himalen-2083-1778725505.jpg
Wednesday, 24 Jun, 2026
jkmv2083-1778723862.jpg

स्वास्थ्य

न्युरो सर्जरीका अब्बल डाक्टर उपेन्द्र देवकोटाको जीवनी

upendra-devkota-1529384042.jpg
लामो समयदेखि उपचाररत वरिष्ठ न्यूरो सर्जन डा। उपेन्द्र देवकोटाको ६३ वर्षको उमेरमा निधन भएको छ । पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको आज साँझ काठमाडौंको बासवारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । अस्पतालका प्रशासन प्रमुख वसन्त देवकोटाले डा। देवकोटाको साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको बताएका छन् । डा। उपेन्द्र देवकोटा चर्चित न्युरो सर्जन हुन् । उनले वीर अस्पताल र न्युरो हस्पितलमा कार्यरत रहेर ३० वर्षको अवधिमा १८ हजार जनाको शल्यक्रिया गरेका छन् भने १० लाख बिरामीलाई जाँचेका छन् । उनले वीर अस्पतालमा २५ वर्ष सेवा गरे । तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा स्वास्थ्य मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका देवकोटा काठमाडौंको बाँसबारीस्थित न्युरो हस्पिटलका सञ्चालक हुन् । विक्रम सम्वत् २०११ सालमा जन्मिएर गोरखाको अमरज्योति जनता मावि लुईंटेलबाट विद्यालय शिक्षा पूरा गरेका उपेन्द्र पढाइमा समेत अब्बल थिए । बुबा होमनाथले कविराज भएर बिरामीको सेवा गरेको देख्दा उपेन्द्रमा डाक्टर बन्ने सपना पलाएको थियो । भलिबल खेल, वादविवाद, वक्तृत्वकलाका मञ्च र निबन्ध प्रतियोगितामा सधैं प्रथम हुने देवकोटा सामान्य ज्ञानमा समेत राम्रो जानकारी राख्थे । विद्यालय शिक्षा अध्ययनकै क्रममा उनले गाउँमा सामाजिक गतिविधिमा संलग्न हुँदै धारा, बाटोघाटो निर्माण, सरसफाई, जुवातास नियन्त्रण लगायतका अभियान चलाउँथें । विद्यालय शिक्षा अध्ययन सकेर उनले अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरे । आइएस्सीमा उनको बायोलोजीमा १ नम्बरले डिस्टिङ्सन पुगेन । त्यसअघि, बायोलोजीमा कसैले पनि फस्ट डिभिजन अंक ल्याउन सकेका थिएनन् । शिक्षा मन्त्रालयको छात्रवृत्तिमा उनले भारतको आसाम मेडिकल कलेजबाट एमबीबीएस गरे । भारतबाट फर्केर उनले १ वर्ष चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसमा हेल्थ असिस्टेन्टको पढाउने काम गरे । क्याम्पसमा पढाउँदै गर्दा उनी लोकसेवा पास भएर वीर अस्पतालमा खटिए । मेडिकल अफिसरको रुपमा वीरको सर्जरी विभागमा कार्यरत रहँदा २ वर्षमै उनी सर्जरी विभागको रजिस्ट्रार बने । ५ वर्षपछि उनी न्युरोसर्जरी पढ्न बेलायत गए । चिकित्सा शास्त्रमै सबैभन्दा जटिल विधा न्युरो सर्जरीको तालिम अवधि नसकिँदै पास गरेका कारण उनलाई बेलायतीले पनि सम्मान गर्यो । पढाइपछि तालिमका करीब ६ वर्ष उनले सिटी स्क्यान आविष्कारमा नोबेल पुरस्कार प्राप्त संस्थामा समेत काम गरे । उनले एमबीबीएस सकेपछि सन् १९८६ मा डा। मधु दीक्षितसँग विवाह गरे । उनका ३ छोरी छन् । बेलायतको अनुभवले खारिएपछि डा। देवकोटाले नेपालकै मेडिकल सेवालाई मजबुत बनाउने प्रतिक्षा गरे । स्वदेश फर्किएपछि उनकै नेतृत्वमा वीरमा सन् १९८९ मा न्युरो सर्जरी विभाग बन्यो । नेपाल फर्किएपछि उनले पहिलोपटक ब्रेन ट्युमरको शल्यक्रिया गरे । नेपालमा न्युरो सर्जरीको विकास गर्न सकिने भनेर उनले देखेको सपना पूरा भएको दिन थियो त्यो । उनले वीर अस्पतालमै लगातार २२ घण्टा लामो शल्यक्रिया समेत गरे । १० वर्षपछि उनकै अनुवाइमा सन् १९९९ मा नेपालमा सार्क क्षेत्रको न्युरो सर्जिकल सम्मेलन भयो । सम्मेलनमा सहभागी हुन संसारभरबाट ३ सय न्युरो सर्जन नेपाल आएका थिए । वीर अस्पतालको सरकारी सेवामा उनले २५ वर्ष काम गरे । यसबीचमा उनी ७ महिना स्वास्थ्यमन्त्री भए । तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा स्वास्थ्यमन्त्री भएका कारण उनलाई राजावादीको आरोप समेत लाग्छ । तर, देवकोटा राजाका लागि नभएर जनताको सेवा गर्न मन्त्री भएको बताउँथे । स्वास्थ्यमन्त्री हुँदा उनले अध्यादेशमार्फत् चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) गठन गरेका थिए । बाँसबासीमा न्युरो अस्पताल एवं तालिम केन्द्र स्थापनाको सपना समेत उनले पूरा गरे । न्युरो अस्पताललाई उपचार, अनुसन्धान, पुनस्र्थापना र तालिम सबै विधाको केन्द्र बनाउने उनको सोच थियो । नेपालमा न्युरोसर्जरीको क्षेत्रमा भएको विकासको शिखर पुरुषका रुपमा डा। देवकोटालाई लिन सकिन्छ । उनी आफ्नो पुस्ताकै चर्चित र सफल न्युरो सर्जन हुन् । आफैंले स्थापना गरेको अस्पतालमा गत बैशाखदेखि उपचाररत डा। देवकोटाको सोमबार साँझ निधन भएको छ ।
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा
FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg