथा वडा न ६ का अध्यक्ष राजेन्द्र भक्त श्रेष्ठ ,वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझी ,४ का नारायण लामा,थाहा नगर खेलकुद विकास समितिको निवर्तमान संयोजक राजेश केसी,जनकल्याण माबिका प्र अ सानोभाइ कार्की ,नेकपा एमाले थाहा नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल,नेपाली काङ्ग्रेस नगर सभापति प्रमोद कृष्ण जोशी,नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य इन्द्र बहादुर श्रेष्ठ ,नेकपा माओवादी थाहा नगर अध्यक्ष बिनोद लामा,वाइसीएल केन्द्रिय सदस्य नवराज थिङ,फरक क्षमताको धनी कलाकार तथा चित्रकार अमिर भोम्जन ,लगायतका उपस्तिथि रहेको थियो। १७ गते सम्म चल्ने प्रतियोगितामा जिल्लाका ४० टिमको सहभागिता रहेको छ ।

खेल बाहेक प्रतियोगिता अबधिभर थाहा नगरपालिकाको मुख्य पर्यटकीय स्थलको फोटो प्रदर्शनी ,नेवारी खाजा,खानाको साथै विभिन्न परिकारको स्टल,चित्रकला प्रदर्शनी तथा बिक्री ,तथा हरेक दिन राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनायको छ।प्रतियोगिता लाई थाहा कला केन्द्रले आयोजना गरेको छ भने थाहा नगर भलिबल संघको समन्वयमा प्रतियोगिता संचालन भैरहेको छ।
 

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg