Monday, 06 May, 2024
शिक्षा

नेल्टाद्वारा थाहामा प्रश्नपत्र निर्माण कार्यशाला तथा कल्सटर निर्माण

327860506_486603193639036-1674909697.jpg

ल्टा मकवानपुरले थाहानगरपालिका अंग्रेजी भाषा शिक्षकहरूको लागि एकदिने प्रश्नपत्र निर्माण कार्यशाला तथा कल्सटर निर्माण कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । थाहा १, कुन्छालको सुनौलो विकास केन्द्रको सभाहलमा कार्यक्रम भएको थियो । नेल्टा मकवानपुरका अध्यक्ष संगम चौलागाईंको सभाअध्यक्षतामा भएको कार्यक्रममा अंग्रेजी भाषा विषयका प्रशिक्षक सरोज लामिछाने आधारभूत तथा माध्यमिक विषयका अंग्रेजी विषयको पाठयक्रम तथा, बिशिष्टिरण तालिका अनुरुप विषयगत तथा वस्तुगत प्रश्नपत्र निर्माणको ढाँचा तथा तरिकाका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा पालिकाका कुल ४९ जना अंग्रेजी भाषा शिक्षकहरूको उपस्थिति रहेको थियो । यसैगरी सुनौला माविका शिक्षक सतल उप्रेतीको संयोजकत्वमा सबै वडाको प्रतिनिधित्व हुनेगरी १३ सदस्यीय थाहा कल्सटर पनि गठन गरिएको थियो । उक्त कार्यक्रममा मकवानपुरका उपाध्यक्ष उत्तम अर्याल तथा सहसचिव सुरेश रेग्मीको पनि उपस्थिति रहेको कार्यक्रममा बोल्दै अध्यक्षले यस महिनाको अन्त्यसम्ममा सबै पालिकाहरुमा कल्सटर निर्माण गर्ने जानकारी गराउनुभयो । सुनौलो सामुदायिक केन्द्र तथा थाहा नगरपालिकाले सहयोग गरेको कार्यक्रम सुनौलो सिकाइ केन्द्रका अध्यक्ष तथा नेल्टाका कार्यकारी सदस्य रूपचन्द्रक गोपालीले समन्वय गर्नुभएको थियो ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...