Sunday, 19 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

खेल

प्रदेश सरकारको शिक्षा र खेलमा वराबर लगानी छ :- मन्त्री कुमारी मोक्तान

309457026_628051512040159-1664545736.jpg

बागमती प्रदेश सरकारको मातहतमा रहेको सामाजिक विकास मन्त्रालयले प्रदेशको शिक्षा र खेलकुदमा बराबर लगानी गरेको प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताउनुभयो ।आज थाहा नगरपालिकाको जनकल्याण माबिको खेल मैदानमा सुरु भएको प्रथम जिल्ला स्तरीय पुरुष विच भलिबल प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले उक्त कुरा बताउनुभयको हो।                                                                                                                                                                     मन्त्री मोक्तानले प्रदेशभरको माध्यामिक विद्यालय हरुमा खेल प्रशिक्षकको व्यवस्था गर्न प्रदेश सरकारले नीति तथा कार्यक्रममानै उल्लेख गरेकोले विद्यालय स्तरबाटै खेलाडी उत्पादन हुने तथा मकवानपुरका १० वटै स्थानीय तहमा खेलाडी उत्पादन हुनेमा बिश्वास व्यक्त गरे ।                                                                                                                    मन्त्री मोक्तानले थाहा नगरपालिका खेलाडी हरु जिल्लामा पहिला देखिनै स्थापित भएको स्मरण गर्दै पुराना खेलाडी हरुको सम्मानले खेल खेल्न नयाँ पुस्तालाई थप उत्साह हुने बताउदै बजेटको हिसाबले थाहा नगर पछाडी नरहेकोले खेल तथा युवा क्षेत्रमा नगरले प्राथमिकतामा राख्दै बजेट बिनियोजनमा ध्यान दिन आग्रह गर्नुभयो ।
 वहाँले प्रदेशको मन्त्रालयको आफ्नो एन नहुदापनी संघ र स्थानीय तहको एन संग समन्वय गरेर खेल क्षेत्रमा मन्त्रालयले काम गरेको बताउदै थाहा नगरका युवाहरुले खेल पर्यटनको नारा दिई विच भलिबलको सुरुवात गरेकोमा आयोजकलाई धन्यवाद तथा आभार व्यक्त गर्दै खेलाडिहरुलाई खेल भित्रको अनुसासन समाजमा सक्रिय रुपमा लगाउन आग्रह गर्नुभएको थियो। 
उद्घाटन समारोहमा भलिबलको माध्यम वाट आफ्नो जिवनको युवा उमेरमा जिल्ला भित्र स्थापित थाहा नगरभित्रका पुर्व खेलाडी हरुलाइ सम्मानपत्र सहित सम्मानित गरि कार्यक्रम उद्घाटन गरिएको थियो।
 पुर्व भलिबल खेलाडीहरु,राजेश केसी,सानोभाइ कार्की ,उदयदाश श्रेष्ठ ,मधुसूदन रायमाझी ,कृष्ण बहादुर बिष्ट ,रमेश कार्की ,दिपक लामा,बिश्वमान श्रेष्ठ ,विक्रम जोशी ,र मनोज अधिकारीलाई प्रमुख अतिथि मन्त्री कुमारी मोक्तानले सम्मानित गर्नुभयको थियो। विच भलिबलका संयोजक युवराज बिष्टको सभाध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा वागमती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा थाहा नगरका उपप्रमुख भरत गोपालीको बिशेष आतिथ्यता रहेको थियो । 
उद्घाटन समारोहमा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य सुवर्ण गोपाली,थाहा नगर खेलकुद विकास समिती संयोजक टिकाराम स्याङ्तान,थाहा नगर शिक्षा समिती संयोजक तथा वडा न ६ का अध्यक्ष राजेन्द्र भक्त श्रेष्ठ ,वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझी ,४ का नारायण लामा,थाहा नगर खेलकुद विकास समितिको निवर्तमान संयोजक राजेश केसी,जनकल्याण माबिका प्र अ सानोभाइ कार्की ,नेकपा एमाले थाहा नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल,नेपाली काङ्ग्रेस नगर सभापति प्रमोद कृष्ण जोशी,नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य इन्द्र बहादुर श्रेष्ठ ,नेकपा माओवादी थाहा नगर अध्यक्ष बिनोद लामा,वाइसीएल केन्द्रिय सदस्य नवराज थिङ,फरक क्षमताको धनी कलाकार तथा चित्रकार अमिर भोम्जन ,लगायतका उपस्तिथि रहेको थियो। १७ गते सम्म चल्ने प्रतियोगितामा जिल्लाका ४० टिमको सहभागिता रहेको छ ।

खेल बाहेक प्रतियोगिता अबधिभर थाहा नगरपालिकाको मुख्य पर्यटकीय स्थलको फोटो प्रदर्शनी ,नेवारी खाजा,खानाको साथै विभिन्न परिकारको स्टल,चित्रकला प्रदर्शनी तथा बिक्री ,तथा हरेक दिन राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनायको छ।प्रतियोगिता लाई थाहा कला केन्द्रले आयोजना गरेको छ भने थाहा नगर भलिबल संघको समन्वयमा प्रतियोगिता संचालन भैरहेको छ।
 

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png