pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

पुर्व मुख्यमन्त्री पौडेल द्वारा सम्पन्न नै न्भएको सडक उद्घाटन -:वडा कार्यालय द्वारा बिरोध।

Screenshot_20220405-16462-1649156866.png

हेटौंडा–६ बिच हात्तिलेटमा काम सम्पन्न नभएको सडक पूर्व मूख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेपछि यसको विरोध भएको छ । नेकपा एमालेका स्थानीय नेताहरुको उक्साहटमा निर्माण कार्य सम्पन्न नहुँदै सडक उद्घाटन गरेपछि हेटौंडा–६ का वडा अध्यक्ष अध्यक्ष अर्जुनप्रसाद चौलागाईसहित त्यस क्षेत्रका स्थानीय विरोध गरेका हुन् ।
स्थानीयले टोल विकास संस्थाहरुलाई समेत खबर नगरी अनावश्यक राजनीति गरेको आरोप लगाएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ को २०७५/०७६ र ०७६/७७ मा सिलिङ बजेटबाट विनियोजित रकम र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्र विकास कोषबाट रकम प्राप्त भई वडा कार्यालयबाट उपभोक्ता समिति गठन गरेको र समितिले काम नगर्दा बजेट फ्रिज भएपछि वडाकै पहलमा प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट ०७८/०७९ मा ठेक्कामार्फत काम भईरहेको वडा कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
विज्ञप्तिमा भर्खरै कालोपत्रे भएको र बजेट फरफारक समेत नभई हस्तान्तरण नभएको सडक नेकपा एमालेले ‘कथित उपभोक्ता मञ्च’ को नाममा वडा कार्यालयलाई उपेक्षा गरी पौडेलबाट उद्घाटन गराएकोमा वडा कार्यालयले विरोध गरेको जनाईएको छ । 
आफु जस्तै जनप्रतिनिधि संस्थालाई उपेक्षा गरेको मूख्यमन्त्री जस्तो गरिमामय पदमा आसिन भईसकेको व्यक्तिले बुझ्न नसक्नु पदीय मर्यादाको चरित्र समेत उदांगो भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको समेत ध्यानाकर्षण गराईएको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...