pasu-suchana-1747652195.jpg
Sunday, 22 Jun, 2025
krishi2-1744123294.jpg

समाचार

नेपाल भारत विश्व मैत्री संघ मकवानपुरको शुभकामना आदानप्रदान

1713100187011-1713101345.jpg

हेटौंडा, २ बैशाख/नेपाल भारत विश्व मैत्री संघ मकवानपुरको आयोजनामा नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नयाँ बर्षको दिन बैशाख १ गते संघका मकवानपुर अध्यक्ष निप्पु सर्राफको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा भारतीय राजदुतावासका महावाणिज्यदुत शैलेन्द्र कुमारको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि शैलेन्द्र कुमारले नेपाल र भारत बिच गहिरो नाता भएको बताउनुभयो । उहाँले नेपालको उद्योग ब्यापार क्षेत्रमा परेको समस्यामा आवश्यक छलफल गरि समाधानको पहल गरिने बताउनुभयो ।
हेटौंडाको होटल सुर्यांशमा भएको कार्यक्रममा नेपाल भारत विश्व मैत्री संघका केन्द्रीय उपाध्यक्ष सुदर्शन अधिकारी, हेटौडा उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष फुर्वा लामाको बिशेष आतिथ्यता रहेको थियो ।
शुभकामना आदानप्रदान कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार अग्रवाल, मकवानपुर उद्योग संघका अध्यक्ष बद्रीनाथ शर्मा, मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. यम सिलवाल, महावाणिज्यदुतका प्रथम महिला निलम कुमारी, मकवानपुर होटल एसोसिएसनका उपाध्यक्ष कल्याण पौडेल, नेपाल भारत विश्व मैत्री संघका कोषाध्यक्ष प्रविण मैनाली, केन्द्रीय प्रतिनिधि सुनिल दाहाल लगायत संघका पदाधिकारी, पत्रकार र बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना आदानप्रदान सहित नेपाल र भारतको सम्वन्धको बारेमा चर्चा गरेका थिए ।
उक्त कार्यक्रममा नेपाल भारत विश्व मैत्री संघ मकवानपुरका अध्यक्ष निप्पु सर्राफले नेपालको विकासकालागि पर्यटनको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नेपालको पर्यटकीय क्षेत्रको विकासका लागि भरतले आवश्यक सहयोग गर्न अनुरोध गर्नुभयो ।
नेपाल भारत बिचको गहिरो नाता सम्वन्ध भएको हुँदा नेपालको आर्थिक विकासका लागि भारतले खेल्नुपर्ने भूमिकाको सम्बन्धमा छलफल सहित शुभकामना आदानप्रदान गरिएको संघका सदस्य बिनोद पौडेलले बताउनुभयो ।

chayerog-1733658794.png

world-link-1690434568.jpg
थाहा नगरमा जारी छैटौं उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता क्वाटरफाइनल चरणमा प्रवेश
FB_IMG_1750519269959-1750519276.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना र थाहा नगर ब्याडमिन्टन संघको व्यवस्थापनमा जारी छैटौं उपमेयर कप डबल्स...

भैंसे सिमभञ्ज्याङ केबलकार सञ्चालनको लागि थाहाले नीजि क्षेत्रसंग सहकार्य गर्ने
FB_IMG_1750518371049-1750518376.jpg

थाहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको १८ औं...

रुदानेको स्मृतिमा हेटौंडामा दीप प्रज्वलन
1750518014275-1750518066.jpg

मकवानपुर । थाहा दर्शनका प्रवर्तक, दार्शनिक तथा जनमुखी सहकर्मी रुपचन्द्र बिष्ट (रुदाने) को २६औँ स्मृति दिवसको...

रुदाने’को सालिकमा माल्यार्पण, श्रमलाई प्राथमिकता दिनुपर्नेमा वक्ताहरूको जोड
FB_IMG_1750517607483-1750517645.jpg

थाहा नगरपालिका, थाहा नगरपालिकाको आयोजनामा श्रमिक नेता एवं थाहा दर्शनका प्रणेता रुपचन्द्र बिष्ट ‘रुदाने’ को...

ब्याडमिन्टन संघबाट १५ औं राष्ट्रपति शिल्डमा स्वर्ण जित्ने दुई खेलाडीलाई सम्मान
1750516917621-1750516938.jpg

थाहानगर ब्याडमिन्टन संघले दुई खेलाडीलाई ७ असारमा सम्मान गरेको छ । संघको व्यवस्थापनमा भएको छैठौं संस्करणको...

थाहा नगरपालिकाको नीति तथा कार्यक्रम पारित
510471445_127640699449114-1750513865.jpg

७ असार मकवानपुर / ‘गुणस्तरीय पूर्वाधार निर्माण, शासकीय व्यवस्था र सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रणमा...

उपमेयर कप डबल ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा, १४ टिमको सहभागिता
FB_IMG_1749269619365-1750403677.jpg

थाहा नगरपालिका वडा नं. ४ स्थित क्याम्पाडाँडा ब्याडमिन्टन कभर्डहलमा यही असार ७ गतेदेखि छैठौं संस्करणको थाहा...

थाहाको कुन्छालमा एक महिलाको बर्बरतापूर्वक हत्या, आरोपी प्रहरीको नियन्त्रणमा
FB_IMG_1750333125633-1750334043.jpg

मकवानपुर, असार ५ — मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ स्थित कुन्छाल बस्तीमा एक महिलाको बिभत्स तरिकाले हत्या...

थाहा नगरमा व्यावसायिक सीपमूलक आलु परिकार तयारी तालिम सुरु
20250619_121205-1750316770.jpg

मकवानपुरको थाहा नगरपालिकामा व्यावसायिक सीप विकासको उद्देश्यले आलु परिकार तयारी तालिम सुरु भएको छ। असार ५...