pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पालुङको ऐतिहासिक तीनवर्षे इन्द्रायणी जात्रा विधिवत रुपमा सम्पन्न

FB_IMG_1765038187463-1765038210.jpg

थाहा नगरपालिकामा लाग्ने ऐतिहासिक तीनवर्षे इन्द्रायणी जात्रा विधिवत रुपमा समापन गरिएको छ । १८ मंसिरबाट शुरु भएको जात्रा इन्द्रायणी मन्दिरबाट रथ उठाई पुनः पालुङको देउता घर पु¥याएसँगै जात्रा पनि सकिएको पुजारी सम्पूर्ण श्रेष्ठले जानकारी दिए ।
जात्रामा पालुङ सहरबाट भगवान गणेश, इन्द्रायणी, कुमारी र कालाभैरबको रथ इन्द्रायणी मन्दिरमा लैजाने गरिन्छ । थाहा नगरपालिका वडा नम्बर २ देउला गाउँ (इन्द्रायणी बस्ती) मा राखिएको भगवानको मूर्तिलाई पालुङ सहरको डबलीमा पु¥याइ तान्त्रिक विधिबाट पूजा गरी रथमा राखेर दुईदिन अघि इन्द्राायणी मन्दिरमा पु¥याइएको थियो । सोही दिन वडा नम्बर ३ को गोपाली गाउँबाट पनि सेति गणेशको रथ इन्द्रायणी मन्दिरमा पु¥याएपछि जात्रा शुरु भएको हो ।
२० मंसिर अर्थात जात्राको तेस्रो दिन मन्दिरबाट रथ उठाइ विभिन्न खटमा विधिपूर्वक बलीसहितको पूजा गरी रथलाई इन्द्रायणी बस्तीको देउता घर पु¥याइएको छ । जात्रा शुरु गर्दा ४ दिन अघि इन्द्रायणी बस्तीबाट रथ पालुङ डबलीमा पु¥याई देउताका मुकुटहरु चौथो दिन रथमा राखेर इन्द्रायणी मन्दिर लैजाने गरेको भएपनि रथ भित्र्याउँदा एकै दिन रथ र मुकुट देउतार घर पु¥याउने चलन छ ।
प्रत्येक तीन/तीन वर्षमा लाग्ने ऐतिहासिक इन्द्रायणी जात्रा नेवार समुदाय र देउला समुदायले मिलेर मनाउने गर्दछन्। जात्राको व्यवस्थापन इन्द्रायणी भगवती कालभैरव गुठी संरक्षण समितिले गर्दै आएको छ । देउला गाउँका पुजारीहरूले काम्दै पुजाआजासहित भगवान मञ्जुर बनाएपछि मन्दिरबाट रथ र मुकुट फर्काइन्छ ।
रथ लैजाने र पूजाको विधिमा मुख्यगरी यी दुई समुदायको भूमिका रहने भए पनि यो जात्रा मकवानपुरै ऐतिहासिक धरोहरको रुपमा परिचित छ । जात्रा ३ सय ५७ वर्ष पुरानो इतिहाससँग जोडिएको स्थानीय निरोज प्रधानले बताए । आफ्ना पुर्खाहरूले मनाउँदै आएको जात्रालाई आफूहरूले पनि निरन्तरता दिएको इन्द्रायणी भगवती कालाभैरब गुठी संरक्षण समितिका अध्यक्ष श्यममभक्त श्रेष्ठले जानकारी दिए ।
मेलाको पहिलो दिन इन्द्रायणी चौरमा रहेको इन्द्रायणी मन्दिरमा रथ पु¥याउने र त्यसपछिको दुई रात पञ्चबलीसहितको होम गर्ने र तान्त्रिक विधिबाट पूजा गर्ने प्रचलन छ । दोस्रो दिनामा सर्वसाधारणको नियमित र भाकल पुजा गर्ने तथा तेस्रो दिन पूजाआज गरी अपरान्ह रथ फर्काउने प्रचलन रहेको छ । इन्द्रायणीको प्रसाद पूजाको अन्तिम दिन मात्र वितरण गरिन्छ ।
जात्रामा मकवानपुरको थाहानगरसहित छिमेकी पालिकाहरु र मुख्य गरेर काठमाण्डौ, हेटौंडा, धादिङ, काभ्रेलगायतका क्षेत्रका भक्तजनहरुको तीन दिनसम्मै उल्लेख्य उपस्थिती रहेको थियो ।

FB_IMG_1765038191442-1765038210.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...