Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

प्रकृति संवाद यात्रा सम्पन्न

1748794068717-1748794188.jpg

मकवानपुर । विश्व वातावरण दिवसको अवसरमा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भइरहेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आईतबार प्रकृति संवाद यात्रा सम्पन्न भएको छ । 

प्रकृति संवाद यात्रा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष फुर्वा लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। 

कार्यक्रममा हेटौंडाका विभिन्न विद्यालय तथा बाल क्लबहरूबाट ७५ जना बालबालिकाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले वन विज्ञान अध्ययन संस्थाको प्राङ्गणभित्र रहेको जंगल, गार्डेन तथा जैविक विविधता स्थलहरूको अवलोकन गरेका थिए। साथै, वातावरणीय संरक्षणका विषयमा संवादात्मक शिक्षा दिइएको थियो।
कार्यक्रमलाई वन विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरूले सहजीकरण गरेका थिए। उनीहरूले वन संरक्षण, जैविक विविधता, जलवायु परिवर्तन लगायतका विषयमा सहभागीलाइ जानकारी गराएका थिए।
प्रमुख अतिथि वडा अध्यक्ष फुर्वा लामाले वातावरण संरक्षणलाई स्थानीय तहको प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “हेटौंडा उपमहानगरपालिकाले वातावरणमैत्री नीति तथा व्यवहारमा जोड दिँदै आएको छ। यस्ता बालबालिकामुखी अभियानले वातावरणप्रतिको व्यवहारिक ज्ञान दिन्छन्, जुन दीर्घकालीन रूपमा निकै फलदायी हुन्छ।”
कार्यक्रम अध्यक्ष ध्रुवप्रसाद अधिकारीले बालबालिकाहरूको सक्रिय सहभागिताले भावी पुस्तामा वातावरणप्रतिको चासो र जिम्मेवारीको संकेत दिएको उल्लेख गर्दै भने, “हामी सबैको साझा प्रयासबाट मात्रै स्वच्छ, हरित र दिगो वातावरणको निर्माण सम्भव छ। प्रकृति संवाद यात्रा जस्ता कार्यक्रमले बालबालिकाहरूमा चेतना र जिम्मेवारीको भावना विकास गर्न सहयोग गर्छ।” 

कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष सति न्यौपाने, शान्ति श्रेष्ठ, उपमहासचिव देव कुमार श्रेष्ठ, सचिव चन्द्रावति पनेरू, पुन्यवती घिमिरे, सदस्यहरू सुरेश लामिछाने, उर्मिला राना मगर, कमला पौडेलका साथै सामुदायिक विकास तथा सचेतना नेपालका सचिव अनन्तकुमार बाँनिया लगायतको उपस्थिति रहेको थियो। 

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोलि सोमबार बिहान ७ बजे हेटौंडा औद्योगिक क्षेत्रको खेलमैदानमा विशेष कार्यक्रम अन्तरगत खाली प्लास्टिकका बोतलसंग फलफूलका बिरुवा वितरण गरिनेछ। यस अभियानमार्फत वातावरण संरक्षणको सन्देश फैलाउनुका साथै खेरजाने प्लास्टिक व्यवस्थापनको चेतना अभिवृद्धि गराउने उद्देश्य रहेको अध्यक्ष अधिकारीले बताए।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...