jkmv-english-1784299234.jpg
Wednesday, 22 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

निजामती विधेयक संसदमा दर्ता गरिँदै

nijamati-1696650618.jpg

सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाको भाषागत शुद्धाशुद्धि मिलाएर संसद्मा दर्ता गर्ने अन्तिम तयारी गरिएको छ। गत भदौ २१ गते मन्त्रीपरिषद्को बैठकले शिक्षा र सङ्घीय निजामती सेवा विधेयकको मस्यौदा संसद्मा पेस गर्ने निर्णय गरेको थियो। विद्यालय शिक्षासम्बन्धी विधेयक यस अगाडि नै संसद्मा दर्ता भइसकेको छ भने सङ्घीय निजामती सेवा विधेयकको मस्यौदा भने संसद्मा अझै दर्ता हुन सकेको छैन। अहिले विधेयकको मस्यौदा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्मा नै रहेको छ। 

निजामती सेवा विधेयकको मस्यौदा परिमार्जित गर्नुपर्ने माग राख्दै स्थानीय तहमा कार्यरत कर्मचारी पाँच दिनदेखि काठमाडौँको सडक आन्दोलनमा उत्रेका छन्। मुख्य सचिव डा. वैकुण्ठ अर्यालले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदामा नमिलेका भाषागत शुद्धाशुद्धि मिलाउन समय लागेकाले विधेकको मस्यौदा संसद्मा दर्ता हुन ढिलाइ भएको बताउनुभयो। 

उहाँले अब मस्यौदा संसद्मा दर्ता गर्ने अन्तिम तयारी भइरहेको बताउँदै भन्नुभयो, “अब छिट्टै विधेयकको मस्यौदा संसद्मा दर्ता हुने छ। अब विधेयकको मस्यौदामा अलमल केही छैन।” सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने विधेयकको मस्यौदा संसद्मा दर्ता गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट मस्यौदा मन्त्रालयमा आई नसकेकाले मस्यौदा दर्ता गर्न ढिलाइ भएको जनाएको छ। मन्त्रालयका सहसचिव नारायणप्रसाद अर्यालले भन्नुभयो, “मन्त्रालयले विधेयकको मस्यौदा मन्त्रीपरिषद्मा पठाएपछि सो डकुमेन्ट मन्त्रीपरिषद्को सम्पत्ति भइसकेको छ। अब मन्त्रीपरिषद्ले संसद्मा दर्ता गर्नु भनेर मन्त्रालयलाई मस्यौदा पठाउनेबित्तिकै मन्त्रालयले मस्यौदा संसद्मा दर्ता गराउँछ।” 

गत भदौ २१ गते मन्त्रीपरिषद्ले विधेयकको मस्यौदा संसद्मा पेस गर्ने निर्र्णय गरिसकेपछि मस्यौदाका कतिपय प्रावधान परिमार्जन गर्न लागिएकाले विधेयकको मस्यौदा संसद्मा पेस गर्न अलमल भएको टे«ड युनियनको आशङ्का छ।  

नेपाल निजामती कर्मचारी सङ्गठनका उपमहासचिव आरसी अधिकारीले मन्त्रीपरिषद्ले मस्यौदा संसद्मा दर्ता गर्ने निर्णय गरिसके पनि मस्यौदा संसद्मा दर्ता गरेपछि विवादरहित बनाउनका लागि कतिपय विषय परिमार्जित भइरहेको पाइएको बताउनुभयो। उहाँले भन्नुभयो, “शिक्षा विधेयक संसद्मा दर्ता गरेपछि शिक्षकहरू सडक आन्दोलनमा आए जस्तै सङ्घीय निजामती सेवा विधेयको मस्यौदा संसद्मा दर्ता भएपछि आमकर्मचारी सडक आन्दोलनमा आउन नपर्ने गरी पेचिलो बनेका कतिपय विषय परिमार्जित हुन लागेको आफूहरूलाई जानकारी आएको छ।” 

उहाँका अनुसार समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीलाई निजामतीको परिभाषामा समेट्ने, प्रदेश र स्थानीय सेवाबाट परीक्षा पास गरेका कर्मचारीलाई अन्तर तह वा अन्तर प्रदेश सरुवा हुन पाउने व्यवस्था गर्ने, प्रमुख प्रशासकीय अधिकृत सङ्घबाटै खटनपटन गर्ने र राष्ट्रिय स्तरको ट्रेड युनियनका सदस्य भएका व्यक्ति प्रदेश र स्थानीय तहमा पनि सदस्य हुन पाउनेलगायतका प्रावधानको व्यवस्था गर्न लागिएको बुझिएको छ । अहिले बनाइएको विधेयकको मस्यौदामा उक्त प्रावधानको व्यवस्था गरिएको छैन। विधेयकको मस्यौदा २०७६ सालमा संसद्मा दर्ता भएको र २०७८ साल असोजमा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको विधेयक तत्कालीन सरकारले फिर्ता लिने निर्णय गरेको थियो।गोरखापत्रमा खवर छ 

   

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...