jkmv-english-1784299234.jpg
Friday, 14 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

पत्रकार महासघ बागमती प्रदेश अध्यक्ष मगर र प्रेस सेन्टर अध्यक्ष अधिकारीलाई भरतपुर मेयर दाहालको बधाई

1742138452653-1742138611.jpg

भरतपुर / नेपाल पत्रकार महासघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर र प्रेस सेन्टर नेपाल बागमती प्रदेश अध्यक्ष ध्रुव अधिकारी लाई भरतपुर महानगरपालिका मेयर रेणु दाहालले बधाई र शुभकामना दिनुभएको छ ।
नवनिर्वाचित प्रदेश अध्यक्ष द्वय मगर र अधिकारीलाई आज महानगरपालिकामा आयोजित एक कार्यक्रममा उहाले सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभयो ।
भरतपुर महानगरपालिका सधै मिडिया मैत्री भएको बताउदै मेयर दाहालले पत्रकारहरुको हकहितका लागि महानगरपालिका सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । समग्र भरतपुरको विकासमा मिडियाको महत्वपूर्ण भुमिका रहेको स्मरण गर्दै मेयर दाहालले पत्रकार महासघ, प्रेस सेन्टर नेपाल लगायतका सञ्चार संस्थाहरु सङ्ग हातेमालो गर्दै महानगरपालिका अघि बढ्न तयार रहेको पनि बताउनुभयो ।
स्वागत सम्मान कार्यक्रममा नेपाल पत्रकार महासघ बागमती प्रदेश अध्यक्ष मगरले पत्रकार महासघ भरतपुर महानगरपालिका सङ्ग सहकार्य गर्न तयार रहेको बताउदै कार्य योजना पनि प्रस्ताव गर्नुभयो । उहाले केहि समयभित्रै भरतपुरमा प्रदेश स्तरीय कार्यक्रम आयोजना गर्ने तयारी रहेको पनि जानकारी दिनुभयो ।
कार्यक्रममा प्रेस सेन्टर बागमती प्रदेश अध्यक्ष अधिकारीले भरतपुर महानगरपालिका देशभर मै उत्कृष्ट महानगर बन्न सफल भएकोमा बधाई ज्ञापन गर्नुभयो । अधिकारीले भरतपुर महानगर विकासको चर्चा गर्दै मेयर दाहालको सफलताको प्रशंसा पनि गर्नुभयो ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष सुरेशचन्द्र अधिकारी, केन्द्रीय सचिव सुनिल खड्का, केन्द्रीय सदस्य द्वय प्रकाश ज्ञवाली र ध्रुवराज ढकाल, प्रेस सेन्टर नेपालका नेता रामचन्द्र पौडेल लगायतकाको उपस्थिति रहेको थियो ।

1742138455757-1742138611.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...