Social-Media-Main-Post1-1759035170.jpg
Thursday, 15 Jan, 2026
nagar-shubha-1759206951.jpg

समाचार

नागरिकता किर्तेको अभियोगमा मकवानपुरका एक वडा अध्यक्ष सहित ७ जनालाई कैद

FB_IMG_1766388815090-1766388826.jpg

किर्ते नागरिकता प्रमाणपत्र बनाएको तथा झुटो विवरण पेश गरी जग्गा नामसारी गरेको कसुरमा जिल्ला अदालत मकवानपुरले वडाध्यक्षसहित सात जनालाई दुई वर्षदेखि आठ वर्षसम्म कैद सजाय सुनाएको छ ।
जिल्ला न्यायाधीश पूर्णिमा कोईरालाको इजलासले आइतबार बकैया गाउँपालिका–४ का वडाध्यक्ष राजन दंगाल, वडा सचिव अनिशा श्रेष्ठ, सोमबहादुर न्यासुर, सानुमान थिङ र जमानसिंह भ्लोनलाई जनही दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो।

यस्तै, पूर्णबहादुर भ्लोन र रामबहादुर न्यासुरलाई आठ वर्ष कैद तथा एक लाख ३० हजार रुपैयाँ जरिवाना तोकिएको छ। अदालतका अनुसार नागरिकता सम्बन्धी कसुरमा पाँच वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तथा पञ्जीकरण कसुरमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना निर्धारण गरिएको हो। जिल्ला अदालत मकवानपुरका सूचना अधिकारी केशवप्रसाद कौशिकका अनुसार नागरिकतासम्बन्धी कसुरतर्फ पाँच वर्ष कैद र एक लाख जरिवाना तथा पञ्जीकरणसम्बन्धी कसुरतर्फ तीन वर्ष कैद र ३० हजार जरिवाना तोकिएको हो ।
उनका अनुसार पूर्णबहादुर भ्लोनले आफ्नो वास्तविक आमाको नाम लुकाई उमादेवी गुरुङलाई आमा उल्लेख गर्दै वडा कार्यालयमा सिफारिस माग गरेका थिए । सोही मागका आधारमा वडा कार्यालयले १८ मंसिर ०८० मा सर्जमिन मुचुल्का तयार गरेको थियो। उक्त सर्जमिनमा रामबहादुर न्यासुरलगायत व्यक्तिहरूले पूर्णबहादुरकी आमा उमादेवी नै भएको भनी झुटो विवरण प्रमाणित गरिएको थियो।

सर्जमिनको आधारमा वडा कार्यालयले पूर्णबहादुरकी आमा उमादेवी भएको सिफारिस जारी गरेको र त्यसै सिफारिसका आधारमा उमादेवीको नाममा रहेको जग्गा पूर्णबहादुरको नाममा नामसारी गरिएको अदालतले जनाएको छ। तर, मुद्दाको सुनुवाइका क्रममा प्रस्तुत प्रमाण, बयान र कागजातका आधारमा पूर्णबहादुरकी वास्तविक आमा कान्छीमाया भ्लोन रहेको ठहर अदालतले गरेको छ।
अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका वडाध्यक्ष राजन दंगाल, पूर्णबहादुर भ्लोन, रामबहादुर न्यासुर र जमानसिंह भ्लोन हाल पुर्पक्षका लागि भीमफेदी कारागारमा रहेका छन्। अन्य दोषी ठहर व्यक्तिहरूलाई पनि फैसलाअनुसार सजाय कार्यान्वयन प्रक्रिया अघि बढाइएको जिल्ला अदालत मकवानपुरका सूचना अधिकारी केशवप्रसाद कौशिकले बताए।

नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका राजन दंगाल २०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमार्फत बकैया गाउँपालिका–४ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए।


world-link-1690434568.jpg
Thaha-word-number-3-17539-1754198439.jpg
Stanpan-weekly-1-1754542401.jpg
khanepani-1759818717.jpg
थाहा नगरपालिकाको १९ औं नगरसभा सम्पन्न
FB_IMG_1768404470682-1768404507.jpg

मकवानपुर थाहा नगरपालिकाको १९औं अधिवेशनले चालु आर्थिक वर्षको हालसम्मको प्रगती समीक्षात्मक प्रतिवेदन बहुमतले...

सुखी भविष्य बचत तथा ऋण सहकारीको १६औँ वार्षिक साधारणसभा सम्पन्न
20260113_123644-1768290635.jpg

थाहा नगरपालिका–शिखरकोटस्थित विकास घरमा सुखी भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा...

शिखरकोटमा पृथ्वीनारायण शाहको ३०४ औं जन्म जयन्ती र एकता दिवस मनाइयो
FB_IMG_1768144032739-1768144741.jpg

थाहा नगर, शिखरकोट, पौष २७ – राप्रपा थाहा नगर कमिटी र राप्रपा मकवानपुर प्रदेश (क)को आयोजनामा शिखरकोट स्थित कृष्ण...

लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1768138703028-1768138720.jpg

थाहा नगरपालिका वडा नं. १, ओखरबजारमा २०५९ जेठ २ गते स्थापना भएको लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको...

बागेश्वरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1768136296400-1768136314.jpg

थाहा नगरपालिकाको वडा नं. ३ मा स्थित बागेश्वरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।...

बृत्ति मार्गनिर्देशन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
1768134003232-1768134032.jpg

थाहा नगरपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बृत्ति मार्गनिर्देशन सम्बन्धी प्रशिक्षक...

थाहा नगरपालिकाको हिउँदे अधिवेशन पौष ३० गते हुने
FB_IMG_1743852711198-1768056769.jpg

मकवानपुर थाहा नगरपालिकाको १९औं नगर सभा (हिउँदे अधिवेशन) ३० पुसमा हुने भएको छ । नगरपालिकाले सभा सदस्यहरुलाई सभा...

प्रलोपाका नेता सन्तोष बिष्ट मकवानपुर क्षेत्र नं. २ बाट प्रत्यक्ष उम्मेदवार
InShot_20260110_181123878-1768048179.jpg

मकवानपुर । प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट सन्तोष बिष्ट मकवानपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य...

थाहा दिवस २०८२: बिडारीलाई थाहा पत्रकारिता पुरस्कार, सानोभाई कार्कीलाई तिर्थदास सामाजिक सम्मान
InShot_20260110_133549017-1768031480.jpg

थाहा आन्दोलनका प्रणेता स्वर्गीय रुपचन्द्र बिष्ट (रुदाने) को ९२औँ जन्मजयन्तिको अवसरमा थाहा नगरपालिकामा विविध...