pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

पालुङ क्याम्पसले रेडियोबाट पढाउने

campus-1592122828.jpg

लामो समयदेखि लकडाउन हुँदा पठनपाठनमा समस्या भएपछि पालुङ बहुमुखी क्याम्पसले रेडियोबाट पढाउने भएको छ । उत्तरी मकवानपुरमा सबैभन्दा धेरै सुनिने दामन एफ. एम. ९०.८ मेगाहर्जबाट पढाउन लागिएको क्याम्पस प्रमुख रामहरि अधिकारीले बताए । 

शिक्षा मन्त्रालयले बैकल्पिक विधिहरुको उपयोग गरी पठनपाठन गर्न आग्रह गरेसँगै पालुङ क्याम्पसले रेडियोको उपयोग गरी पढाउने तयारी गरेको हो । क्याम्पसमा शनिबार बसेको प्राध्यापकहरुको बैठकले आगामी असार ५ गतेदेखि साँझ ५ बजेदेखि ६ बजेसम्मको समयमा विषयगत कक्षा संचालन गर्ने निर्णय गरेको सहायक क्याम्पस प्रमुख राजन मिश्रले जानकारी दिए । ‘क्याम्पसका सबै विद्यार्थीको पहुँचमा भएको, सबैसँग रेडियो सुन्ने सेट रहेको र रेडियोबाट प्रशारणसँगै फेसबुकमा पनि सँगै प्रशारण हुने भएकोले विकल्पको रुपमा रेडियो नै रोजिएको हो,’ उनले भने । अनलाइनबाट पनि पढाउन सकिने भए पनि डाटाबाट अनलाइनमा समस्या हुने, महँगो पर्ने र सबैको पहुँचमा पनि नभएकोले अनलाइनभन्दा रेडियो उत्तम मानिएको उनको भनाइ छ । 

स्नातक तहअन्तर्गत मानविकी र व्यवस्थापन संकायमा पठनपाठन हुँदै आएको उक्त क्याम्पसले हाललाई स्नातक तह तेस्रो र चौंथो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी अध्यापन गर्ने तयारी गरिएको छ । विषयगत रुपमा प्राध्यापकहरुले आफ्ना विद्यार्थीहरुलाई लक्षित गरी तयार पारिएको अडियो सामग्री रेडियोबाट प्रशारणको व्यवस्था मिलाइएको दामन एफ. एम. का अध्यक्ष अरुण रायमाझीले बताए । रेडियोबाट कार्यक्रमको संयोजन एफ. एम. का कार्यक्रम व्यवस्थापक एवम् पालुङ क्याम्पसका प्राध्यापक कुमार नेगीले गर्ने एफ. एम. ले जनाएको छ । 

कार्यक्रम व्यवस्थापक नेगीका अनुसार रेडियोबाट प्रशारण हुने कार्यक्रमको फेसबूक लाइभ पनि हुने भएकोले फेसबुक प्रयोगकर्ता विद्यार्थीहरुले आफूलाई कुनै कुरामा थप स्पष्ट हुनु पर्ने भए फेसबुकबाट प्राध्यापकसँग अन्तरक्रिया गर्न सक्नेछन् । कार्यक्रम सकिएपछि विद्यार्थीहरुले  कुनै पनि बेला भिडियो लाइभलाई डाउन गरेर आफूलाई पायक पर्ने समयमा पनि सुन्न सक्नेछन् । प्राध्यापक, विद्यार्थीहरु र विषय तालिकाको लागि सहायक प्रमुख राजन मिश्रले संयोजन गर्ने क्याम्पसले जनाएको छ । 

कुन बार कुन विषयमा पठनपाठन हुने भन्ने बारेमा विद्यार्थीहरुलाई फोनबाट जानकारी गराइने र एफ. एम. बाट पनि प्रशारण गरिने मिश्रले बताए । 

पालुङ बहुमुखी क्याम्पस उत्तरी मकवानपुरकै एक मात्र स्नातक तहको क्याम्पस हो । क्याम्पसमा हाल १ सय ७ जना विद्यार्थी अध्ययनरत छन् । 
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...