pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

खेल

पत्रकार र मनहरीका जनप्रतिनिधि विच मैत्रिपुर्ण फुटबल खेलमा पत्रकारको टिम पराजित ।

309561175_232276826788018-1664634485.jpg

असोज, हेटौडा ९मनहरी० ( नेपालीहरुको चाड बडा दशैंको अबसरमा प्रेस सेन्टर नेपाल मनहरी गाउँ कमिटीले आयोजना गरेको मैत्रीपुर्ण फुटबल खेलमा जनप्रतिनिधिको टिम विजयी भएको छ ।शनिबार मनहरी गाउँपालिका वडा नम्बर ७ रमौलीमा रहेको प्रस्तावित क्षेत्रीय मदन भण्डारी रंगशालामा पश्चिम मकवानपुरका पत्रकार र मनहरीका जनप्रतिनिधि विच भएको मैत्रिपुर्ण फुटबल खेलमा पत्रकारको टिमलाई पराजित गर्दै जनप्रतिनिधिको टिम विजयी भएको हो ।

पत्रकारको टिमलाई ७(० गोल अन्तरले पराजित गर्दै जनप्रतिनिधि टिम विजयी भएको हो । जनप्रतिनिधिको तर्फबाट गाँउपालिका अध्यक्ष रन्जन कालाखेली, वडा अध्यक्षद्वय राजकुमार पाख्रिन र प्रकाश थापाले गोल गरेका थिए । खेल मैत्रिपुर्ण भए पनि विजयी टिमलाई ४ किलोको लोकल कुखुरा भाले उपहार स्वरुप प्रदान गरिनुका साथै मेडल पनि प्रदान गरेका थिए ।

पश्चिम मकवानपुरमा क्रियशिल पत्रकार र मनहरीका जनप्रतिनिधिहरु विच मैत्रिभाव उत्पन्न होस भन्दै खेलको आयोजना गरेको प्रेस सेन्टर नेपाल मनहरीका अध्यक्ष जयराम मुक्तानले बताए । 

पछिल्लो समय युवा(पुस्ता फुटबल खेलमा बढ्दै गएको आकार्षणलाई प्रबर्द्धन गर्दै मनहरीको परिचय बोकेको मदन भण्डारी रंगशालाको प्रचार(प्रसारमा सहयोग पुर्याउने उद्धेश्यले खेलको आयोजना गरिएको अध्यक्ष मुक्तानले बताए ।

मैत्रीपुर्ण खेलको कार्यक्रम बागमती प्रदेशका निवर्तमान सांसद ओमबहादुर ग्लानको प्रमुख आतिथ्यता तथा प्रेस सेन्टर मनहरीका अध्यक्ष जयराम मुक्तानको सभाध्यक्षातामा भएको थियो ।

कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेति, उपाध्यक्ष सीता पुलामी मगर, वडाअध्यक्षहरु दीपेन्द्र अधिकारी, प्रकाश थापा, राजकुमार पाख्रिन, नारायण उप्रेती, नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सचिवालय सदस्य बिर बहादुर घलान ९ज्वाला०, प्रेस सेन्टर नेपाल मकवानपुरका अध्यक्ष अञ्जली थापा, नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव शुभलक्ष्मी बिक ९प्रभा०, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य शिवकुमार काशी, तामाङ पत्रकार संघका केन्द्रिय सदस्य आदर्श सिं थोकर, माओवादी केन्द्र मनहरीमा उपाध्यक्ष दिल बहादुर स्याङबो, नेपाली कांग्रेस मनहरीका सभापति प्रकाश बर्तौला लगायतको आतिथ्यता रहेका थिए ।
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg