Wednesday, 22 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

राजनीति

पद र पैसाको लागि हैन जनहितको लागि माओवादी केन्द्र प्रवेश गरेको हुँ

बुबा इन्द्र बहादुर बिष्ट आमा राम नानी बिष्ट जन्म २०३७ सालमा साबिक दामन ३ हाल थाहा ३ ओखरखोलामा जन्मनु भएका लक्ष्मण विष्ट मकवानपुरको राजनितिक आँगनमा परिचित नाम हो । दाजु हरिशरण विष्टबाट राजनैतिक प्रेरणा पाई राष्ट्रिय जनमोर्चाका मकवानपुर जिल्ला अध्यक्ष भई लामो समय राजनिति गरिरहनुभएका विष्टले वि.सं. २०४९ साल बाट राजनिती शुरु गर्नुभएको हो । त्यस बखत कक्षा ६ मा अध्ययन गरिरहँदा अखिल छैटौंबाट शुरु भएको राजनितिक जीवन नेपाली राजनितिमा भएको परिवर्तन जस्तै विष्टको राजनिती पनि एकाएक बदलिएको छ । विष्टको राजनितिक जिवनमा किन बदलावट आयो भन्ने विषयमा जनमुखी साप्ताहिक र थाहापाटीसँग भएको कुराकानी । 
– तपाई त माओवादीमा पार्टी प्रवेश गर्नु भएछ  नी ? 
मलाइ माओबादिमा त जन युद्द काल मानै जाने ठूलो चाहना थियो तर सम्भावना भएन मेरो कारण हैन मैले कुन माध्यमबाट जाने त्यो सम्भाबना ल्याउने ब्यक्ति नै पाइन र आज किन गरे त माओबादिमा प्रबेश धेरै ले कागजमा मात्र पढेर र लेखेर बसे तर  राजतन्त्रको अन्त्य र अहिलेको राजनितिक परिवर्तन  त माओबादिले जन युद्द नगरेको भए कहा“ सम्भब थियो र  मलाइ नजिक ल्याउने विषय नै यो हो ।

 

तपाई आस्था राखिरहुनु भएको पार्टी नै एकता हुने कुरा थियो सुटुक्क एक्लै आउनु भए छ  त  ?
 रा. ज. मो. र माओबादी एकता हुने कुरा र पछिल्लो समय वाम तालमेलमा सहभागी हुने कुरा  पनि नचलेका  होइन । यो मेरो प्रवेश हो मैले चुनाब पछि केन्द्रबाट नै एकता हुन्छ भन्ने सोचेको थिए तर त्यो हुने अबस्था देखिन र अब प्रवेश गर्नु पर्छ भनेर गरेको हो । मेरो प्रबेश सुटुक्क होइन पत्राकार सम्मेलन गरि गरेको हो नि । 

माओवादीमै प्रवेश किन रोज्नु भयो ? 
म त माओबादिमा नै जानू पर्छ भन्ने भावना युद्द कालमा र पछि पनि हो तर अहिले दल सानो भयो खतम भयो भनेर होइन नि । कुनै बस्तु जब यो  बाताबरणमा घुल मिल हुन सक्छ टिकि रहन्छ यदि सक्दैन भने अस्तित्व पनि रह“दैन यो बिधिको कुरा     हो । सानो वा ठूलो भनेर सोचेको भए माओबादी भन्दा एमाले अनि का“ग्रेस नै ठूलो पार्टी हो नि मेरो मन किन तेता गएन त ? भन्दा हुन सक्छ काम गर्दा १००५ सम्पन्न हुन्न तर जे जे भएता पनि जहानिया“ एकतन्त्रिय  राज संस्थाको जरो ओखल्ने काम त माओबादिको जन युद्धको उपलब्धती हो नि ? राष्ट्रिय जनमोर्चा पार्टी सकिएर सानो भएर म माओबादिमा आएको हैन होला समानुपातिक मा कुल खसेको सदर मतको ३ प्रतिशत मत ल्याए रास्ट्रिय पार्टी हुने नत्र खारेजी भन्ने हो तर जितेकाहरु स्वतन्त्र भएर प्रदेश र प्रतिनिधि शभामा जाने भए यति न हो पार्टी त कहा“ हराको  छ र १ यो कारण मैले पार्टि छोडेको हैन भोलि बिचार र नीति मिलेको अबस्थामा पुनः एउटै पनि त होइन्छ नि । 

राजमोको जिल्ला अध्यक्ष भएर काम गर्नु भयो, ठूलो पार्टीमा प्रवेश गर्दा हराईन्न र भन्या ? 
मैले जिल्लाको नेतृत्व राजमो मा रहेर धेरै बर्ष गरेको हो । २०४९ साल मा कक्षा ६ मा हु“दा देखि अखिल छैठौ अनि पछि धेरै बर्ष राजमो जिल्ला अध्यक्ष भएर बसेको हो । मैले बिचार परिबर्तन गर्ने केही साथिहरुलाई पछि प्रबेश हुनको लागि ब्यबस्था मिलाएको छु तर बिचार परिबर्तन नगर्ने साथिहरु स“ग हाइ हेल्लो झन गाढा हुने छ सहयोग लिने दिने भै रहने छ तर  उहा हरुको बिचार नै परिबर्तन गरि अन्त जानूपर्छ भन्ने मत मेरो ह“ुदैन त्यो उहा“हरुको व्यक्तिगत बिचार हो । मेरो बिचारमा परिबर्तन आयो र म  २०७४ पौष १४ गते दिउ“सो २ः३० बजे माओबादिमा प्रबेस गरे यो बिचारको आधारमा हो र राजमो पार्टिले संघीयता हुनु हुदैन पनि भन्ने अनि चुनाबमा भाग पनि लिने त्यो पनि प्रदेश मा पनि के संघियता ठिक हो भनेर जानू पथ्र्याे के चुनाबमा भाग नलिएर अघि बड्नु पथ्र्याे  अब संघियताको बहस हु“दै जाला तर स्थानिय निकायमा अधिकार दिएको विषयले आज कति सजिलो भएको छ यो त महत्वपूर्ण विषय हो नि । अब बिचार   परिवर्तन गर्ने केही साथिहरु प्रबेश गर्नुहुन्छ न गर्ने   राजमोमा नै बस्नु हुन्छ त्यो स्वतन्त्रता सबैमा छ नी  । ठूलो पार्टी हुदैमा वा जादैमा कहा“ हराइन्छ कतै तपाइले सोधेको प्रश्न सत्य पनि छ आज पदको होड बाजि कामको आधारमा नभएर पैसा को बलको आधारमा पनि भएको छ । माथी माथिको सपना मात्र देख्नु हुन्न जन लेबलको सामाजिक काममा लागि रहनु पर्छ जनताले एक दिन मुल्याङ्कन अबस्यनै गर्ने छ र हुन्छ नै त्यो दिन आउ“छ नेताले मात्र हैन सिस्टमको जित हुन्छ र पैसाको बल मा मात्र अघि बढेको लाई जनताले नै समाप्त पारी दिनेछन् तर यो ठूलो पार्टी हो म हराउछु भनेर काम गरिएन भने वा मर्न समुन्द्र मा नै डुब्नु पर्छ र कुवामा डुबेनी मरिन्छ नि तेहि भएर कामको मुल्याङ्कन अबस्य हुन्छ काम नै गर्न अति गारो पनि हुन्छ तर ठूलो पार्टिमा पद लिनेहरु माननीय भएका होलान मन्त्री पनि भएका होलान के सबै गोकर्ण बिस्ट जस्ता अनि कर्मचारीमा कुलमान जस्ता हुन सकेका छन् र ? हराउने भए गोकर्ण बिस्ट पनि हराउनु पर्ने किन बिगतमा राम्रो मन्त्री भएर चिनिए त ? काम गर्नु पर्छ मुल्यांकन हुन्छ ती हुन्छन् बा“चे नि नहराउने मरेर गएता पनि बाची रहने ।

तपाईँ राजमोको जिल्ला अध्यक्ष तर एक्लै आउनु भयो, कसैको सहयोग नपाएर एक्लै आउनु भएको हो की तपाईका पछि टिम त होला नी ? 
 अबको राजनिती भबिष्यको विषय भनेको चिन्ता गर्ने कुरा हैन चिन्तन गर्नुपर्छ किन भने मेरो व्यक्तिगत जिबनमा सजिलो हुनपर्छ भन्ने होइन मैले मात्र चिन्ता र चिन्तन गरेर नेपाल बन्ने पनि होइन तर एउटा सत्य कुरा के हो भने माथी माथिको पद र पैसा खोजेर समाज विकास सम्भब छैन मलाइ मेरो राजनिती भविष्य के होला भन्दा नि समाजमा रहेका पहु“चमा आउन कोसिश गरेका दुखी को सेवामा दिन बिताउनु नै मेरो प्रयास हुने छ समाज सेवा राजाबादिहरु वा सबै ले गर्दा हुन्छ सेवामा कसैको पेवा हुदैन म जुन पार्टिमा रहेता पनि समाजमा भैपरि आउने तल्लो जन लेबलको सेवामा लाग्ने छु राजनिती भबिष्यको चिन्ता छैन हिजो पनि राजमो मा छ“दा पार्टिका मात्र ब्यक्ती हेरेर काम गरिन अब पनि गर्दिन । बिचार परिबर्तन गर्ने साथिहरु एकतामा हैन पार्टी प्रबेशमा आउनु हुन्छ नगर्ने साथिहरु राजमोमा नै रहि काम गर्नु हुन्छ तर कसैलाइ पनि कर गरि हिड जाउ भन्ने बिषय होइन ब्यक्तिगत चाहना हुन्छ । तर म स“गै लामो समय काम गरिरहनु भएका साथीहरुस“ग लामो वैचारिक छलफल भएको छ । त्यो पनि चा“डै देखिन्छ ।
 
राजमोमा लामो समय काम गर्नु भयो । अब ठूलो पार्टीमा गए पद पाईन्छ भनेर हो की ?  

मलाइ पदको घमण्ड छैन हिजो राजमोमा अध्यक्ष हुदा वा नहुदा आज माओबादिमा कुनै पदमा हुदा वा भोलि स्वतन्त्र नै बस्ने दिन आएछ भने पनि मेरो वा मैले गर्नु पर्ने काम कर्तव्य पालना गर्ने छु । पद गौण विषय हो काम गर्नु चाहि“ प्रमुख विषय हो ।


राजमोले कहाँनेर गल्ती गर्यो र पार्टी छोड्नुपर्ने अबस्थामा पुग्नु भयो ?
बिचार मात्र राम्रो छ भनेर कुरेर बस्दा मात्र पनि अन्तिम लक्ष प्राप्त गर्न गारो छ किन भने आजको समाज एक रुपमा हेर्ने हो भने पुर्ण रुपमा बिचलित को अबस्थामा आइ सकेको छ के का“ग्रेस भित्र कम्युनिष्ट स्वभाव भएका ब्यक्ती हुदैनन र? अनि राजाबादीमा पनि त हुन्छन् वा कम्युनिष्ट भन्नेहरु भित्र पनि त बिचलित भएका बाध्यतावस बसेका ब्यक्तिहरु हुन्छन नि अन्तमा सबै छान्निएर दुई किनारामा भागबण्डा हु“दै जान्छन र त्यो बिचको प्रतिस्पर्धा हु“दै एउटा बिकासले गति लिन्छ । २०४८ सालमा संविधान शभाको चुनाब हुनपर्छ भनेर मसालले चुनाव बहिस्कार ग¥यो पछि अलि गल्ति भएछ बेला न भको फल टिपि खादा कोक्यायो भने झै भाग लेको भए राम्रो हुने    रहेछ भनेर समिक्षा ग¥र्यो । अनि जनमोर्चास“ग पार्टी एकता हुदा एकता केन्द्र मसाल भयो र त्यो बेलामा पनि बहस हु“दा राजतन्त्रको अन्त हुन सक्दैन भनेर पार्टी चुक्यो । अहिले विश्वको अबस्था हेर्दा पार्टिले जब मसालको एक्लै उठ्दा पनि २०५६ मा राम्रो सिट आएको थियो त्यो बेलामा पनि लगातार सत्तामा गएको भए धेरै मान्छेहरु अडिन सक्थे किन त्यो बेलामा सरकारमा नगएको पछि किन गएको अब यो भन्दा नि महत्वपूर्ण कुरा के हो भने सधंैभरी आदर्शको किताब मात्र पढेर तत्काल जनतामा सामान्य सुबिधा पनि नहुने अबस्था देखियो र अर्को महत्वपूर्ण विषय भनेको संघियताको बिरोध ठिक हु“दा हु“दै किन कसरी सम्झौता भयो त बामतालमेल त संघियता को   बिरोध गर्ने उता चुनावी तालमेल भनेर संघियताबादिलाई पनि भोट दिने यी विविध अध्ययन गर्दा र संघीयता बिरोधी हो भने संघ र प्रदेशको चुनाबमा भाग लिएको बहिस्कार गर्न पथ्र्योे नि ? यी कारणले गर्दा पार्टी छोडेको हो ।

पार्टी प्रवेश पश्चात थाहानगरमा तपाईको सक्रियता कसरी अगडी बढ्छ ?
स्थानिय निकायको चुनाब अगाडि म थाहा   नगरपालिकाको सर्बदलियमा थिए मलाइ त्यो भन्दा अगाडि जिल्ला विकासमा र सबैभन्दा पहिला दामन गाउ“ विकास समितिको सर्बदलियमा पनि बसेर काम गरियो अहिले सिष्टम फरक छ जन प्रतिनिधिहरु चुनिएर आएका छन्, जेजे भएता पनि जनप्रतिनिधी कुन दलको हो त्यो दलको निगरानिमा हुनपर्छ आफू खुसी काम गर्नु भन्दा नि आफुले जितेको दलको सल्लाहमा काम गर्नुपर्छ र अब मेरो पार्टिमा यो सुझाब हुने छ एउटा मात्र दलले हैन अब हार्ने जित्ने सबै दलहरुलाई थाहा नगरपालिकामा खुसिका साथ विकासका योजना बनाउने काम मा ढोका खुल्ला   राख्नु पर्छ भन्ने मेरो सुझाब हुने छ । थाहा    नगर विकास त्यो पनि सिष्टमको बिकास अनि महत्वपुर्ण बिष्य को मास्टर प्लान सहितको विकासमा अघि बढाउनका लागि मेरो सुझाव र सहयोग  रहने छ । मैले मात्र सोचेर हुदैन मेरो अनुभबको कदर पार्टिले गर्ने छ र पार्टिको निर्णयका साथ म थाहा नगरको विकासमा अगाडि बढ्ने छु ।

राजनितिक नजरले थाहा नगरलाई कसरी हेर्नुहुन्छ?
तपाइले महत्वपूर्ण कुरा सोध्नु भो राजनिती रुपमा थाहा नगरलाइ मेरो हेर्ने रुप भनेको मेयर माओबादिकै छन् भन्दैमा चोचो मोचो मिलाउने विधि भन्दा बाहिर जे पनि गर्ने भन्ने हुदैन मेयर भनेको माओबादिले चुनाबमा निर्णय गरेर पठाएको एउटा पात्र हुन र अरु जुन जुन दल बाट अरु प्रतिनिधिहरुले जितेका छन्  उहा“हरुलाइ पनि बिधिमा हिडाउने भनेको थाहा नगर मा रहेका दलहरुले नै हो थाहा नगरमा एउटा खड्केको बिषय भनेको कानुनमा चल्ने प्रतिनिधि अनि व्यबहारमा चल्ने सर्बदलिय समिती नै हो र अब थाहा नगर प्रमुखलाइ मेरो सल्लाह र सुझाब भनेको थाहा             नगरपालिका मा क्रियाशिल राजनैतिक दलहरुलाइ सल्लाहकारको रुपमा नियमित मिटिङको व्यबस्था गर्नुपर्छ र अनि थाहानगर विकास योजनामा प्रतिनिधिहरुले भन्दा पनि राजनैतिक दलहरुले भूमिका खेल्नुपर्छ र त्यो योजना कार्यान्वयन गर्न प्रतिनिधिहरु लाग्नु पर्छ । थाहानगरमा यो एउटा महत्वपूर्ण विषयको चाहि अभाब भएको छ अब मेरो तर्फबाट प्रमुख लाई यो काम गर्नको लागि सल्लाह दिने महत्वपूर्ण भुमिका रहने छ ।अर्को बिषय भनेको अब केही बर्षमा नै थाहा नगरपालिका एउटा प्लाष्टिकको कार्टुन जस्तो अव्यवस्थित नगर हु“दै छ किन भने घरहरु अनियमित रुपमा जथाभाबि बन्दैछ र कृषि योग्य जमिन अब घडेरिको रुपमा परिणत पनि हु“दै छ अनि पर्यटक स्थलको लागि थाहा नगरपालिका राम्रो छ भनिएको छ तर दामन सिमभञ्ज्याङ जस्ता महत्वपूर्ण ठाउ“मा वन समेत मिचेर भौतिक संरचना बन्दैछ र अन्य ठाउ“हरुमा पनि सार्बजनिक जमिन मिचिएको छ ।     मेरो सल्लाह र भूमिका भनेको अब प्रत्येक बिषयमा छलफल राजनैतिक दल सहित जनप्रतिनिधिहरु र समाजमा सामाजिक अगुवाहरु बसेर योजना बनाई  सडक गुरु योजना कृषि गुरु योजना प्रर्यटन गुरु योजना र सार्वजनिक अतिक्रमण भएका जग्गाहरु नगरको माताहातमा ल्याउने योजना र भु–नीति योजना बनाउनु पर्छ  तथा भुगोल र जनसंख्यालाइ महत्वपूर्ण रुप हेरि  वार्षिक बजेट को व्यवस्था   गर्नुपर्छ ।

अन्त्यमा तपाईलाई केही भन्नु छ ?
म मेरो जीवन सजिलो असजिलो जे–जे खेप्न परेता पनि जुन दलमा बसेर वा रहेर पनि सामाजिक काम मा लागि रहनेछु । अहिले लामो समय पछिको  राजनैतिक यात्रा माओवादिबाट अघि बड्दै छ । हामी जीवनभर म लागेको पार्टी मात्र राम्रो भन्छौ अवस्था र परिस्थिती अनुसार परिवर्तन हुन सक्दैनौ जे–जे हु“दा नि म र मेरो मात्र भनेर हिडिरहनु समाज अनि देश विकासको लागि बाधा पुग्ने विषय हो यहि कारण सहि लाई सहि गल्तिलाई खराब नै हो भनेर अघि बड्नु उचित हुने छ लामो समयसम्म स“गै बसेर राजमोमा पुनः ते“हि रहनु हुने साथिहरुलाई मेरो काम ले चिन्तित हुनु भयो होला भन्न सकिन्छ, विचार परिवर्तन गर्न मिल्छ गर्नुहोला सकिन्न भने म भन्दा पनि अझै पार्टिलाई म भएको बेलामा भन्दा पनि व्यवस्थित गर्दै लैजानु होला । अब मेरो यात्रा काम भनेको माओबादिमा   रहेर पार्टिको नीति बिचार र सिद्दान्त अनुसार काम गर्दै जानेछु हिजोको जस्तै समाजमा अति कठिन मा     रहेको जे काम गर्दा जनहित को काम गर्न सकिन्छ तेता तिर लाग्ने छु माथी माथिका सपना मेरो छैन् अब टोल–टोल, बस्ती–बस्ती मा अनि वडा–वडामा पार्टिले हरेक कामलाई जन चेतना वृद्धि गराउ“दै लैजाने तिर जानुपर्दछ यो तिर मेरो काम हुने छ ।


 


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png