jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखा अनिश्चितकालका लागि निलम्बित

nepal-patrakar-mahasangh-1699011762.jpg

नेपाल पत्रकार महासङ्घले कान्तिपुर प्रतिष्ठान शाखालाई अनिश्चितकालका लागि निलम्बन गर्दै कान्तिपुर मिडियाको व्यवस्थापनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रवार बसेको नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठकले कान्तिपुर प्रतिष्ठान शाखाले महासङ्घको विधान विपरीत क्रियाकलाप गरेकोले अनिश्चितकालका लागि निलम्बन गरिएको महासचिव रोशन पुरीले जानकारी दिए । 

 

 

रातोपाटीसँग कुरा गर्दै महासचिव पुरीले भने– ‘कान्तिपुर प्रतिष्ठान शाखाले महासङ्घको विधान विपरीत क्रियाकलाप गरेपछि हामीले स्पष्टीकरण सोधेका थियौँ, शाखाले दिएको जवाफमा हामीलाई चित्त बुझेन । विधानको प्रतिकूल हुने खालको कुराहरू देखिसकेपछि थप आन्दोलनलाई अघि बढाउन शाखा निलम्बन गर्नुपर्ने आवश्यकताले हामीले तत्कालका लागि कान्तिपुर शाखालाई निलम्बित गरेका छौँ ।’

कान्तिपुर व्यवस्थापनका विरुद्ध फेरि अर्को चरणको आन्दोलन गर्ने निर्णय भएको पनि पुरीले बताए । महासङ्घले आगामी मङ्सिर १० गतेसम्मका लागि आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको छ ।  कान्तिपुरमा सम्पादकीय स्वतन्त्रता नै सङ्कुचनमा परेको बताउँदै महासचिव पुरीले धर्ना लगायतका विभिन्न आन्दोलनका कार्यक्रम राखिएको जानकारी दिए । 

८२ जना पत्रकारहरूलाई कान्तिपुरले कानुन विपरीत निष्कासन तथा अवैध तरिकाले सरुवा गर्ने काम गरेको भन्दै पत्रकार महासङ्घले विभिन्न आन्दोलनका कार्यक्रमहरू गर्दै आइरहेको छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...