Friday, 03 May, 2024
समाचार

पत्रकार कालिराजलाई उदय सिंह पाठक पत्रकारीता पुरस्कार

FB_IMG_1706454000935-1706454022.jpg

बस्तिपुर जेसिज हाँडीखोलाको १३ औं पदस्थापना तथा पुरस्कार वितरण आइतबार सम्पन्न भएको छ । हेटौंडा-१९ स्थित जेसिजको सभाहलमा आयोजित कार्यक्रममा वर्ष २०२३ का अध्यक्ष प्रेम बहादुर गोङ्बाले वर्ष २०२४ का अध्यक्ष अमृत पाठकसहित पदाधिकारीलाई पदभार हस्तान्तरण गरेका छन् । वर्ष २०२४ का लागि अध्यक्ष पाठकसहित कार्यकारिणी उपाध्यक्षमा हरेराम हटुवाल (निर्मल) र सन्जोग उप्रेती र उपाध्यक्षमा लोक लामा मोक्तान, रविन लामा, सोवित वाईबा र दिनेश चौलागाईँ, निर्वाचित भएका थिए । कार्यक्रममा वर्ष २०२४ का लागि अध्यक्ष पाठकले कोषाध्यक्षमा सन्देश पण्डित, महासचिवमा सुरज बर्तौला र कानुनी सल्लाहकारमा सन्दिप पाठकलाई मनोनीत समेत गरेका छन् । यसैगरी पदस्थापना तथा पुरस्कार वितरण समारोहमा पत्रकार रुपक कालिराजलाई स्वर्गीय उदय सिंह पाठक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । भने समाजसेवी पुरस्कार ॐ वृद्ध आश्रमका अध्यक्ष सिद्धि लाल श्रेष्ठलाई प्रदान गरेको छ । पुरस्कृत कालिराज र श्रेष्ठलाई ७ हजार २ सय २ रुपैयाँ नगद सहित दोसल्ला, सम्मानपत्र र मालाका साथ वर्ष २०२४ का अध्यक्ष अमृत पाठकका परिवार र पूर्व ऊर्जा राज्यमन्त्री एवं प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिंहले सम्मान गरेका हुन्।


world-link-1690434568.jpg
स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...