Social-Media-Main-Post1-1759035170.jpg
Sunday, 09 Nov, 2025
nagar-shubha-1759206951.jpg

विचार / अन्तरवार्ता

नेपालमा पहिरोबाट जोखिमको कारण र रोकथामको सम्भावना :- नवराज नेपाली

FB_IMG_1720580850620-1720580889.jpg

तस्विर:-नेपाल प्रहरी

नेपालमा बाढी र पहिरोको कारणले धेरै क्षेत्र प्रभावित भएका छन्। हिमाली तथा पहाडी क्षेत्रहरूमा वर्षा शुरु भएदेखि नै पहिरो र बाढीको जोखिम बढ्ने गर्दछ। तराई क्षेत्रहरूमा पनि नदीहरूको सतह बढेर बाढीको स्थिति सृजना भएको छ।

यस वर्ष पहाडी र हिमाली क्षेत्रमा  पहिरोबाट तथा तराईलाई डुबानका कारण देसका सबै क्षेत्र  प्रभावित  रहेका छन्। यी क्षेत्रहरूमा बाढी र पहिरोले धेरै घरहरू बगाएको, खेतीयोग्य जमिनमा क्षति पुर्याएको, र जनधनको ठूलो नोक्सान भएको समाचार आएको छ। तथ्याङ्क अनुसार, ७४ जनाले ज्यान गुमाएको छन यस्तै ८६ जना घाइतेहरूको नजिकको स्वास्थ्य केन्द्रहरुमा उपचारक्रममा रहेको संचारमाध्यम हरुमा बताइएको छ ।बाढी र पहिरोका कारण ५०० भन्दा बढी घरहरू डुबानमा प्रभावित भएको  छन्। नेपालमा हरेक बर्ष डुबान र पहिरोबाट नेपाली जनता किन  दुख भोग्नुपरेको छ  ? नेपाली जनता र राज्यका संबंधित निकायहरूले अध्ययन गर्न जरुरी छ ।

हरेक वर्ष वर्षाको समयमा बाढी पहिरोले धनजनको क्षति हुनुका कारणहरू

१. भौगोलिक स्थिति र १९५० को असमान सन्धिको कारण भारतीय द्वारा बाधिएको तराईको बाधहरु 
 नेपाल एक पहाडी देश हो, पहाडी क्षेत्रमा भारि वर्षा हुदा तराईका सप्तकोसी र महाकालीको बाध भारतीय पक्षले समयमै नखोल्ने हुदा तराईको बस्ती डुबानको जोखिममा छन ।यसरी नै यहाँको कतिपय पहाडी  भू–संरचना नै जोखिमयुक्त छ। उच्च पहाडी क्षेत्रहरूमा भारी वर्षा हुँदा पहिरो आउने सम्भावना बढी हुन्छ। अत १९५०को सन्धि पुनरावलोकन गरि नेपाली जनताको हित हुनेगरी अघि बढाउन नेपाल सरकारले पहल लिन जरुरी छ ।

२. बिज्ञहरुको बिना निगरानी  मोटर बाटो  खनिनु र जंगलको फडानी 
भौगोलिक अवस्थाको अध्ययन र सडक बिज्ञहरुको अध्ययन र निगरानी बिना सडक खनिनु र बनजङ्गलहरूको अवैध कटान र अतिक्रमणले माटोको सतह कमजोर हुने गर्दछ, जसले गर्दा भारी वर्षा हुँदा पहिरोको सम्भावना बढ्छ।

३. अव्यवस्थित शहरीकरण:
 अव्यवस्थित र अवैज्ञानिक शहरीकरणले जलनिकास प्रणालीलाई अवरोध पुर्याउँछ, जसले गर्दा बाढीको समस्या तीव्र हुन्छ।

४. जलवायु परिवर्तन: जलवायु परिवर्तनको प्रभावले असामान्य मौसमको अवस्था सृजना गर्दै आएको छ, जसका कारण अत्यधिक वर्षा र त्यसबाट उत्पन्न बाढी र पहिरोको समस्या पनि बढ्दै गएको छ।

रोकथामका लागि समुदाय र राज्यले चाल्नुपर्ने नीति कार्यक्रमहरू

१. सचेतना कार्यक्रमहरू
 समुदायमा बाढी र पहिरोबाट बच्नका लागि जनचेतना फैलाउनु पर्छ। यसका लागि विद्यालय, सञ्चार माध्यम, र स्थानीय संघसंस्थाहरूमार्फत सचेतना अभियान सञ्चालन गर्नु आवश्यक छ।

२. वन संरक्षण: 
वनजङ्गलको संरक्षण तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्नुपर्छ। वनजङ्गलको कटान नियन्त्रण गर्न सशक्त कानूनी प्रबन्ध गर्नु आवश्यक छ।

३. वैज्ञानिक अनुसन्धान
 बाढी र पहिरोको जोखिमयुक्त क्षेत्रहरूको वैज्ञानिक अनुसन्धान गरी तिनीहरूको उचित व्यवस्थापन गर्नु पर्छ। भू–संरचना अध्ययन र जोखिम नक्सा निर्माणले दीर्घकालीन योजना बनाउन मद्दत पुर्याउँछ।

४. जलनिकास प्रणाली सुधार
शहरी क्षेत्रहरूमा अव्यवस्थित जलनिकास प्रणालीलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता छ। यसका लागि प्रभावकारी जलनिकास प्रणाली निर्माण गर्नु पर्छ।

५. तत्काल राहत तथा पुनर्स्थापना 
बाढी र पहिरोको समयमा तत्काल राहत र पुनर्स्थापनाका लागि राज्यले तयारी अवस्थामा रहनु पर्छ। प्रभावित क्षेत्रहरूमा स्वास्थ्य सेवा, खाद्य सामग्री, र अस्थायी बासको व्यवस्था गर्नुपर्छ।

६. समुदाय आधारित योजना
समुदाय स्तरमा आपतकालीन योजना तयार गर्नुपर्ने हुन्छ। स्थानीय तहमा जोखिम व्यवस्थापन समिति गठन गरी त्यसको प्रभावकारी सञ्चालन गर्नुपर्छ।

यसरी, समुदाय र राज्यले सँगसँगै मिलेर प्रभावकारी नीति तथा कार्यक्रम सञ्चालन गर्न सकेमा हरेक वर्ष बाढी र पहिरोबाट हुने धनजनको क्षति कम गर्न सकिन्छ। बर्षा सुरु मात्रै भएको छ हामीमाथि धेरै दुख र दर्दको घटना देखिएको छ अत सजक र सतर्कता अपनाअौ । दुखमा परेका नेपालीको यथासिघ्र राहतको ब्यवस्थापन संबंधित निकायले गरून्। मृतक आत्मा प्रति भावपुर्ण श्रद्धाञ्जली ।घाइतेहरूको सिघ्र स्वास्थ लाभको कामना ।


world-link-1690434568.jpg
Thaha-word-number-3-17539-1754198439.jpg
Stanpan-weekly-1-1754542401.jpg
khanepani-1759818717.jpg
नेशनल प्याब्सनको दोस्रो पूर्ण बैठक नगरकाेटमा जारी
1762531818575-1762531833.jpg

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल(नेशनल प्याब्सन) को दोस्रो पूर्ण बैठक शुक्रबारदेखि सुरु भएको छ...

पाथिभरा बचत तथा ऋण सहकारी संस्थाको १९औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1762520262998-1762520380.jpg

पालुङ, मकवानपुर । पाथिभरा बचत तथा ऋण सहकारी संस्था लि.को १९औं वार्षिक साधारणसभा शुक्रबार पालुङ जेसीजको सभाहलमा...

थाहामा निःशुल्क मुटु रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न हुँदै
FB_IMG_1762514432258-1762514448.jpg

थाहा नगरपालिका, मकवानपुर — “Use Heart For Every Heart : मन लगाऔं सबैको मुटु बचाऔं” नारासहित थाहा नगरपालिका–४ मा निःशुल्क...

जनकल्याणमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
FB_IMG_1762411834964-1762414066.jpg

मकवानपुर  कार्तिक २० गते थाहा नगरपालिका–३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा साइबर अपराध सम्बन्धी सचेतना...

थाहा बसपार्क सञ्चालनमा — नगर प्रमुख विष्णु बिष्टबाट सेवाको औपचारिक शुभारम्भ
FB_IMG_1762326836879-1762326868.jpg

थाहा नगरपालिका–४ नार्खुढाँडस्थित थाहा बसपार्क आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। लामो समयदेखि स्थायी...

पीआर’को ‘टाटा बाइ बाइ’ गीत रिलिज,छमछमी नाचे नीर शाह र गौरी मल्ल
FB_IMG_1762081869956-1762082058.jpg

आगामी मंसिर २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ।...

'थानकोट प्रहरी भवन तोडफोड आरोपमा चित्लाङका एक युवक पक्राउ'
FB_IMG_1761979101971-1761979213.jpg

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति मकवानपुर थाहा नगरपालिका वडा नं ९ चित्लाङका ४४ वर्षीय किरण लामा रहेको...

थाहा नगरपालिका बाट पालुङ प्रहरी प्रमुख बज्राचार्यको स्वागत
InShot_20251031_190725391-1761916967.jpg

इलाका प्रहरी कार्यालय पालुङमा सरुवा भई आएकी प्रहरी निरीक्षक (इन्सपेक्टर) रुक्सा बज्राचार्यलाई थाहा नगरपालिकामा...

पालुङ प्रहरी प्रमुखमा रुक्सा बज्राचार्यको स्वागत, इन्सपेक्टर अर्यालको बिदाई
FB_IMG_1761829373795-1761830968.jpg

इलाका प्रहरी कार्यालय पालुङमा नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय कास्कीबाट सरुवा भई प्रहरी निरीक्षक...