Saturday, 27 Apr, 2024
समाचार

नवनियुक्त जनस्वास्थ्यकर्मीलाई स्वागत

380539598_297230343087344-1697119050.jpg

नेपाल जनस्वास्वास्थ्य संघ बागमती प्रदेश समितिले नवनियुक्त जनस्वास्थ्यकर्मीलाई स्वागत गरेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत नवनियुक्त जनस्वास्थ्य अधिकृतहरुका साथै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त भएका जनस्वास्थ्यविज्ञहरुलाई एक कार्यक्रमका बिच स्वागत गरिएको हो । नवनियुक्त जनस्वास्थ्य अधिकृत तथा उपप्राध्यापक÷सह प्राध्यापकहरुलाई बधाई तथा शुभकामना दिर्दै सफल कार्यकालको कामना गरिएको थियो । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काको प्रमुख आतिथ्यता एवं जनस्वास्थ्य संघ बागमती प्रदेश समितिका अध्यक्ष प्राध्यापक डाक्टर किशोर अधिकारीको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा स्वास्थ्य निर्देशनालय बागमती प्रदेश निर्देशक महेश्वर श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान डिन प्राध्यापक डा दुर्गा खडका, जनस्वास्थ्य संघ केन्द्रिय समिति अध्यक्ष बसन्त अधिकारी, स्वास्थ्य मन्त्रालय बागमती प्रदेश योजना अनुगमन तथा जनस्वास्थ्य महाशाखा प्रमुख दिपक प्रसाद तिवारी,स्वास्थ्य मन्त्रालय मन्त्रालय बागमती प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. खगेश्वर गेलाल लगायतकाको आतिथ्यता रहेको थियो । जनस्वास्थ्य प्रशासक कृष्ण बहादुर मिजारले स्वागत गरेको कार्यक्रम जनस्वास्थ्य संघ बागमती प्रदेश समितिका सचिव रुद्र शर्माले सञ्चालन गरेका थिए । कार्यक्रममा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय, नवनियुक्त जनस्वास्थ्यकर्मीहरु लगायत जनस्वास्थ्य संघ बागमती प्रदेश समितिका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।


world-link-1690434568.jpg
माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...

सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...

मकवानपुरमा माओवादी केन्द्रप्रति आकर्षण उत्साहजनक
1713836082365-1713836112.jpg

मकवानपुरको वागमती गाउँपालिकामा माओवादी केन्द्रप्रति आकर्षण बढेको छ । सोमबार विभिन्न पार्टी परित्याग गरि ४०...

मङ्गलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
1713781848549-1713781865.jpg

सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम...