jkmv-english-1784299234.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

पत्रकारलाई स्वास्थ्य उपचार कार्ड वितरण

Press-Centre-1650724644.jpg

प्रेस सेन्टर मकवानपुरले जिल्लाको जेष्ठ पत्रकार र महिला पत्रकारलाई शनिबार हेटौंडामा स्वास्थ्य उपचार सुविधा कार्ड वितरण गरेको छ । प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष जुगल सापकोटा, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टलाई कार्ड वितरण गरेर शुभारम्भ गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथी प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष सापकोटाले प्रेस सेन्टर मकवानपुरले उदाहरणीय काम गरेको भन्दै देशैभरका पत्रकार संघसंगठनले सिको गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम अघि बागमती पोलिक्लिक प्रालि हेटौंडा र प्रेस सेन्टर मकवानपुरबिच भएको स्वास्थ्य उपचार सम्बन्धी सम्झौता पत्र हस्तान्तरण पनि गरिएको थियो । प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, समाजवादी प्रेस संगठनका केन्द्रीय उपमहासचिव रामकुमार एलन, अग्रज पत्रकार कमलचन्द्र सुमन, प्रेस यूनियन मकवानपुरकी सृजना नेपाल, संचारिका समूह मकवानपुरकी अध्यक्ष सम्झना रिजाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष सम्झना कार्की, महासचिव कृष्ण सारु मगर, मकवानपुर सचिव शुभलक्ष्मी विश्वकर्मा, प्रेस सेन्टर बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष नानीमैया विष्ट, प्रदेश सदस्यहरु राजु शाश्वत, मिना श्रेष्ठ, प्रेस यूनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी, अग्रज पत्रकारहरु सुवर्णलाल श्रेष्ठ, दिपक अधिकारी लगायतको आतिथ्य रहेको थियो ।
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...