pani-1786865868.jpg
Monday, 28 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

निर्वाचनको संवेदनशील समयमा सञ्चारमाध्यम जिम्मेवार र सजग हुनुपर्छ : प्रेस काउन्सिल सदस्य बिडारी

FB_IMG_1768792979964-1768792997.jpg

हेटौंडा । देश निर्वाचनको संघारमा प्रवेश गरिरहेको वर्तमान अवस्थामा सञ्चारमाध्यमहरूले अझ जिम्मेवार, संयमित र संवेदनशील भूमिका निर्वाह गर्नुपर्नेमा प्रेस काउन्सिल नेपालका सदस्य शान्तराम बिडारीले जोड दिएका छन्।
‎नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै सदस्य बिडारीले निर्वाचन आचारसंहिता तथा प्रेस काउन्सिल नेपालद्वारा जारी गरिएको पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै व्यावसायिक पत्रकारिताको धर्म निर्बाह गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे। दर्ता भई नियमसंगत रूपमा सञ्चालनमा रहेका सञ्चारमाध्यमहरूको संरक्षक निकाय प्रेस काउन्सिल भए पनि कतिपय अवस्थामा मिडियाकै कारण पीडित बन्न पुगेका आमनागरिकको पक्षमा समेत उभिनुपर्ने अवस्था आउने गरेको उनले उल्लेख गरे। त्यसैले पत्रकारिता पेशामा आचारसंहिता पालनामा विशेष संवेदनशीलता आवश्यक रहेको उनको भनाइ थियो।
‎निर्वाचनलगायत संवेदनशील समयमा मिडियामार्फत भ्रामक सूचना, अफवाह तथा अनावश्यक प्रचारबाजी बढ्ने गरेको बताउँदै बिडारीले यस्तो समय आमसञ्चार माध्यमकै लागि पनि एउटा कडा परीक्षा हुने स्पष्ट पारे। सीमित स्रोत–साधनका बाबजुद प्रेस काउन्सिल नेपालले मिडिया अनुगमनको दायरा विस्तार गर्दै आएको जानकारी दिँदै उनले विशेषगरी डिजिटल मिडियामा आचारसंहिता उल्लङ्घनका घटनाहरू तुलनात्मक रूपमा बढी देखिने गरेको उल्लेख गरे।
‎विषम परिस्थितिमा संयमित रहँदै सत्य, तथ्य र प्रमाणमा आधारित सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै उनले कुनै समस्या वा जटिलता उत्पन्न भएमा प्रेस काउन्सिलले तोकेको फोकल पर्सनलाई तत्काल जानकारी गराउन आग्रह गरे। पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि नेपाल पत्रकार महासंघ, यसका शाखाहरू तथा आबद्ध पत्रकारहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले प्रेस काउन्सिल नेपाल सधैं मिडिया र पत्रकारहरूको संरक्षक संस्थाका रूपमा उभिएको जिकिर गरे।
‎“पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नुस्, प्रेस काउन्सिल नेपाल तपाईंहरूको अभिभावक संस्थाको नाताले तपाईंहरूको संरक्षणका लागि सधैं अग्रसर छ,” उनले भने।
‎
‎छलफल कार्यक्रममा पत्रपत्रिका वर्गीकरण, लोककल्याणकारी विज्ञापनलगायत पत्रकारिता क्षेत्रसँग सम्बन्धित समसामयिक विषयहरूमा समेत गहन छलफल गरिएको थियो।
‎
‎पत्रकार महासंघ मकवानपुर सचिव केशव समर्पण सुबेदिले संचालन तथा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष तथा पूर्व केन्द्रीय सदस्य प्रताप बिष्ट, महासंघ प्रदेश सदस्य सुवर्णलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष धुर्व अधिकारी, जिल्ला शाखाका पूर्व अध्यक्ष भानुभक्त आचार्य, प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष सरिता दाहाल, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारी,  समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठ, हेटौंडा सन्देशका सम्पादक माधव न्यौपाने, स्वतन्त्र पत्रकार संघ मकवानपुरका सचिव बसन्त भण्डारीलगायत विभिन्न सञ्चारमाध्यमका प्रकाशक तथा सम्पादकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...

थाहामा ‘दोस्रो अष्टमान बल स्मृति कप’ खुल्ला फुटबल प्रतियोगिता हुने
InShot_20260922_202553931-1790088126.jpg

थाहा, मकवानपुर — महाङ्काल युथ क्लबको आयोजनामा मकवानपुरको थाहा नगरपालिका–११ स्थित महाङ्काल खुकुरी चौरमा...

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाद्वारा पार्टी त्यागको घोषणा
FB_IMG_1790084902452-1790085303.jpg

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। लामाले...