Saturday, 18 May, 2024
स्वास्थ्य

न्युरो सर्जरीका अब्बल डाक्टर उपेन्द्र देवकोटाको जीवनी

upendra-devkota-1529384042.jpg
लामो समयदेखि उपचाररत वरिष्ठ न्यूरो सर्जन डा। उपेन्द्र देवकोटाको ६३ वर्षको उमेरमा निधन भएको छ । पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको आज साँझ काठमाडौंको बासवारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । अस्पतालका प्रशासन प्रमुख वसन्त देवकोटाले डा। देवकोटाको साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको बताएका छन् । डा। उपेन्द्र देवकोटा चर्चित न्युरो सर्जन हुन् । उनले वीर अस्पताल र न्युरो हस्पितलमा कार्यरत रहेर ३० वर्षको अवधिमा १८ हजार जनाको शल्यक्रिया गरेका छन् भने १० लाख बिरामीलाई जाँचेका छन् । उनले वीर अस्पतालमा २५ वर्ष सेवा गरे । तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा स्वास्थ्य मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका देवकोटा काठमाडौंको बाँसबारीस्थित न्युरो हस्पिटलका सञ्चालक हुन् । विक्रम सम्वत् २०११ सालमा जन्मिएर गोरखाको अमरज्योति जनता मावि लुईंटेलबाट विद्यालय शिक्षा पूरा गरेका उपेन्द्र पढाइमा समेत अब्बल थिए । बुबा होमनाथले कविराज भएर बिरामीको सेवा गरेको देख्दा उपेन्द्रमा डाक्टर बन्ने सपना पलाएको थियो । भलिबल खेल, वादविवाद, वक्तृत्वकलाका मञ्च र निबन्ध प्रतियोगितामा सधैं प्रथम हुने देवकोटा सामान्य ज्ञानमा समेत राम्रो जानकारी राख्थे । विद्यालय शिक्षा अध्ययनकै क्रममा उनले गाउँमा सामाजिक गतिविधिमा संलग्न हुँदै धारा, बाटोघाटो निर्माण, सरसफाई, जुवातास नियन्त्रण लगायतका अभियान चलाउँथें । विद्यालय शिक्षा अध्ययन सकेर उनले अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरे । आइएस्सीमा उनको बायोलोजीमा १ नम्बरले डिस्टिङ्सन पुगेन । त्यसअघि, बायोलोजीमा कसैले पनि फस्ट डिभिजन अंक ल्याउन सकेका थिएनन् । शिक्षा मन्त्रालयको छात्रवृत्तिमा उनले भारतको आसाम मेडिकल कलेजबाट एमबीबीएस गरे । भारतबाट फर्केर उनले १ वर्ष चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसमा हेल्थ असिस्टेन्टको पढाउने काम गरे । क्याम्पसमा पढाउँदै गर्दा उनी लोकसेवा पास भएर वीर अस्पतालमा खटिए । मेडिकल अफिसरको रुपमा वीरको सर्जरी विभागमा कार्यरत रहँदा २ वर्षमै उनी सर्जरी विभागको रजिस्ट्रार बने । ५ वर्षपछि उनी न्युरोसर्जरी पढ्न बेलायत गए । चिकित्सा शास्त्रमै सबैभन्दा जटिल विधा न्युरो सर्जरीको तालिम अवधि नसकिँदै पास गरेका कारण उनलाई बेलायतीले पनि सम्मान गर्यो । पढाइपछि तालिमका करीब ६ वर्ष उनले सिटी स्क्यान आविष्कारमा नोबेल पुरस्कार प्राप्त संस्थामा समेत काम गरे । उनले एमबीबीएस सकेपछि सन् १९८६ मा डा। मधु दीक्षितसँग विवाह गरे । उनका ३ छोरी छन् । बेलायतको अनुभवले खारिएपछि डा। देवकोटाले नेपालकै मेडिकल सेवालाई मजबुत बनाउने प्रतिक्षा गरे । स्वदेश फर्किएपछि उनकै नेतृत्वमा वीरमा सन् १९८९ मा न्युरो सर्जरी विभाग बन्यो । नेपाल फर्किएपछि उनले पहिलोपटक ब्रेन ट्युमरको शल्यक्रिया गरे । नेपालमा न्युरो सर्जरीको विकास गर्न सकिने भनेर उनले देखेको सपना पूरा भएको दिन थियो त्यो । उनले वीर अस्पतालमै लगातार २२ घण्टा लामो शल्यक्रिया समेत गरे । १० वर्षपछि उनकै अनुवाइमा सन् १९९९ मा नेपालमा सार्क क्षेत्रको न्युरो सर्जिकल सम्मेलन भयो । सम्मेलनमा सहभागी हुन संसारभरबाट ३ सय न्युरो सर्जन नेपाल आएका थिए । वीर अस्पतालको सरकारी सेवामा उनले २५ वर्ष काम गरे । यसबीचमा उनी ७ महिना स्वास्थ्यमन्त्री भए । तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा स्वास्थ्यमन्त्री भएका कारण उनलाई राजावादीको आरोप समेत लाग्छ । तर, देवकोटा राजाका लागि नभएर जनताको सेवा गर्न मन्त्री भएको बताउँथे । स्वास्थ्यमन्त्री हुँदा उनले अध्यादेशमार्फत् चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) गठन गरेका थिए । बाँसबासीमा न्युरो अस्पताल एवं तालिम केन्द्र स्थापनाको सपना समेत उनले पूरा गरे । न्युरो अस्पताललाई उपचार, अनुसन्धान, पुनस्र्थापना र तालिम सबै विधाको केन्द्र बनाउने उनको सोच थियो । नेपालमा न्युरोसर्जरीको क्षेत्रमा भएको विकासको शिखर पुरुषका रुपमा डा। देवकोटालाई लिन सकिन्छ । उनी आफ्नो पुस्ताकै चर्चित र सफल न्युरो सर्जन हुन् । आफैंले स्थापना गरेको अस्पतालमा गत बैशाखदेखि उपचाररत डा। देवकोटाको सोमबार साँझ निधन भएको छ ।

world-link-1690434568.jpg
जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...