pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पालुङमा ऐतिहासिक तीन बर्षको इन्द्रायणी माइको जात्रा सुरु,

FB_IMG_1764863337101-1764863354.jpg

मकवानपुर उत्तरी क्षेत्रमा पर्नेे थाहा नगरपालिकामा इन्द्रायणी माईको जात्रा सुरु भएको छ । बिहीबार (आज) बाट सुरु भएको जात्रामा भगवान गणेश, इन्द्रायणी, कुमारी र कालाभैरबको रथ इन्द्रायणी मन्दीरमा ल्याइएको हो । थाहा–२ देउला गाउँमा राखिएको भगवानको मुर्तिलाई पालुङ हिटीसम्म ल्याएर रथमा राखेर इन्द्रायणी मन्दीरमा ल्याइएको हो । यस्तै, आजै शिखरकोटबाट पनि गणेशको रथ जात्रा स्थलका रहेको इन्द्रायणी मन्दीरमा लगिएको थियो ।

तीन वर्षमा लाग्ने मकवानपुरकै ऐतिहासिक जात्रा नेवार समुदाय र देउला समुदायले मिलेर बनाउने गर्दछन् । देउला गाउँमा राखिएको मुर्ति लिन नेवार समुदायको इन्द्रायणी भगवती कालभैरव गुठीका गुठियारहरु बाजागाजा सहित देउला गाउँ पुग्छन् । देउला गाउँका पुजारीहरुले काम्दै भगवानलाई मञ्जुर बनाएपछि पूजाआरधना गरेर पालुङ डबलीमा ल्याइन्छ । सो पश्चात् रथमा राखेर थाहा–३ मा रहेको इन्द्रायणी माईको मन्दीरमा रथ पुर्याउने प्रचलन छ ।

रथ लैजाने र पूजाको विधिमा मुख्यगरी यी दुई समुदायको भूमिका रहने भए पनि यो जात्रा मकवानपुरै ऐतिहासिक धरोहरको रुपमा परिचित छ । इन्द्रायणी भगवती कालभैरव गुठी समितिका अध्यक्ष श्याम भक्त श्रेष्ठका अनुसार यो जात्रा ३५० वर्ष पुरानो इतिहाससँग जोडिएको छ । आफ्ना पुर्खाहरुले मनाउँदै आएको जात्रालाई आफूहरुले पनि निरन्तरता दिएको उनले बताए ।

मेलाको पहिलो दिन इन्द्रायणी चौरमा रहेको इन्द्रायणी मन्दिरमा रथ ल्याएसँगै पूजाको विधि सुरु भएको हो । जात्राको दोस्रो दिन सर्वसाधारणको मुख्य पुजा गर्नेछन् भने तेस्रो दिन रथ उठाउने, प्रसाद वितरण गर्ने तथा पुजारीहरुले तान्त्रिक विधि सहितको पूजा गर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

इन्द्रायणी, भगवती कालाभैरब गुठी संरक्षण समितिले रातभर होमसहितको पुजा सञ्चालन गर्दछन् । गुठीको पुजा पनि रातमै हुने गर्दछ । मन्दिरमा राती पञ्चबली सहितको पुजा हुने गर्दछ । तीन दिनसम्म लाग्ने जात्राको व्यवस्थापन समितिले गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...