jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

प्याब्सन थाहा नगरको एकदिने शिक्षक कार्यशाला सम्पन्न

FB_IMG_1676301791034-1676301944.jpg

निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याव्सन) थाहानगर कमिटीले मावि शिक्षकहरुलाई एक दिवशीय कार्यशाला गोष्ठी गरेको छ ।

सोमबार होटल गङ्गामा आयोजित कार्यशाला गोष्ठीमा मावि तहका अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक विषयका शिक्षकहरु सहभागी थिए । 

गोष्ठीमा विद्यार्थीमा देखिएका समस्याहरु, पहिचान पछि समाधानका उपायहरु, प्रश्नपत्रमा सबैभन्दा समस्या रहने इकाईहरु, समाधानका उपायहरुमा समुहमा रहेर शिक्षकहरुले प्रस्तुतिकरण गरेका थिए ।

गोष्ठीमा सहभागी शिक्षकहरुले गुणस्तरीय शिक्षाका लागि सबैभन्दा बढी भूमिका शिक्षकहरुको हुने बताउदै कक्षा १० को परीक्षा नजिक आउदै गर्दा अझै सकेको मिहिनेत गर्ने प्रतिवद्वता व्यक्त गरे । 

प्याव्सन थाहानगरका अध्यक्ष सुरेन्द्रमान प्रधानको सभाध्यक्षतामा भएको गोष्ठीमा प्रमुख अतिथि भरत गोपालीले नगरपालिकाले सबै विद्यालयहरुलाई समान हैसियतमा व्यवहार गरेको बताउदै नगरको शैक्षिक विकासका निमित्त संस्थागत विद्यालयहरुको महत्त्वपूर्ण भूमिका रहेको बताउनु भयो ।

गोष्ठीको अवसरमा अध्यक्ष प्रधानले विद्यालय सञ्चालकहरुलाई सहयोगी सहकर्मीको रुपमा हेरेर विद्यार्थीहरुमा रहेको समस्याहरु पहिचान गरि अध्यापन गराउन आग्रह गर्नु भयो । 

गोष्ठीमा प्याव्सन उपाध्यक्ष सजिनभक्त श्रेष्ठ, सचिव संगम कार्की, सदस्य मनोज रायमाझीलगायतले वर्तमान समयमा संस्थागत विद्यालयहरुको समस्या र समाधानका उपायहरु बारे बोल्नु भयो ।

गोष्ठीमा पालुङ भ्याली हार्ट एकेडेमी, हिमालयन इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुल, पालुङ अङ्ग्रेजी आवासीय माद्यामिक विद्यालय, पालुङ मोडर्न इङ्ग्लिस मिडियम स्कुल, इअन इङ्ग्लिस एकेडेमी र सरस्वती विद्या मन्दिर इङ्ग्लिस सेकेन्डरी बोडिङ स्कुल सहभागी थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...