Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

नेकपा (एमाले) थाहा–काठमाडौं सम्पर्क मञ्चको बृहत् भेला सम्पन्न

FB_IMG_1769787103808-1769787119.jpg

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै जाँदा नेकपा (एमाले) ले आफ्नो संगठनात्मक तयारीलाई तीव्र बनाएको छ। यही सिलसिलामा आज काठमाडौंको कलंकीमा नेकपा (एमाले) थाहा–काठमाडौं सम्पर्क मञ्चको बृहत् भेला सम्पन्न भएको छ।

भेलाले निर्वाचन अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित बिजय विक्रम श्रेष्ठ को संयोजकत्वमा ‘निर्वाचन परिचालन कमिटी’ गठन गरेको छ। उक्त कमिटीले काठमाडौंमा रहेका थाहा नगरपालिकावासी मतदाताहरूसँग समन्वय गर्ने, उनीहरूलाई मतदानका लागि गाउँसम्म लैजाने र नेकपा (एमाले) को पक्षमा जनमत सिर्जना गर्ने जिम्मेवारी पाएको छ।

भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) का उम्मेदवार महेश कुमार बर्तौला ले आसन्न उपनिर्वाचनले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण दिशा तय गर्ने बताएका छन्। उनले काठमाडौंमा रहेका प्रत्येक थाहावासीलाई “एमालेको एम्बेसेडर” का रूपमा भूमिका खेल्दै गाउँ–गाउँमा मत सिर्जना गर्न आग्रह गरे।

“यो केवल एउटा सिटको लडाइँ होइन, यो विकास र समृद्धिको अभियानको निरन्तरता हो, उपयुक्त नीति निर्माणको अभियान हो,” बर्तौलाले भने, “त्यसैले हरेक कार्यकर्ताले अहिलेदेखि नै एमालेको पक्षमा जनलहर पैदा गर्न सक्रिय रूपमा लाग्नुपर्छ।”

एमाले मकवानपुर–२ का निर्वाचन फोकल पर्सन आशिष अस्लामी का अनुसार भेलामा थाहा नगरपालिकाबाट विभिन्न पेशा र व्यवसायका सिलसिलामा काठमाडौंमा बसोबास गर्ने १६० भन्दा बढी सक्रिय कार्यकर्ता तथा शुभेच्छुकहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा संविधानसभा सदस्य सुभाष चन्द्र ठकुरी, सम्पर्क समन्वय अध्यक्ष अशोक ठकुरी, सम्पर्क मञ्च जिल्ला अध्यक्ष चित्र पुलामी, एमाले थाहा नगर उपाध्यक्ष हेम लामा लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

भेलाले काठमाडौंमा रहेका मतदातालाई मतदानका लागि गाउँसम्म लैजाने, टोल–टोलमा चुनावी अभियान विस्तार गर्ने तथा जनसम्पर्कलाई थप सशक्त बनाउने कार्ययोजना समेत पारित गरेको छ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg