pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पालुङ जेसीजद्वारा LOM अफिसर्स तथा प्रतिवेदन लेखन तालिम सम्पन्न

FB_IMG_1771687079695-1771687091.jpg

थाहा नगरपालिका–३ स्थित गंगा होटलमा पालुङ जेसीज वर्ष २०२६ को पहिलो कार्यक्रम अन्तर्गत LOM अफिसर्स तथा प्रतिवेदन लेखन तालिम सम्पन्न भएको छ।
पालुङ जेसीज वर्ष २०२६ का व्यक्तिगत उपाध्यक्ष विश्वराम पौडेलको संयोजकत्वमा आयोजित तालिम शाखा अध्यक्ष जेसी सञ्जय गोपालीको सभाध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल रहनुभएको थियो भने वर्ष २०१९ का शाखा अध्यक्ष कुमार नेगीले सहजीकरण गर्नुभएको थियो।
तालिममा पालुङ जेसीजका पूर्व अध्यक्ष तथा सल्लाहकारहरुको समेत उपस्थिति रहेको थियो। जसमा वर्ष २०२४ का शाखा अध्यक्ष तथा अध्यक्ष सल्लाहकार निरज रायमाझी, वर्ष २०२१ का शाखा अध्यक्ष तथा बोर्ड सल्लाहकार नवराज लामा, वर्ष २०२० का शाखा अध्यक्ष तथा प्रमुख अध्यक्ष सल्लाहकार मनोज रायमाझी तथा अध्यक्ष कार्यकारी सल्लाहकार सुबिन्द्रमान प्रधान सहभागी हुनुहुन्थ्यो।
तालिममा वर्ष २०२६ का १४ जना पदाधिकारीहरुको सहभागिता रहेको थियो। सहभागीहरुलाई आफ्नो जिम्मेवारी, काम, कर्तव्य र अधिकारका साथै आफ्नो कार्यक्षेत्रको प्रतिवेदन कसरी प्रभावकारी रूपमा तयार गर्ने भन्ने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रमको समापनमा प्रमुख अतिथि ढकालले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो।
पदाधिकारीहरुको क्षमता अभिवृद्धि तथा संगठनात्मक कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन तालिम उपयोगी हुने बर्ष २०२६ का अध्यक्ष सन्जय गोपालीले बताए।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...