pasu-suchana-1747652195.jpg
Sunday, 22 Jun, 2025
krishi2-1744123294.jpg

समाचार

नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन मकवानपुरको अध्यक्षमा सापकोटा

1725202730273-1725202747.jpg

हेटौंडा/नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन मकवानपुरको अध्यक्षमा भरत प्रसाद सापकोटा चयन भएका छन् । 
आज शनिबार हेटौंडामा भएको संगठनको दोस्रो जिल्ला सम्मेलनले सापकोटाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रंगनाथ ढकाल, महासचिव अबिरल गजुरेल, सचिव सन्दिप पौडेल, कोषाध्यक्ष मोतिलाल सिंगार चयन भएका छन् । त्यस्तै सदस्यहरुमा विजय ढकाल, सन्देश लामा, जीवन विष्ट, सुरेन्द्र अधिकारी, रोशन पुलामी, सुकु बहादुर पाख्रिन, राज कुमार लामा, विक्रम केसी, मेघ बहादुर श्रेष्ठ र लेखराम डिम्डुङ रहेका छन् । सम्मेलनले केदार कार्की र सागर कट्टवाललाई सल्लाहकार चयन गरेको छ ।
बागमती प्रदेशका पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा संठगनका निवर्तमान अध्यक्ष बाल कुमार मल्लको सभाध्यक्षतामा सम्मेलन भएको हो । सम्मेलनको उद्घाटन कार्यक्रममा नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठनका केन्द्रीय अध्यक्ष शिव प्रसाद भट्टराई, नेकपा माओवादी केन्द्रका मकवानपुर इन्चार्ज विजय गौतम, केन्द्रीय सदस्य प्रमिला पुलामी, नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक भीम पाख्रिन, जिल्ला समन्वय समिति मकवानपुरका संयोजक ललित घलान, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, संगठनका बागमती प्रदेश उपाध्यक्ष बसन्त खरेल लगायतको आतिथ्यता रहेको थियो ।

chayerog-1733658794.png

world-link-1690434568.jpg
थाहा नगरमा जारी छैटौं उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता क्वाटरफाइनल चरणमा प्रवेश
FB_IMG_1750519269959-1750519276.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना र थाहा नगर ब्याडमिन्टन संघको व्यवस्थापनमा जारी छैटौं उपमेयर कप डबल्स...

भैंसे सिमभञ्ज्याङ केबलकार सञ्चालनको लागि थाहाले नीजि क्षेत्रसंग सहकार्य गर्ने
FB_IMG_1750518371049-1750518376.jpg

थाहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको १८ औं...

रुदानेको स्मृतिमा हेटौंडामा दीप प्रज्वलन
1750518014275-1750518066.jpg

मकवानपुर । थाहा दर्शनका प्रवर्तक, दार्शनिक तथा जनमुखी सहकर्मी रुपचन्द्र बिष्ट (रुदाने) को २६औँ स्मृति दिवसको...

रुदाने’को सालिकमा माल्यार्पण, श्रमलाई प्राथमिकता दिनुपर्नेमा वक्ताहरूको जोड
FB_IMG_1750517607483-1750517645.jpg

थाहा नगरपालिका, थाहा नगरपालिकाको आयोजनामा श्रमिक नेता एवं थाहा दर्शनका प्रणेता रुपचन्द्र बिष्ट ‘रुदाने’ को...

ब्याडमिन्टन संघबाट १५ औं राष्ट्रपति शिल्डमा स्वर्ण जित्ने दुई खेलाडीलाई सम्मान
1750516917621-1750516938.jpg

थाहानगर ब्याडमिन्टन संघले दुई खेलाडीलाई ७ असारमा सम्मान गरेको छ । संघको व्यवस्थापनमा भएको छैठौं संस्करणको...

थाहा नगरपालिकाको नीति तथा कार्यक्रम पारित
510471445_127640699449114-1750513865.jpg

७ असार मकवानपुर / ‘गुणस्तरीय पूर्वाधार निर्माण, शासकीय व्यवस्था र सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रणमा...

उपमेयर कप डबल ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा, १४ टिमको सहभागिता
FB_IMG_1749269619365-1750403677.jpg

थाहा नगरपालिका वडा नं. ४ स्थित क्याम्पाडाँडा ब्याडमिन्टन कभर्डहलमा यही असार ७ गतेदेखि छैठौं संस्करणको थाहा...

थाहाको कुन्छालमा एक महिलाको बर्बरतापूर्वक हत्या, आरोपी प्रहरीको नियन्त्रणमा
FB_IMG_1750333125633-1750334043.jpg

मकवानपुर, असार ५ — मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ स्थित कुन्छाल बस्तीमा एक महिलाको बिभत्स तरिकाले हत्या...

थाहा नगरमा व्यावसायिक सीपमूलक आलु परिकार तयारी तालिम सुरु
20250619_121205-1750316770.jpg

मकवानपुरको थाहा नगरपालिकामा व्यावसायिक सीप विकासको उद्देश्यले आलु परिकार तयारी तालिम सुरु भएको छ। असार ५...