Friday, 10 May, 2024
शिक्षा

पालुङ बहुमुखी क्याम्पसको उत्कृष्ट नतिजा

थाहा नगरपालिका स्थित क्याम्पस पालुङ बहुमुखी क्याम्पसले व्यवस्थापन संकाय अन्तर्गत उत्कृष्ठ नतिजा हांसिल गरेको छ । 
त्रिभुवन बिश्व बिद्यालयले १७ गते सार्वजनिक गरेको व्यबस्थापन संकाय दोस्रो बर्षको नतिजामा पालुङ बहुमुखी क्याम्पसले उत्कृष्ट नतिजा हांसिल गरेको हो । नेपालको कुल नतिजामा २९.७१ प्रतिशत उतिर्ण हु“दा पालुङ बहुमुखी क्याम्पसले ७६.६ प्रतिशत नतिजा प्राप्त गरेको छ ।
पालुङ बहुमुखी क्याम्पसले व्यवस्थापन संकाय अन्तर्गत १३ जना बिद्याथीहरुले परिक्षा दिएकोमा १० जना उतिर्ण भएका छन् ।
बि.ए.(मानविकि) तथा बि.बि.एस. (ब्यवस्थापन) संकायमा अध्ययन अध्यापन भैरहेको यस क्याम्पसले अध्ययनरत विद्यार्थीहरुलाई हरेक वर्ष ५ जना गरीब तथा जेहेन्दार बिद्यार्थीहरुलाइ ५÷५ हजारको दरले छात्राबृति दिंदै आइरहेको छ । 
यस अघि पनि बि.ए.(मानविकि) संकायको तेस्रो बर्षमा पनि उत्कृष्ट नतिजा हांसिल गर्न सफल भएको थियो । शिक्षाको गुणस्तर वृद्घि गर्नका लागि क्याम्पसले जेहन्दार तथा अनुशासित विद्यार्थीहरुलाई छात्रवृत्तिको ब्यवस्था गरेकोछ ।
थाहा नगरपालिकामा मानविकि तथा ब्यवस्थापन संकायमा पढाइ भैरहेको एकमात्र क्याम्पसले उत्कृष्ट नतिजा ल्याउन सफल भैरहेकोले यस क्याम्पसमा पढन्का लागि विद्यार्थीहरु आकर्षित भइरहेका छन् ।
वीद्यार्थीहरु बिभिन्न सरोकारवालाहरुको सहयोगमा छात्रवृत्तिकोषको स्थापना गरिएको क्याम्पसका प्रमुख रामहरि अधिकारीले बताउनु भयो ।
बिष्णु प्रसाद ढकालले आफ्नोे बुबाको स्मृतिमा दुबै संकायका एक÷एक जनालाइ नगद ५÷५ हजार, सह–प्राध्यापक हरिकृष्ण कार्कीले आफ्नो बुबाको स्मृतिमा नगद ५ हजार, लेखापाल मधुसुदन रायमाझीले आफनो कान्छो छोराको स्मृतिमा नगद ५ हजार र क्याम्पस प्रमुख अधिकारीले नगद ५ हजार नियमित रुपमा छात्राबृति स्वरुप सहयोग गर्दै आइरहेका छन । यस्तै यस वर्षबाट बालमकुन्द ढकालले ३ लाख ५ हजारको पालुङ बहुद्धेश्यीय सहकारी संस्थामा छात्राबृत्तिकोष जम्मा गरेको समेत क्याम्पस प्रमुख अधिकारीले बताउनु भयो ।


world-link-1690434568.jpg
थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...