pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

पिउने पानीको ट्यांकर लिएर भिमान पुगे वडा अध्यक्ष पाख्रिन

FB_IMG_1686495216426-1686495243.jpg

मनहरी २ भिमान जेष्ठ २८,
निरन्तरको खडेरीसङ्गै यति खेर गाउँबस्तिमा लगाईएको बाली सुकेर किसान मारमा परेको खबर सुनिरहेकैछौं । अब खानेपानीको लागि प्रयोग हुँदै आईरहेको कुवा पधेरो सुक्न थालेकोछ ।सुक्खा मौसमको कारण पिउने पानीको लागि प्रयोग हुँदै आईरहेको कुवा सुके पछि ३ घन्टाको बाटो हुँदै पिउने पानीको जोहो गर्दै आईरहेको खबर सुन्नासाथ वडा अध्यक्ष पुगे पानीको ट्याकी सहित ।

प्रसङ्ग हो मनहरी गाउँपालिका वडा नम्बर २ को भिमान बस्ती । चारैतिर डाडाँकाडाँले घेरिएको पर्सा जिल्ला सिमानामा पर्ने बस्ती जहाँ २२ घरधुरीको लगभग ९० जनाको परिवार संख्यामा रहेका बस्तिमा पानी लिन मात्रै पर्सा जिल्लाको पुतली खोलामा पुग्नुपर्ने अवस्था रहेको बताउछन स्थानिय हिरालाल बल । सदै पिउदै आईरहेको पानीको मुल सुकेपछी स्थानियले ८/९ दिन देखि दैनिक ३ घण्टाको बाटो हिडेर खाने पानी ल्याउनुपर्ने बाध्यता रहेकोमा वडा अध्यक्षलाई हिजो अर्थात जेष्ठ २७ गते दिउँसो फोन मार्फत जानकारी गराईएको थियो ।

 

आज एका बिहानै वडा अध्यक्ष आफ्नै पहलमा खानेपानी लिएर भिमान पुगेकाहुन् । वडा अध्यक्ष खानेपानीको ट्यान्की सहित भिमान बस्ती पुग्दा गाउँका सबै बालक देखि वृद्धासम्म वडा अध्यक्ष र खानेपानी प्रतीक्षामा रहेको देखिन्थ्यो । घरमा रहेको गाग्रो,बोटल, ड्रम लगाएत सबै भाडा पानी थाप्नको लागि ल्याएका देखिन्थ्यो । जब वडा अध्यक्ष ट्र्याकटर चढेर पानी ल्याए त्यसपछी सबै खुशीले हर्षित देखिन्थ्यो । त्यतिमात्र नभएर एकजना वृद्धाले त हामिलाई पानी उपलब्ध गराईदिएकोमा खुशी ब्यक्त गर्दै एकैपटक राम लक्ष्मण छोरा पाओस् भन्दै आशीर्वाद दिनुभएको थियो ।

 

पानी बितरण पछि प्रतिक्रिया दिदै अध्यक्ष राजकुमार पाख्रिनले स्थानिय जनताको समस्यालाई समाधान गर्न स्थानिय सरकारले अभिभावकत्व ग्रहण गर्छ भन्दै पानीको समस्या भएको आफुलाई हिजो मात्र थाहा भएको बताए साथै यस्को बारेमा अलि चाडै थाहा पाएको भए तपाईहरुले पानीको लागि घण्टौ धाएर दुख खेप्नु पर्ने थिएन भन्दै । अब २/२ दिनको अन्तरमा पानी स्थानियलाई ट्यान्की मार्फत उपलब्ध गराईने बताउनुभयो ।साथै आगामी आर्थिक बर्षमा उक्त बस्तिको लागि वडा सरकारबाटै खानेपानीको लागि योजना बनाईने बताउनुभयो ।


अध्यक्ष पाख्रिनको ब्यक्तिगत पहलमा भिमान बासिलाई खानेपानी उपलब्ध गराएको हो । घण्टौको बाटो हिडेर पानी ल्याईन्थ्यो तर सफा हुदैनथ्यो ।हामिले यति सफा र स्वच्छ पानी हाम्रै घर नजिक प्राप्त गरेकाछौ भन्दै वडा अध्यक्ष पाख्रिनलाई धन्यबाद दिएका थियो । पानीको उपलब्धता सङ्गै स्थानियहरुले मानिस लगाएत पशुचौपायलाई पानीको सहजता मिलेकोछ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...