gumba-1715660528.jpg
Monday, 20 May, 2024
समाचार

प्रदेश–३ मा ११६ जना कानुनी सहजकर्ता आवश्यता
१२ पास गरेकाले आवेदन दिन सक्ने

pardesh-1564479130.png


 
अन्यायमा परेकालाई कानुनी प्रक्रियाको बारेमा जानकारी दिनुका साथै अदालत तथा प्रहरीमा न्यायिक पहुँजको लागि सहजीकरण गर्ने उद्देश्यले प्रदेश–३ का सबै स्थानीय तहमा कानुनी सहजकर्ता नियुक्त गरिने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका काठमाडौं, ललितपुर र भरतपुर महानगरबाहेकका एक सय १६ वटा स्थानीय तहमा एक एक जना कानुनी सहजकर्ता करारमा नियुक्त गर्ने प्रक्रिया सुरु गरेको हो ।

‘प्रदेश सरकारको पहिचान, निशुल्क कानुनी जनसहायता अभियान’ भन्ने नाराका साथ मन्त्रालयले गत आर्थिक वर्षमा प्रदेशभित्र रहेका ७४ वटा गाउँपालिकामा कानुनी सहजकर्ता खटाएको थियो । ती सहजकर्ताको एकवर्षे करार सकिएसँगै नगरपालिका र उपमहानगरपालिकामा समेत संख्या थप गरी मन्त्रालयले चालु आर्थिक वर्षको लागि एक सय १६ जना कानुनी सहजकर्ताको लागि दरखास्त आह्वान गरेको छ । साउन ९ गते १५ दिने सूचना आह्वान गरी सहजकर्ताको लागि मन्त्रालयले सम्बन्धित जिल्लाको जिल्ला समन्वय समितिमार्फत निवेदन माग गरेको हो ।

प्रदेश सरकारले कानुनी सहजकर्ता नियुक्तको लागि स्थानीय तहमा कानुनी सहजकर्ता नियुक्ति सम्बन्धी कार्य्विधि–२०७६ समेत बनाएको छ । एक वर्षे करार सेवाको लागि उनीहरुलाई नेपाल सरकारको नायब सुब्बा सरहको सेवा सुविधा उपलब्ध गराइनेछ । १२ कक्षा पास गरेकाले आवेदन दिन सक्ने बताइएको छ । प्रदेशभित्र विभिन्न अन्यायमा परेका महिला, दलित, अपाङ्ग, द्वन्द्वपीडित तथा गरिबीको रेखामुनि रहेका व्यक्तिलगायत विभिन्न वर्ग समुदायलाई कानुनी सहायता दिने उद्देश्यले करारमा कानुनी सहजकर्ता नियुक्त गर्न लागिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले जानकारी दिए ।


कानुनी सहजकर्ताले सम्बन्धित स्थानीय तहको कार्यालयमा बसी कानुनी प्रक्रियाको बारेमा जानकारी दिने, अदालत तथा प्रहरीमा न्यायिक पहुँजको लागि सहजीकरण गर्ने, सरकारी कार्यालयमा निवेदन तयार पार्न तथा सार्वजनिक सेवा प्राप्तिको बारेमा सेवाग्राहीलाई जानकारी दिने काम गर्ने सचिव श्रेष्ठले बताए । आवश्यकताअनुसार स्थानीय न्यायिक समितिलाई सहयोग गर्ने तथा प्रदेशका विभिन्न कार्यक्रमहरुको कार्यान्वयनमा पनि सहजकर्ताले सहयोगीको भूमिका निर्वाह गर्नेछन् ।

सहजकर्ताको छनौट गर्नको लागि जिल्लाको जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा मन्त्रालयका प्रतिनिधि र जिल्ला प्रशासन कार्यालयले तोकेको तीन सदस्यीय छनौट समिति कार्य्विधिमा तोकिएको छ । कार्य्विधिअनुसार कानुन विषय अध्ययन गरेको तथा सम्बन्धित स्थानीय तहको स्थायी बासिन्दाले सहजकर्ताको लागि बढी प्राथमिकता पाउनेछन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार आगामी भदौको अन्तिमसम्ममा सहजकर्ता नियुक्ति भई सम्बन्धित स्थानीय तहमा खटाइसकिनेछ । छनौट भएका सहजकर्तालाई मन्त्रालयले आवश्यक तालिमको पनि व्यवस्था गर्नेछ । साभार 
 


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...