gumba-1715660528.jpg
Monday, 20 May, 2024
समाचार

नेपाली सेनाले बनायो “चिल्ड्रेन पार्क” भीमफेदी गाउँपालिकालाई हस्तान्तरण

hirdam-lama-1564133445.png

 

मकवानपुर, नेपाली सेनाको पुरानो गोरख गणले भीमफेदी गाउँपालिकाको भैसे स्थित त्रिखण्डी मन्दीर परिषरमा “चिल्ड्रेन पार्क” निर्माण गरेको छ । भीमफेदीको आकर्षक पर्यटकीय गन्तब्यको रुपमा विकास हुँदै गएको उक्त क्षेत्रमा सेनाले नागरिक–सैनिक सम्वन्ध सुधार कार्यक्रम अन्र्तगत पार्क निर्माण गरेको हो ।
आज शुक्रबार मध्य पृतना हेडक्वाटरका पृतनापति शुवर्णबहादुर शाहाको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि निर्माण सम्पन्न भएको पार्क भीमफेदी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । सात लाख रुपैँयाको लागत तथा ३ सय भन्दा सैनिकहरुको श्रमदानमा निर्माण भएको पार्कले मकवानपुर सहित उक्त क्षेत्रमा आउने अन्य क्षेत्रका वालवालिकाहरुलाई मनोरञ्जन प्रदान गर्ने आफुहरुले विश्वास लिएको हस्तान्तरण कार्यक्रममा बोल्दै पुरानो गोरखगणका गणपती अनिलकुमार बुढाथोकीले बताए ।
कार्यक्रममालाई सम्बोधन गर्दै भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले नेपाली सेनाले देशको स्वाधिनता रक्षाको लागि गौरवपुर्ण काम गर्नुको साथै आम नागरिकको जनजीवनमा प्रत्यक्ष फाइदा हुने कामहरु समेत गरेका भन्दै खुसी समेत ब्यक्त गरे ।सेनाले निर्माण गरेको पार्कको संरक्षणको जिम्मा आफुहरुको रहेको भन्दै उनले यो वर्ष मात्र त्रिखण्डी क्षेत्रको लागि १५ लाख रुपैँया बजेट विनियोजन गरेको समेत उनले जानकारी दिए । सेनाले निर्माण गरेको पार्कका शौचालय, वालवालिकाको लागि पिङ, चिप्लेटी सहितको मनोरञ्जनको सामग्री र प्रतिक्षालय रहेको छ । 
 


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...