himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

नेपालमा पहिरोबाट जोखिमको कारण र रोकथामको सम्भावना :- नवराज नेपाली

FB_IMG_1720580850620-1720580889.jpg

तस्विर:-नेपाल प्रहरी

नेपालमा बाढी र पहिरोको कारणले धेरै क्षेत्र प्रभावित भएका छन्। हिमाली तथा पहाडी क्षेत्रहरूमा वर्षा शुरु भएदेखि नै पहिरो र बाढीको जोखिम बढ्ने गर्दछ। तराई क्षेत्रहरूमा पनि नदीहरूको सतह बढेर बाढीको स्थिति सृजना भएको छ।

यस वर्ष पहाडी र हिमाली क्षेत्रमा  पहिरोबाट तथा तराईलाई डुबानका कारण देसका सबै क्षेत्र  प्रभावित  रहेका छन्। यी क्षेत्रहरूमा बाढी र पहिरोले धेरै घरहरू बगाएको, खेतीयोग्य जमिनमा क्षति पुर्याएको, र जनधनको ठूलो नोक्सान भएको समाचार आएको छ। तथ्याङ्क अनुसार, ७४ जनाले ज्यान गुमाएको छन यस्तै ८६ जना घाइतेहरूको नजिकको स्वास्थ्य केन्द्रहरुमा उपचारक्रममा रहेको संचारमाध्यम हरुमा बताइएको छ ।बाढी र पहिरोका कारण ५०० भन्दा बढी घरहरू डुबानमा प्रभावित भएको  छन्। नेपालमा हरेक बर्ष डुबान र पहिरोबाट नेपाली जनता किन  दुख भोग्नुपरेको छ  ? नेपाली जनता र राज्यका संबंधित निकायहरूले अध्ययन गर्न जरुरी छ ।

हरेक वर्ष वर्षाको समयमा बाढी पहिरोले धनजनको क्षति हुनुका कारणहरू

१. भौगोलिक स्थिति र १९५० को असमान सन्धिको कारण भारतीय द्वारा बाधिएको तराईको बाधहरु 
 नेपाल एक पहाडी देश हो, पहाडी क्षेत्रमा भारि वर्षा हुदा तराईका सप्तकोसी र महाकालीको बाध भारतीय पक्षले समयमै नखोल्ने हुदा तराईको बस्ती डुबानको जोखिममा छन ।यसरी नै यहाँको कतिपय पहाडी  भू–संरचना नै जोखिमयुक्त छ। उच्च पहाडी क्षेत्रहरूमा भारी वर्षा हुँदा पहिरो आउने सम्भावना बढी हुन्छ। अत १९५०को सन्धि पुनरावलोकन गरि नेपाली जनताको हित हुनेगरी अघि बढाउन नेपाल सरकारले पहल लिन जरुरी छ ।

२. बिज्ञहरुको बिना निगरानी  मोटर बाटो  खनिनु र जंगलको फडानी 
भौगोलिक अवस्थाको अध्ययन र सडक बिज्ञहरुको अध्ययन र निगरानी बिना सडक खनिनु र बनजङ्गलहरूको अवैध कटान र अतिक्रमणले माटोको सतह कमजोर हुने गर्दछ, जसले गर्दा भारी वर्षा हुँदा पहिरोको सम्भावना बढ्छ।

३. अव्यवस्थित शहरीकरण:
 अव्यवस्थित र अवैज्ञानिक शहरीकरणले जलनिकास प्रणालीलाई अवरोध पुर्याउँछ, जसले गर्दा बाढीको समस्या तीव्र हुन्छ।

४. जलवायु परिवर्तन: जलवायु परिवर्तनको प्रभावले असामान्य मौसमको अवस्था सृजना गर्दै आएको छ, जसका कारण अत्यधिक वर्षा र त्यसबाट उत्पन्न बाढी र पहिरोको समस्या पनि बढ्दै गएको छ।

रोकथामका लागि समुदाय र राज्यले चाल्नुपर्ने नीति कार्यक्रमहरू

१. सचेतना कार्यक्रमहरू
 समुदायमा बाढी र पहिरोबाट बच्नका लागि जनचेतना फैलाउनु पर्छ। यसका लागि विद्यालय, सञ्चार माध्यम, र स्थानीय संघसंस्थाहरूमार्फत सचेतना अभियान सञ्चालन गर्नु आवश्यक छ।

२. वन संरक्षण: 
वनजङ्गलको संरक्षण तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्नुपर्छ। वनजङ्गलको कटान नियन्त्रण गर्न सशक्त कानूनी प्रबन्ध गर्नु आवश्यक छ।

३. वैज्ञानिक अनुसन्धान
 बाढी र पहिरोको जोखिमयुक्त क्षेत्रहरूको वैज्ञानिक अनुसन्धान गरी तिनीहरूको उचित व्यवस्थापन गर्नु पर्छ। भू–संरचना अध्ययन र जोखिम नक्सा निर्माणले दीर्घकालीन योजना बनाउन मद्दत पुर्याउँछ।

४. जलनिकास प्रणाली सुधार
शहरी क्षेत्रहरूमा अव्यवस्थित जलनिकास प्रणालीलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता छ। यसका लागि प्रभावकारी जलनिकास प्रणाली निर्माण गर्नु पर्छ।

५. तत्काल राहत तथा पुनर्स्थापना 
बाढी र पहिरोको समयमा तत्काल राहत र पुनर्स्थापनाका लागि राज्यले तयारी अवस्थामा रहनु पर्छ। प्रभावित क्षेत्रहरूमा स्वास्थ्य सेवा, खाद्य सामग्री, र अस्थायी बासको व्यवस्था गर्नुपर्छ।

६. समुदाय आधारित योजना
समुदाय स्तरमा आपतकालीन योजना तयार गर्नुपर्ने हुन्छ। स्थानीय तहमा जोखिम व्यवस्थापन समिति गठन गरी त्यसको प्रभावकारी सञ्चालन गर्नुपर्छ।

यसरी, समुदाय र राज्यले सँगसँगै मिलेर प्रभावकारी नीति तथा कार्यक्रम सञ्चालन गर्न सकेमा हरेक वर्ष बाढी र पहिरोबाट हुने धनजनको क्षति कम गर्न सकिन्छ। बर्षा सुरु मात्रै भएको छ हामीमाथि धेरै दुख र दर्दको घटना देखिएको छ अत सजक र सतर्कता अपनाअौ । दुखमा परेका नेपालीको यथासिघ्र राहतको ब्यवस्थापन संबंधित निकायले गरून्। मृतक आत्मा प्रति भावपुर्ण श्रद्धाञ्जली ।घाइतेहरूको सिघ्र स्वास्थ लाभको कामना ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg